दाङ, २० माघ । नेपाली कांग्रेस दाङले सोमवार घोराहीमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन सम्पूर्ण दाङबासीहरुमा अनुरोध गरेको छ । नेपाली काँग्रेसको माघ १३ गते बसेको केन्द्रीय समितिको बैठकको निर्णयअनुसार  देशभर विरोध प्रदर्शन आयोजना गरिएको छ ।

ससंदमा माघ ११ गते भएको बलजफ्ती घटना, प्रधानमन्त्री स्वयंम्को अग्रसरतामा भएको सम्झौता विपरित चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्य लगयातका निर्णयहरुको विरुद्धमा एवं जिल्ला स्तरमा भएका स्थानीय मुद्दाहरुमा केन्द्रित रहेर देशभर हुने प्रदर्शन अन्तर्गत दाङमा पनि विरोध सभा हुने कांग्रेस दाङका सभापति कृतिबहादुर खड्काले जानकारी दिनुभयो ।

सोमवार विहान ११ बजे पार्टी कार्यालयमा जम्मा भएर विरोध र्‍यालीसहित बजार परिक्रमा गर्ने र तुलसीपुर चोकमा सभा गरिने काँग्रेसका जिल्ला सचिव शंकरप्रसाद डाँगीले जानकारी दिनुभयो । कार्यक्रमलाई काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्य दीपक गिरी लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको पनि डाँगीले जानकारी दिनुभयो ।

कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण नेता कार्यकर्ता, महासमिति सदस्य, महाधिवेशन प्रतिनीधी, जिल्ला, क्षेत्र, नगर गाँउ समिति, भातृ संघसंगठन, शुभेच्छुक संघसंस्था, शुभेच्छुक एवं सम्पूर्ण जिल्लाबासीहरुमा काँग्रेस जिल्ला समितिले अनुरोध गरेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस