घोराहीमा सुरक्षित आप्रवासन कार्यक्रमअन्तर्गत पत्रकार अभिमुखीकरण सम्पन्न
घाेराही, १९ जेठ । घोराहीमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत पत्रकारहरूसँग अन्तरक्रिया तथा अभिमुखीकरण सम्पन्न भएकाे छ । ‘स्वदेशमै रोजगारी गरौं, वैदेशिक रोजगारीमा जानै परे सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं’ भन्ने मूल नारासहित सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत पत्रकारहरूसँग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम घोराहीमा सम्पन्न भएको हाे।
सोमबार घोराही उपमहानगरपालिकाको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा उप–प्रमुख हुमा कुमारी डि.सी.को अध्यक्षता...
दाङमा यातायात बन्द, जनजीवन प्रभावित
दाङ, १९ जेठ — सार्वजनिक यातायात बचाउ संघर्ष समितिले सात बुँदे माग अघि सार्दै सोमबारदेखि आह्वान गरेको अनिश्चितकालीन यातायात बन्दका कारण दाङको जनजीवन प्रभावित भएको छ। यात्रु, व्यवसायी लगायत दैनिक आवागमनमा निर्भर नागरिकहरू बन्दबाट प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
यात्रुबाहक सवारी साधन सञ्चालनमा नआउँदा सयौं यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् भने गन्तव्यतर्फ गइरहेका सवारी साधनहरू दाङका विभिन्न सडकखण्डमा रोकिएका...
काठमाडौँ चक्रपथ क्षेत्रभित्र दुई महिनाका लागि प्रदर्शनमा रोक
काठमाडौँ, १९ जेठ । काठमाडौँको चक्रपथ तथा चक्रपथभित्रका विभिन्न स्थानहरूमा आगामी दुई महिनाका लागि प्रदर्शनमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले अत्यावश्यक सेवा, शान्ति सुरक्षा र यातायातमा अवरोध पुगेको जनाउँदै अनशन, धर्ना, जुलुस र सभा लगायतका विरोध कार्यक्रमहरू गर्न निषेध गरेको हो।
प्रशासनले प्रदर्शनका लागि बल्खु, सिफल चौर र कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्रलाई मात्र अनुमति दिने जानकारी दिएको...
भारतमा बाढीपहिरो: ३० जनाको मृत्यु
जेठ १९, सोमबार — भारतमा दुई दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी ३० जनाको ज्यान गएको छ।
भारतीय सञ्चार माध्यमका अनुसार बाढी र पहिरोका कारण असम राज्यका १५ जिल्लामा करिब एक लाख मानिस प्रभावित भएका छन्। असमको ब्रह्मपुत्र नदीसहित १० वटा प्रमुख नदीहरूको जलस्तर वृद्धि भएको छ भनी केन्द्रीय जल आयोगले जनाएको छ।
अविरल वर्षाका कारण असमका १२...
संयुक्त जनआन्दोलन समितिको उपत्यका बन्द कार्यक्रम फिर्ता
जेठ १९, काठमाडौं — संयुक्त जनआन्दोलन समितिले आज साेमबारका लागि घोषणा गरेको काठमाडौं उपत्यका बन्द कार्यक्रम फिर्ता लिएको छ। समितिका संयोजक नवराज सुवेदीले एक विज्ञप्ति जारी गर्दै बन्द कार्यक्रम फिर्ता गरिएको जानकारी दिनुभएको हो।
विज्ञप्तिमा हिजो आइतबार काठमाडौंमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका नेताहरू रिहा भइसकेकाले बन्द कार्यक्रम फिर्ता लिइएको उल्लेख गरिएको छ।
यसअघि, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सामाजिक सञ्जाल फेसबुकमार्फत...
साेमबार केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
जेठ १९, सोमबार – काठमाडौं
साेमबार पनि देशका विभिन्न स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ भने अन्य प्रदेशहरूमा पश्चिमी वायु र स्थानीय वायुले प्रभाव पारिरहेका छन्। ती प्रभावका कारण केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने अपेक्षा गरिएको छ। तर, ठूलो पानी परी बाढी आउने...
राजसंस्था समर्थकद्वारा धर्ना सुरु
जेठ १८, काठमाडौं — राजसंस्था पुनःस्थापनासहित हिन्दू राज्यको माग गर्दै आन्दोलनमा उत्रिएका राजसंस्था समर्थकहरूले धर्ना सुरु गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपालका अध्यक्ष कमल थापासहित पाँच जनालाई नारायणचौरबाट बालुवाटारतर्फ जाँदै गर्दा प्रहरीले पक्राउ गरेको थियो। थापा पक्राउ परेपछि आन्दोलनमा सहभागीहरूले बालुवाटार क्षेत्रमा धर्ना सुरु गरेका हुन्। प्रहरीले भने निषेधित क्षेत्र तोड्दै बालुवाटार प्रवेश गर्ने प्रयास गरेपछि कमल थापासहित...
गायक तथा सङ्गीतकार गणेश रसिकको निधन
जेठ १८, काठमाडौँ — प्रख्यात साहित्यकार, गायक तथा सङ्गीतकार गणेश रसिकको निधन भएको छ। ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पतालमा उपचारको क्रममा आइतबार बिहान साढे ११ बजे उहाँले अन्तिम सास लिनुभएको पारिवारिक स्रोतले जनाएको छ।
वि.सं. २००४ सालमा भोजपुर जिल्लाको छिनामखुमा जन्मनुभएका रसिक केही समयदेखि प्रोस्टेट क्यान्सरबाट पीडित हुनुहुन्थ्यो। उहाँका “ओ याङ्जी नाना”, “नुनजस्तो बिल्ने जिन्दगीलाई ढाकरमा बोकेर”, “धेरै सम्झे...
माइतीघर–बानेश्वर सडकखण्डमा यातायात व्यवसायीको प्रदर्शन
जेठ १८, काठमाडौं — सार्वजनिक यातायात व्यवसायीहरूले आइतबार काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्। गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन र नियमन गर्ने नियमावली जारी गरेपछि व्यवसायीहरूले देशव्यापी आन्दोलन घोषणा गरेका थिए।
दुई पांग्रे र चार पांग्रे निजी सवारी साधनलाई पनि सार्वजनिक यातायातसरह यात्रु ओसार्न दिँदा आफ्नो लगानी संकटमा परेको भन्दै व्यवसायीहरूले शुक्रबार गण्डकीमा सार्वजनिक यातायात ठप्प पारेका...
सुनचाँदीको मूल्य सामान्य रूपमा वृद्धि
जेठ १८, काठमाण्डाै— आइतबार सुनचाँदीको मूल्य सामान्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर एक लाख ८८ हजार आठ सय रुपैयाँ पुगेको छ।
यसअघि, शुक्रबार सुनको मूल्य तोलाको एक लाख ८८ हजार पाँच सय रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि आज सामान्य रूपमा वृद्धि भएको छ। चाँदीको मूल्य पाँच रुपैयाँले बढेर तोलाको एक...














