मदन भण्डारीले गर्याे एसईई विद्यार्थीलाई बिदाइ
घाेराही, २४ फाल्गुन । घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरियास्थित मदन भण्डारी मेमोरियल स्कुलले एसईई २०८१ मा सहभागी हुने विद्यार्थीलाई बिदाइ गरेकाे छ । शुक्रबार एक कार्यक्रम गरि विद्यालयले यहि आउँदो चैत्र ७ गतेदेखि हुन गइरहेकाे एसईई परीक्षामा सम्मिलित हुने विद्यार्थीहरुलाई औपचारिकरुपमा बिदाइ गरेको छ ।
कक्षा ९ का छात्र दिपसन अधिकारीको अध्यक्षता एवम् वडा नम्बर १७ का वडा अध्यक्ष...
लैङ्गिक समानताको लागि सरकार प्रतिबद्धः मुख्यमन्त्री आचार्य
दाङ, २४ फाल्गुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लैङ्गिक समानतायुक्त प्रदेश बनाउने लक्ष्यसहित सरकार अघि बढिरहेको बताउनु भएको छ । ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस (आठ मार्च) को अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले लैङ्गिक समानता नीति निर्माण तथा कार्यान्वयनमार्फत प्रदेश सरकारले प्रभावकारी भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभएको हो ।
उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी, निर्णय प्रक्रिया, राजनीति जस्ता राज्यका हरेक क्षेत्रमा...
ज्ञानमालामा एस्.ई.ई.का विद्यार्थीलाई बिदाइ
घाेराही, २३ फाल्गुन । घाेराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीले एस्.ई.ई. २०८१ का विद्यार्थीलाई बिदाइ गरेकाे छ ।
कक्षा ९ का विद्यार्थीले शुक्रबार एक औपचारिक कार्यक्रम गरि एस्.ई.ई. २०८१ मा सहभागी हुने विद्यार्थीलाई विद्यालयबाट बिदाइ गरेकाछन् । कक्षा ९ की छात्रा स्मारिका चाैधरीकाे अध्यक्षता एवम् विद्यालयका प्रिन्सिपल महेश बस्नेतकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा विद्यार्थीहरुले गीत, नृत्य र कविता प्रस्तुत गरेका...
सल्यानमा राष्ट्रपति रनिङ शिल्ड नतिजा विवाद: दार्मा गाउँपालिकाको आपत्ति
सल्यान, २२ फागुन । सल्यानमा भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को नतिजालाई लिएर विवाद उत्पन्न भएको छ । दार्मा गाउँपालिकाका खेलाडीहरूले विभिन्न खेलतर्फ ६ स्वर्ण, ११ रजत, ११ काश्यसहित २८ वटा पदक जितेको दाबी गरे पनि जिल्ला खेलकुद विकास समितिले प्रकाशन गरेको नतिजामा दार्मा गाउँपालिकाका खेलाडीहरूको नतिजामा टिपेक्स लगाएर शून्य देखाएर नतिजा सार्वजनिक गरेपछि गाउँपालिकाले आपत्ति जनाएको...
गणित शिक्षकका लागि एकदिने तालिम
घाेराही, २२ फाल्गुन । गणित विषयका शिक्षकहरुका लागि शिक्षण तथा प्रश्न निर्माण सम्बन्धि एकदिने प्रशिक्षण सम्पन्न भएकाे छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) दाङकाे आयाेजनामा घाेराही उपमहानगरपालिका १० अम्राइस्थित हाेटल दाङ फन भ्यालीमा बिहीबार तालिम सञ्चालन गरिएकाे थियाे ।
प्याब्सन दाङका अध्यक्ष निर्मल न्याैपानेकाे अध्यक्षता एवम् प्याब्सनका निवर्तमान केन्द्रीय सदस्य केशव थापाकाे प्रमुख आतिथ्यतामा आयाेजित तालिममा आधारभूत...
प्रधानमन्त्रीद्वारा महाेत्तरीमा कागज उद्याेगकाे उद्घाटन
महाेत्तरी, २२ फाल्गुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिजको आज उद्घाटन गर्नुभएको छ । महोत्तरीको गौशाला नगरपालिका-१, रामनगरमा प्रधानमन्त्री ओलीले उक्त उद्योगको उद्घाटन गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले उद्योग स्थापनाले चुलो चौकोमा सीमित रहनेहरूका लागि पनि सीपका साथै रोजगारी सिर्जना गर्ने बताउनुभयो । उहाँले आफ्नै कागज देशभित्र प्रयोग गर्ने अवसर र व्यापार घाटा सन्तुलनका लागि यसले...
मुख्यमन्त्रीलाई सुझाव समितिको प्रतिवेदन हस्तान्तरण
दाङ, २१ फाल्गुन । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीस्तरीय दोस्रो संयुक्त बैठकबाट गठित सुझाव समितिको प्रतिवेदन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाइएको छ । समितिका संयोजक सामाजिक विकास मन्त्रालयका सचिव अणप्रसाद न्यौपाने र सदस्य सचिव सुशील बस्नेतले उक्त प्रतिवेदन मुख्यमन्त्री आचार्य र प्रमुख सचिव बावुराम अधिकारीलाई हस्तान्तरण गर्नु भएको हो ।
मुख्यमन्त्री आचार्यले राष्ट्रिय निकुञ्ज क्षेत्र र नदी क्षेत्रमा...
प्याब्सन दाङकाे प्रअ भेला ज्ञानमाला एकेडेमीमा
दाङ, १९ फाल्गुन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङकाे आयाेजनामा प्रधानाध्यापकहरुकाे भेला साेमबार ज्ञानमाला एकेडेमी, घाेराही १६ सर्रामा सम्पन्न भयाे ।
प्याब्सन दाङ जिल्ला अध्यक्ष निर्मल न्याैपानेकाे अध्यक्षता एवम् प्याब्सनका निवर्तमान केन्द्रीय सल्लाहकार नारायण अधिकारीकाे प्रमुख आतिथ्यतामा बसेकाे बैठकले प्याब्सन भवन निर्माण, शैक्षिकसत्र २०८२ काे क्यालेन्डरका विषयमा छलफल गरेकाे थियाे । बैठकमा प्याब्सनका प्राज्ञिक सल्लाहकार अरुण शर्मा,...
प्याब्सन घाेराहीकाे बैठक सम्पन्न
घाेराही, १९ फाल्गुन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीको बैठक सम्पन्न भएकाे छ । घाेराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा प्याब्सन घाेराही नगर कार्यसमितिकाे बैठक बसेकाे थियाे ।
प्याब्सन घाेराहीका अध्यक्ष बालकृष्ण ओलीकाे अध्यक्षता एवम् प्रमुख सल्लाहकार विरेन्द्र चन्दकाे प्रमुख आतिथ्यतामा बसेकाे बैठकले प्याब्सन अन्तरपालिका समन्वय समितिकाे सदस्यमा घाेराही उपमहानगरपालिकाबाट ग्यालेक्सी एकेडेमीका प्रिन्सिपल गाेपाल प्रसाद...
अपराध अनुसन्धानलाई प्रविधि मैत्री बनाउन जरुरी छ:मुख्यमन्त्री आचार्य
बुटवल, १८ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउन प्रविधि मैत्री बन्नुपर्ने आवश्यकता औंल्याउनु भएको छ । प्रहरी प्रशासनको पहिलो प्राथमिकताका रूपमा अनुसन्धानलाई सशक्त बनाउँदै जनविश्वास आर्जन गर्ने तथा परिणाममुखी योजना तर्जुमा गर्न आवश्यक रहेको उहाँको धारणा छ ।
बुटवलस्थित लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रमा भएको प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी उद्घाटन सत्रमा मुख्यमन्त्री...














