प्रेस चाैतारीद्वारा आक्रमणकारीमाथि कारबाहीकाे माग

दाङ, १८ फाल्गुन । प्रेस चौतारी दाङले आफ्ना जिल्ला कमिटी सदस्यमाथि अज्ञात समुहबाट भएकाे आक्रमणकाे निन्दा गरेकाे छ । प्रेस चाैतारी नेपाल दाङ जिल्ला अध्यक्ष सुधासुमन ढकालले प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला सदस्य सुशील परियारमाथि भएकाे आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएकाे जनाउनु भएकाे छ । फाल्गुन १७ गते साँझ बंगलाचुलीबाट घोराही आउने क्रममा चार जनाको अज्ञात समूहद्वारा बाटो छेकेर परियारमाथि आक्रमण गरिएको...

मुख्यमन्त्री आचार्यद्वारा तेस्रो कोहलपुर गोल्डकप–२०८१ को उद्घाटन

कोहलपुर, १७ फाल्गुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तेस्रो कोहलपुर गोल्डकप–२०८१ को उद्घाटन गर्नुभएको छ । सहारा क्लबको आयोजनामा कोहलपुरमा सुरू भएको उक्त प्रतियोगिताको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश खेलकुद क्षेत्रमा समृद्ध बन्दै गएको बताउनुभयो । उहाँले खेल क्षेत्रलाई पर्यटनसँग जोडेर अगाडि बढाउन आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो,`लुम्बिनी प्रदेश खेलकुद क्षेत्रमा समृद्ध बन्दै गएको छ। युवा...

पत्रकारिता सशक्तीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

दाङ, १७ फाल्गुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पत्रकारिता र आम सञ्चारमाध्यमको सशक्तीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । प्रेस चाैतारी नेपाल, लुम्बिनी प्रदेश समितिको दोस्रो अधिवेशन उद्घाटन कार्यक्रमलाई राप्ती उपत्यका(देउखुरी)मा शनिबार सम्बोधन गर्दै उहाँले प्रदेश सरकारले स्थापना कालदेखि नै पत्रकारिता सशक्तीकरणलाई प्राथमिकतामा राख्दै आएको स्पष्ट पार्नु भयाे । `पत्रकारिता क्षेत्रको सशक्तीकरण, विकास र प्रवर्द्धनका लागि प्रदेश...

ज्ञानमालाका विद्यार्थीले गरे सेवाघरलाई सहयाेग

घाेराही, १६ फाल्गुन । घोराही उपमहानगरपालिका–१६ सर्रास्थित ज्ञानमाला एकेडेमीका विद्यार्थीले खाजा खर्च कटाएर मानव कल्याण समाजद्वारा सञ्चालित सेवाघरलाई सहयोग गरेका छन् । विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० कक्षासम्मका विद्यार्थीहरुले घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको मानव कल्याण समाजद्वारा सञ्चालित सेवाघरमा बसोवास गर्ने बेसहरा तथा अनाथ नागरिकलाई १७ हजार रुपैयाँ सहयोग गरेका हुन । विद्यालयमा विद्यार्थीहरुले विद्यार्थीहरुका लागि नै बनाएका नियम उल्लंघन गर्ने...

विद्यालयका हरेक क्षेत्रलाई सुधार गर्न सरकारको प्राथमिकताः मुख्यमन्त्री आचार्य

नवलपरासी, १५ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यालयका हरेक क्षेत्रलाई सुधार गर्न सरकारले प्राथमिकताका साथ महत्वपूर्ण कार्यक्रमहरू अघि बढाएको बताउनु भएको छ । रामनगर जेसीज लुम्बिनी प्रदेश स्तरीय शैक्षिक तथा सांस्कृतिक मेला २०८१ को उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले विद्यालयका हरेक क्षेत्रलाई सुधार गर्न सरकार लागिपरेको बताउनु भएको हो । मुख्यमन्त्री आचार्यले ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियानमार्फत सामुदायिक विद्यालयमा...

खेल पर्यटनको सम्भावना बढ्दै गएको छ : मुख्यमन्त्री आचार्य

कपिलवस्तु, १४ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खेल पर्यटनको सम्भावना बढ्दै गएको बताउनु भएको छ । दोस्रो कपिलवस्तु तिलौराकोट खुला नकआउट राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले खेलकुदको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने आधार तयार भएकोमा खुसी व्यक्त गर्नु भएको छ । मुख्यमन्त्री आचार्यले खेलकुद प्रतिस्पर्धा, अनुशासन र पारदर्शिता सिक्ने माध्यम भएकाले...

मुख्यमन्त्री आचार्यद्वारा पाण्डवेश्वर धाममा पूजा अर्चना

दाङ, १४ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महाशिवरात्रि पर्वका अवसरमा दाङको पवित्र धार्मिक तीर्थस्थल पाण्डवेश्वर धाम धारपानीको मूल मन्दिरमा पूजा अर्चना गर्नुभएको छ। घोराही उपमहानगरपालिका–५ स्थित धारपानी मन्दिरमा आयोजित विशेष पूजामा मुख्यमन्त्री आचार्यले सहभागी भई पूजा गर्नुभएको हो । यस अवसरमा नेपाली सेनाको एक टुकडीले त्रिशुललाइ सलामी अर्पण गरेको थियो । साथै, कार्यक्रममा लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा...

दाङमा व्यवस्थित औद्योगिक क्षेत्रको निर्माण सुरु गर्न सांसद पोख्रेलको माग

काठमाडौं, १४ फाल्गुन । प्रतिनिधि सभा सदस्य मेनका कुमारी पोख्रेलले व्यवस्थित औद्योगिक क्षेत्रको निर्माण कार्यलाई अगाडि बढाउन माग गर्नुभएको छ । संसद बैठकमा बोल्दै सांसद पोख्रेलले सरकारसँग यस्तो माग गर्नुभएको हो । संसदको मंगलबार बसेको बैठकमा बोल्दै सांसद पोख्रेलले घोराही उपमहानगरपालिकाको वडा नम्बर ३ र ५ लाई औद्योगिक क्षेत्र घोषणा गरिएता पनि हालसम्म निर्माणको काम हुन नसकेको उल्लेख गर्नुभयो ।...

नवलपरासी पश्चिममा झडप : प्रहरीको गाडी जलाइयो

दाङ, १३ फागुन । नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–३ बेलासपुरमा दुई समूहबीचको झडप नियन्त्रण गर्न पुगेका सुरक्षाकर्मीहरूको गाडीमा आगजनी गरिएको छ। लुम्बिनी प्रदेशका एसएसपी जनार्दन जिसीका अनुसार झडपपछि स्थिति नियन्त्रणमा लिन पुगेका सुरक्षाकर्मीहरूको भ्यान जलाइएको हो। उहाँले घटनाको विस्तृत अनुसन्धान भइरहेको जानकारी दिनुभयो। झडपको बढ्दो तनावलाई मध्यनजर गर्दै रुपन्देहीबाट थप ५० जना सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रन्जितसिंह...

लुम्बिनीलाई आगामी वर्ष सडक आश्रित मानव मुक्त प्रदेश घोषणाको तयारी

दाङ, १२ फाल्गुन । लुम्बिनी प्रदेशलाई आगामी आर्थिक वर्ष सडक आश्रित मानव मुक्त घोषणा गर्ने तयारी गरिएको छ । चालू आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश निर्माण कार्यलाई निरन्तरता दिने उल्लेख छ । अब आगामी वर्ष वार्षिक बजेट तथा कार्यक्रममा सुनिश्चित गरी लुम्बिनी प्रदेशलाई सडक आश्रित मानव मुक्त प्रदेश बनाउनेगरी प्रदेश सरकार अघि बढ्ने मुख्यमन्त्री चेतनारायण...

ताजा समाचार