प्रिगाउँमा महायज्ञमा पच्चीस लाख सङ्कलन गर्ने लक्ष्य

तुलसीपुर, १९ माघ । दाङको तुलसीपुर ११ प्रिगाउँमा रहेको महेश्वर शिव मन्दिरमा धानधान्यञ्चल सप्ताह ज्ञान महायज्ञ सञ्चालन भइरहेको छ । शिव मन्दिर व्यवस्थापन समितिको आयोजनामा माघ १८ गतेदेखि महायज्ञ सञ्चालन भइरहेको हो । महायज्ञ माघ २५ गतेसम्म सञ्चालन हुने महायज्ञ मुल आयोजक समितिका संयोजक होमप्रसाद गौतमले जानकारी दिनुभएको छ । शिव पञ्चायन मन्दिर निर्माण तथा महेश्वर शिव मन्दिर निर्माणका लागि...

ज्योतिपुञ्जले मनायो २३औँ वार्षिकोत्सव

दाङ, माघ १४ । दाङको घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयले आफ्नो २३ औं वार्षिकोत्सव समारोह मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज थपलीयाको सभापतित्व एवं घोराही उपमहानगरपालिका वडा नं. १५ का अध्यक्ष रमेशकुमार पाण्डेयको प्रमुख आतिथ्यता र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सन दाङका सचिव आदिम केसीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । वार्षिकोत्सवको अवसर पारेर विद्यालयले मोस्ट...

चौतारी दाङले ३ दिन कार्यक्रम गरी स्थापना दिवस मनाउने

दाङ, १४ माघ । प्रेस चौतारी नेपाल दाङले प्रेस चौतारी नेपालको २६औं स्थापना दिवसका अवसरमा ३ दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । कार्यबाहक अध्यक्ष प्रेम बहादुर राम्जाको अध्यक्षता तथा प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष एवं प्रेस काउन्सिलका बोर्ड सदस्य शरद अधिकारीको प्रमुख आतिथ्यतामा भएको बैठकले विस्तारित भेला, रक्तदान र स्थापना दिवस एवं पुरस्कार वितरण कार्यक्रम आयोजना...

मेट्रो कलेज तुलसीपुरमा इ–बुलेटिन

तुलसीपुर,१४ माघ । मेट्रो कलेज तुलसीपुरमा विएएलएलवी अध्ययनरत विद्यार्थीहरुले कलेजका गतिविधि समेटिएको इ बुलेटिन प्रकाशन गरेका छन । मेट्रो थिङक ट्याङ्क क्लवको सक्रियता तथा मेट्रो कलेज तुलसीपुरको समन्वयमा विद्यार्थीहरुले इ–बुलेटिन प्रकाशन गरेका हुन । इ–बुलेटिनको माघ १४ गते नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जीएमले लोकार्पण गर्नुभएको हो । कलेजका गतिविधिसँगै कानुन र मानवअधिकारका विषयलाई पनि बुलेटिनमा समेटिएको छ । लोकार्पण...

महिला शिक्षकका लागि “शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोग विषयमा” एक दिने अभिमुखीकरण

दाङ, माघ १४ । नेपाल शिक्षक संघ महिला विभाग दाङको आयोजनामा महिला शिक्षकका लागि “शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोग विषयमा“ एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल शिक्षक संघ महिला विभाग दाङका सचिव लक्ष्मी न्यौपानेको सभापतित्व तथा नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशका संस्थापक अध्यक्ष एवम् नेपाली काँग्रेस दाङका सचिव अर्जुनकुमार योगीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । तालिम...

नेपाल यू-१९ विश्वकपको सुपर सिक्समा

दाङ, १२ माघ । आईसीसी यू-१९ विश्वकप २०२४ मा नेपाल अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको छ । नेपाल समूह डी बाट तेस्रो स्थानमा रही सुपर सिक्समा पुगेको छ । १४६ रनको विजयी लक्ष्य नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाउँदै पुरा गरेको छ । आकाश चन्दले ५ विकेट लिएपछि पहिला ब्याटिङ गरेको अफगानिस्तानलाई नेपालले ४०.१ ओभरमा अलआउट गरेको थियो ।...

एमाले घोराहीले १९ वटै वडामा संकल्प यात्रा गर्दै

जे.एन.सागर घोराही, १२ माघ । नेकपा एमाले घोराही उपमहानगर कमिटीले घोराहीको समृद्धिका लागि संकल्प यात्रा गर्ने भएको छ । घोराही उपमहानगर कमिटी सचिवालयको माघ १२ गते घोराहीमा बसेको बैठकले उपमहानगरका १९ वटै वडामा संकल्प यात्रा गर्ने निर्णय गरेको हो । नगर अध्यक्ष भुवन चौधरीको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय सदस्य तथा घोराही नगर इन्चार्ज मेनका पोख्रेलको प्रमुख आतिथ्यतामा बसेको बैठकले घोराहीको...

लैंगिक हिंसा नियन्त्रित उपमहानगर बनाउने अभियानमा छौ : चौधरी

घोराही, ९ माघ । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले घोराही उपमहानगरपालिकालाई लैंगिक हिंसा नियन्त्रित उपमहानगर बनाउने अभियानमा आफूहरु लागेको बताउनु भएको छ । घोराही उपमहानगरपालिकाको न्यायिक समितिले चालु आर्थिक वर्षको छ महिनाको प्रगति सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मेयर चौधरीले सभ्य समाज निर्माणका लागि हिंसा नियन्त्रण जरुरी रहेको बताउनुभयो । न्यायिक समितिले नागरिकका सानातिना विवाद छिटो छरितो समाधान गर्नेतर्फ...

सल्यान त्रिवेणीको रावलखोला र चैलकाँडामा पुग्यो बिजुली

सल्यान, ५ माघ । सल्यानको त्रिवेणी गाउँपालिकाको ग्रामीण वस्ती रावलखोला र चैलकाँडामा विद्युत विस्तार गरिएको छ । त्रिवेणी गाउँपालिका अध्यक्ष खिमबहादुर रावतको अध्यक्षता तथा शंखमूल ग्रामीण विद्युतीकरण संस्थाका अध्यक्ष एवं निवर्तमान जिल्ला समन्वय समिति प्रमुख केश बहादुर विष्टको प्रमुख आतिथ्यतामा बिजुली बत्तीको उद्घाटन गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि विष्टले पुस्तौँदेखि अँध्यारोमा बसिरहेका नागरिकहरुको जनजिविकालाई सहज बनाउन विद्युतीकरणले महत्वपूर्ण...

“भुइँमान्छेलाई बेवास्ता गर्ने परिपाटी छ”

काठमाडौँ, १२ पुस । नेकपा (एमाले) की नेत्री एवं प्रतिनिधिसभा सदस्य मेनका पोखरेललाई सरकारको नेतृत्व गरिरहेका पहुँचवाला नेताहरूले आ–आफ्नो जिल्लामा बढी बजेट छुट्याउने तर विकासको प्रतीक्षामा बसेका र कतै पहुँच नभएका भुइँमान्छेलाई बेवास्ता गर्ने परिपाटी गलत लाग्छ । यो प्रवृत्ति सही होइन भन्नेमा देशभित्र निरन्तर बहस हुँदै आएको छ । सरकारको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक भएलगत्तै हरेक...

ताजा समाचार