निजामती कर्मचारी संगठन दाङ देशकै सर्वोत्कृष्ट जिल्लाका रुपमा सम्मानित

दाङ, १७ साउन । नेपाल निजामती कर्मचारी संगठन दाङ देशकै सर्वोत्कृष्ट जिल्लाका रुपमा सम्मानित भएको छ । सहिद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवस २०८१ का अवसरमा मंगलबार नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय समितिद्वारा आयोजित सहिद स्मृति मूल समारोह २०८१ मा सर्वोतत्कृष्ट जिल्लाका रुपमा केन्द्रीय समितिले दाङ जिल्लालाई सम्मानित गरेको हो । देशभरका ७७ जिल्ला समिति र २८ वटा विभागहरुमध्ये साङ्गठनिक...

सहिद दिवसमा निजामती कर्मचारी संगठनले गर्‍यो धारपानीमा वृक्षारोपण तथा सरसफाइ

दाङ, १४ साउन । सहिद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवस-२०८१ का अवसरमा नेपाल निजामती कर्मचारी संगठन दाङले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दाङको धार्मिक स्थल पाण्डवेश्वर महादेव मन्दिर धारपानीमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । संगठन दाङका अध्यक्ष शेरबहादुर केसीको अध्यक्षता तथा दाङका सहायक प्रमुख जिल्ला अधिकारी साबित्रा पुनको प्रमुख आतिथ्यता एवम् संगठनका केन्द्रीय सदस्य (दाङ इन्चार्ज ) गोकर्ण...

विद्यार्थीद्वारा शिक्षकका लागि खेलकुद प्रतियोगिता

घोराही, ६ साउन । विद्यार्थीहरुले शिक्षकहरु लागि खेलकुदका कार्यक्रम आयोजना गरी गुरुपूर्णिमा मनाएका छन् । घोराही उपमहानगरपालिका १६ सर्रा स्थित ज्ञानमाला एकेडेमीका विद्यार्थीहरुले गुरुपूर्णिमाको अवसरमा शिक्षकहरुका लागि खेलकुदका कार्यक्रमहरु राखेका हुन् । विद्यार्थीहरुद्वारा शिक्षकका लागि आयोजित घैंटा फोड प्रतियोगितामा शिक्षिका किशु खड्का प्रथम हुनुभएको थियो । यसैगरी कुर्सी दौड प्रतियोगितामा शिक्षिका संगिता पौडेल प्रथम, विना खत्री द्वितीय र मिना योगी...

मन्त्री गुरुङ्गसँग अमेरिकि राजदुत थम्सनद्वारा शिष्टाचार भेट

काठमाडौँ, ६ साउन । सञ्‍चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ्गसंग आज नेपालका लागि अमेरिकि राजदुत डिन थम्सनले शिष्टाचार भेट गर्नु भयो । भेटमा राजदुत थम्सनले मन्त्री गुरुङ्गलाई कार्यकालको सफलताको शुभकामना ब्यक्त गर्नु भयो । त्यस अवसरमा राजदुत थम्सनले सूचना प्रविधि क्षेत्रको विकास र विस्तारकालागि अमेरिकी सरकार नेपाललाई सहयोग गर्न तयार रहेको बताउनु भयो । सञ्‍चार तथा सूचना प्रविधि...

दाङमा ३६ जनाले माओवादी पार्टी परित्याग गरेर एमाले प्रवेश

दाङ, ५ साउन । दाङमा नेकपा माओवादी पार्टी केन्द्र परित्याग गरेर ३६ जना बढी एमालेमा प्रवेश गरेका छन् । राजपुर गाउँपालिका–२ चप्फा गाउँका ३६ जना बढी नेता कार्यकर्ता माओवादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् । माओवादीका स्थानीय नेता गुरुप्रसाद विक सहितका नेता कार्यकर्ता एमालेमा प्रवेश गर्दै बलियो कम्प्युनिष्ट पार्टी निर्माणको अभियानमा एकताबद्ध भएको घोषणा गरेका हुन् । नेकपा...

सञ्चार क्षेत्रमा गर्नुपर्ने कामको सूचीसहित एमाले प्रचार विभागले सञ्चारमन्त्री गुरुङलाई दियो ३० बुँदे सुझाव

काठमाडौं, २ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङलाई नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागले ३० बुँदे सुझाव दिएको छ । एमाले उपमहासचिवसमेत रहनुभएका सञ्चारमन्त्री गुरुङलाई प्रचार विभाग प्रमुख राजेन्द्र गौतम नेतृत्वको टोलीले आज मन्त्रालयमा भेटवार्ता गरी सञ्चार क्षेत्रमा गर्नुपर्ने अल्पकालीन र दीर्घकालीन कामको सूचीसहित ३० बुँदे सुझाव बुझाएको हो । टोलीले बुझाएको सुझावपत्रमा सञ्चार क्षेत्रका कार्यक्रमका...

धारापानीमा आजदेखि शिव महापुराण सत्संग महायज्ञ तथा महाआरती सुरू

विमल याेगी दाङ, १ साउन । पाण्डवेश्वर महादेव धाम धारापानीमा आजदेखि श्री शिव महापुराण सत्संग ज्ञान महायज्ञ एवं श्रृङ्गारिक महाआरती सुरू भएकाे छ । पाण्डवेश्वर महादेव धामको प्रचार प्रसार तथा धार्मिक जागरणका लागि एक महिने महायज्ञ तथा श्रृङ्गारिक महाआरती सञ्चालन गर्न थालिएकाे हाे । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ मुल आयोजक समितिका संयोजक गणेशकुमार अधिकारीकाे अध्यक्षतामा भएकाे महायज्ञकाे घाेराही उप-महानगरपालिकाका...

कलश सहकारीद्वारा वित्तीय विवरण सार्वजनिक : १ अर्ब बढीको कारोबार, सबै सूचक सकारात्मक

विमल याेगी दाङ, १ साउन । दाङको घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्थाले पछिल्लो एक वर्षमा १ अर्ब बढीको आर्थिक कारोबार गरेको छ । आर्थिक वर्ष सकिएको भोलिपल्ट साउन १ गते मंगलबार संस्थाले सार्वजनिक गरेको प्रारम्भिक वार्षिक प्रगति प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा संस्थाले १ अर्ब ३२ करोड ३६ लाख १२ हजार २ सय ८४ रूपैयाँ बराबरको...

तेस्रो युएसएड यात्रा लमहीमा

लमही, २३ असार । नेपालको समृद्धिका लागि भइरहेको योगदान तथा पहलबारे जानकारी दिन अमेरिकी अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसएड)ले सुरु गरेको तेस्रो यात्रा दाङको लमहीमा सम्पन्न भएको छ । आइतवार लमहीको बसपार्कमा आयोजित कार्यक्रममा स्थानीयको सहभागितामा सांस्कृतिक लगायत विभिन्न प्रस्तुति गरिएका थिए । लुम्बिनी प्रदेशमा युसएडको सहयोगमा भएका विभिन्न कार्यक्रमको बारेमा जानकारी दिन कपिलवस्तुको वाणगंगाबाट सुरु भएको यात्रा बुटवल हुँदै...

बालबालिकाहरुमा नेतृत्व विकास अपरिहार्य

घोराही, १५ असार । अहिलेको समाजलाई सही दिशानिर्देश गर्नका लागि बालबालिकाहरुमा नेतृत्व विकास अपरिहार्य रहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । कार्यक्रमका वक्ताहरुले बालबालिकाहरु भावी नेतृत्वकर्ता समेत रहेको हुँदा उनीहरुको व्यक्तित्व विकाससँगै क्षमता अभिबृद्धि गर्नुपर्नेमा जोड दिए । घोराही १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा गठित सिर्जनशील बाल क्लव र नेपाल जुनियर रेडक्रस सर्कलको आयोजनामा शुक्रबार आयोजित नेतृत्व विकास तालिमका वक्ताहरुले...

ताजा समाचार