https://xvamoney.xyz/776345230639204/

शिक्षा, स्वास्थ्य र खाद्यअधिकारको ग्यारेण्टी गर्न माग

घोराही, २० वैशाख । स्वास्थ्य, शिक्षा र खाद्य सुरक्षाको ग्यारेन्टी गर्न सरोकारवालाहरुले घोराही उपमहानगरपालिकालाई आग्रह गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक दाङले बिहीबार घोराहीमा आयोजना गरेको सेवा प्रदायक र सेवाग्राहीबीच स्थानीय तहस्तरीय शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्था विषयक कार्यक्रममा सरोकारवालाहरुले आधारभूत आवस्यकताहरुलाई न्यूनतम रुपमा पूरा गर्न आग्रह गरेका हुन् । इन्सेकले घोराही उपमहानगरपालिकाभित्रका साविक लक्ष्मीपुर र सौंडियार...

स्वतन्त्र प्रेसबाट मात्रै नागरिकहरुको अधिकार सुरक्षित

घोराही, २० वैशाख । निष्पक्ष पत्रकारीताले मात्रै नागरिकहरुको अधिकारको रक्षा गर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ दाङ शाखाले बिहीबार घोराहीमा आयोजना गरेको नेपालको पत्रकारीता र प्रेस स्वतन्त्रताको अवस्था विषयक कार्यक्रममा बोल्ने पत्रकारहरुले सत्य, तथ्य र निष्पक्ष पत्रकारीताबाट मात्रै नागरिकका अधिकार सुरक्षित एव‌ं प्रेस जगत स्वतन्त्र बन्ने बताएका हुन् । पत्रकारीताको आडमा...

बिरामीको मृत्युपछि तनाव

तुलसीपुर, १९ वैशाख । तृलसीपुरमा एक बिरामीको उपचारमा लापरवाहीका कारण मृत्यु भएको भन्दै आफन्तहरुले तनाव सिर्जना गरेका छन् । पेट दुखेर बुधबार तुलसीपुरस्थित ज्योति मेडिकलमा उपचार गर्न गएकी तुलसीपुर ७ कुमाल गाउँकी ४० वर्षीया प्रेमा कुमालको मृत्यु भएपछि आफन्तले मेडिकल घेराउ गरेका हुन् । मेडिकलमा नेपालीलाई डा. प्रकाश नेपालीले दुखाई कम गर्ने औषधि र इन्जेक्सन दिएको र त्यसपछि झनै बिरामी...

बालमैत्री स्थानीय शासन अभिमुखीकरण सम्पन्न

दाङ, १९ बैशाख । घोराही उपमहानगरपालिका वडा नं. १६ को सहयोग र दाङ सञ्चार प्रालिको आयोजनामा सञ्चालित दुईदिने बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम आज घोराहीमा सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपमहानगरपालिकाकी उपप्रमुख सीता न्यौपानेले बालबालिकाका अधिकार सुरक्षित गर्नु हरेक अभिभावकको दायित्व भएको बताउनुभयो । बालमैत्री स्थानीय शासनका सूचकहरु पूरा गरी घोराही उपमहानगरपालिकाका हरेक वडालाई बालमैत्री...

नर्सिङ कर्मचारीहरुको लागि दक्षता वृद्धि तालिम

घोराही, १९ बैशाख । घोराही उपमहानगरपालिकाले बर्थिङ सेन्टरमा कार्यरत नर्सिङ कर्मचारीहरुको दक्षता अभिबृद्धी गर्न तालिम सञ्चालन गरेको छ । बर्थिङ सेन्टरमा कार्यरत नर्सिङ कर्मचारीहरुलाई क्लिनिकल अपडेट कार्यक्रम अन्तगत दक्षता अभिबृद्धlका लागि तीनदिने तालिम सञ्चालन गरेको हो । घोराही उपहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बुधबारदेखि घोराही उक्त तालिमको सुरुवात भएको छ । राप्ती उपक्षेत्रीय अस्पतालमा कार्यरत देवा पौडेल र जनस्वास्थ्य कार्यालयमा...

घोराहीमा परिवार नियोजन क्लिनिकल तालिम केन्द्र

घोराही, १९ वैशाख । दाङको घोराहीमा परिवार नियोजन क्लिनिकल तालिम केन्द्रको स्थापना गरिएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तालिम केन्द्र टेकु काठमाडौँले नेपाल परिवार नियोजन संघ घोराहीमा परिवार नियोजन क्लिनिकल तालिम केन्द्रको स्थापना गरेको हो । तालिक केन्द्रको बुधबार घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले उद्घाटन गर्नुभएको छ । परिवार नियोजन सम्बन्धी सबै ज्ञान, सीप र परामर्शहरु दिने गरी...

ताइबानी उत्पादक तथा सप्लायरको उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आउने

काठमाडौं, वैशाख १९ । नेपाली व्यवसायीसँग प्रत्यक्ष भेटघाट गर्न ताइबानी उत्पादक तथा सप्लायरसहितको उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आउने भएको छ । ताइवान एक्स्टर्नल ट्रेड डेभलपमेन्ट काउन्सिलको नेतृत्वमा ९ सदस्यीय व्यापारिक प्रतिनिधिमण्डल नेपाल आउने भएको हो । यही वैशाख ३० गते ताइवानका प्रतिष्ठित उत्पादक तथा सप्लायरहरू सम्मिलित सो प्रतिनिधिमण्डलले काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटलमा नेपाली व्यवसायीहरूसँग प्रत्यक्ष भेटघाट गरी व्यापारिक सम्भावनाबारे अन्तरक्रिया गर्ने...

बालमैत्री स्थानीय शासन अभिमुखीकरण कार्यक्रम

दाङ, १८ बैशाख । घोराही उपमहानगरपालिका वडा नं. १६ को सहयोग र दाङ सञ्चार प्रालिको आयोजनामा आजदेखि घोराहीमा दुईदिने बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । तालिम उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपमहानगरपालिकाकी उपप्रमुख सीता न्यौपानेले बालबालिकाका अधिकार सुरक्षित गरी स्थानीय तहलाई बालमैत्री बनाउन सबै सरोकारवालाको सहयोग जरुरी भएको बताउनुभयो । उहाँले बालमैत्री स्थानीय शासनले समाजमा बालबालिकाको अवस्था...

मजदुर दिवसका अवसरमा क्रिकेट प्रतियोगिता

घोराही, १८ वैशाख । नेपाल औषधि बिक्री प्रतिनिधि संघ दाङले मजदुर दिवसका अवसरमा मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता गरेको छ । संघअन्तर्गतका विवाहित र अविवाहितका बीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता गरेको हो । घोराही उपमहानगरपालिका १७ गुलरिया क्रिकेट मैदान भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा विवाहित समूह ११ रनले विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको विवाहित समूहले २० ओभरको खेलमा ७ विकेट गुमाउँदै...

शान्ति निरकारी मण्डलद्वारा रक्तदान

दाङ, १५ वैशाख । शान्ति निरकारी मण्डलद्वारा शनिबार घोराहीको तेह्रौँटे बृद्धाश्रममा रक्तदान गरिएको छ । शान्ति निरकारी मण्डलको आयोजनामा मानव एकता दिवसको अवसर पारेर रक्तदान गरिएको हो । सो मण्डलसँग आबद्ध र शुभचिन्तकहरु गरी २६ जनाले रक्तदान गरेका थिए । सो कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै नेपालीले रक्तदान जीवनदान भएको भन्दै...

ताजा समाचार