स्मार्ट कार्ड लाइसेन्सको ढिलाइप्रति सांसद चौधरीद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौं, २४ जेठ । प्रतिनिधिसभा सदस्य अस्मा कुमारी चौधरीले चालक अनुमतिपत्र स्मार्ट कार्ड वितरणमा भएको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बुधबारको संसद बैठकमा बोल्दै सांसद चौधरीले नवीकरण गर्न दिएको स्मार्ट कार्ड सेवाग्राहीहरुले समयमा नपाउँदा समस्यामा परेको बताउनुभयो । सांसद चौधरीले नवीकरण गर्न दिएको स्मार्ट कार्ड दुई वर्ष नाघिसक्दा समेत यातायात कार्यालयबाट नपाएको उल्लेख गर्नुभयो ।
संसद बैठकको शून्य समयमा बोल्दै...
नेदरल्याण्ड्सलाई नेपालले दियो १०७ रनको लक्ष्य
दाङ, २२ जेठ । आईसीसी टी२० विश्वकप २०२४ को पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सलाई १०७ रनको लक्ष्य दिएको छ ।
डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १०६ रन बनाएको हो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रनको योगदान गरे । कप्तान रोहितले ३७ बलमा ५ चौकासँगै ३५ रन जोडेर आउट भए...
एकीकृत गुठी ऐन ल्याउन सरकारलाई सांसद पोख्रेलको ध्यानाकर्षण
काठमाडौं, २२ जेठ । प्रतिनिधिसभा सदस्य मेनकाकुमारी पोख्रेलले एकीकृत गुठी ऐन ल्याएर देशैभरका गुठीपिडितहरुको समस्या दीर्घकालीनरुपमा समाधान गर्न सरकारसँग माग गर्नु भएको छ । संघीय संसदको मंगलबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद पोख्रेलले उक्त माग गर्नु भएको हो ।
स्वर्गद्वारी गुठी पीडितलगायत देशैभरका गुठीपिडितले विभिन्न समयमा आन्दोलन गर्दै आएको स्मरण गराउँदै गुठीसम्बन्धी सबै समस्या एकीकृत गुठी ऐन ल्याएर दीर्घकालीनरुपमा समाधान...
गुठीपीडित किसानको आन्दोलनमा प्रहरी हस्तक्षेप, १२ आन्दोलनकारी घाइते
दाङ,२० जेठ । मोही हक कार्यान्वयनको माग गर्दै जिल्ला मालपोत कार्यालय, भूमिसुधार र नापी कार्यालयमा तालावन्दी गर्न पुगेको स्वर्गद्वारी गुठीपीडित किसानहरुमाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।
भूमिसम्वन्धी सरकारी कामकाज ठप्प पार्ने भन्दै गुठीपीडित किसानहरु तालावन्दी गर्न पुगेपछि प्रहरीले भिड नियन्त्रण गर्न १० सेल अश्रुग्याँस प्रहारी गरेको प्रमुख जिल्ला अधिकारी रामवन्धु सुवेदीले जानकारी दिनुभयो । प्रहरी र आन्दोलकारीवीच झडप हुँदा...
दाङकाे धारपानी मन्दिरलाई रण अम्बिका पुरस्कार
विमल याेगी
घोराही, २० जेठ । दाङकाे घाेराही उप-महानगरपालिका वडा नम्बर ५ धारपानीस्थित पाण्डवेश्वर महादेव मन्दिरलाई रण अम्बिका शाह सेवा पुरस्कार प्रदान गरिएको छ । रण अम्बिका शाह सेवा गुठी काठमाडौंले एक कार्यक्रमका बीच मन्दिरका अध्यक्ष गणेश कुमार अधिकारी र सचिव विष्णुराम आचार्यलाई साे पुरस्कार प्रदान गरेकाे हाे ।
धर्म, संस्कृति, समाजसेवा तथा राष्ट्रिय चिन्तनमा काम गर्ने दुई वटा संस्था तथा...
एक्लै दुई विद्यालयका विद्यार्थीलाई पोशाक
तुलसीपुर, १८ जेठ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ मा बसोबास गर्दै आउनुभएका टीकाराम कडेँलले दुई विद्यालयमा पोशाक वितरण गर्नुभएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ मा रहेका दुई वटा विद्यालयका १ सय ६ जना विद्यार्थीहरुलाई पोशाक वितरण गर्नुभएको हो ।
वडा नम्बर २ मा रहेको रतननाथ प्राथमिक विद्यालय बालापुरमा रहेका ६० जना र सोही वडामा रहेको भद्रकाली प्राथमिक...
ज्ञानमालाको क्याप्टेनमा अदिति केसी निर्वाचित
घोराही, ११ जेठ । घोराही उपमहानगरपालिका वडा नं. १६ सर्रास्थित ज्ञानमाला एकेडेमीको स्कूल क्याप्टेनमा अदिती केसी र भाइस क्याप्टेनमा प्रणित रिजाल निर्वाचित हुनु भएको छ ।
शुक्रबार भएको निर्वाचनमा क्याप्टेनका उमेदवार कक्षा ९ कि छात्रा अदिति केसीले १ सय १८ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी कक्षा १० का छात्र दया रोका मगरले ३२ मत प्राप्त...
तुलसीपुरको विकास माग्न अर्थ मन्त्रालयमा
दाङ, २५ वैशाख । तुलसीपुरमा विकासको माग गर्दै उपमहानगरका मेयर टिकाराम खड्का नेतृत्वको प्रतिनिधिमण्डल प्रदेश अर्थ मन्त्रालय पुगेको छ ।
मेयर खड्काको नेतृत्वमा ६ जना वडा अध्यक्ष लुम्बिनी प्रदेशका अर्थ मन्त्री चेतनारायण आचार्यसँग बजेट माग्न गएका हुन् । मेयर खड्काले सडक,सिचाई , खानेपानी,शिक्षा र खेलकुदमा आवश्यक बजेट विनियोजन गर्न आग्रह गर्नुभयो ।
अर्थमन्त्री आचार्यले आफू तुलसीपुरको विकासमा प्रतिवद्व भएको भन्दै बजेट...
पत्रकार महासंघ दाङ उत्कृष्ट शाखाका रुपमा सम्मानित
दाङ, २० वैशाख । नेपाल पत्रकार महासंघ दाङ उत्कृष्ट शाखाका रुपमा सम्मानित भएको छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले चौथो साधारणसभा तथा तेस्रो अधिवेशनको अवसरमा बुधवार दाङ शाखालाई प्रदेशकै उत्कृष्ट शाखाका रुपमा सम्मानित गरेको हो ।
महासंघका प्रदेश अध्यक्ष वसन्त गिरीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराको प्रमुख आतिथ्यमा आयोजित एक समारोहबीच दाङ शाखालाई उत्कृष्टताको प्रमाणपत्र प्रदान गरिएको...
बुद्ध हस्पिटल विरुद्ध समाचार लेख्ने भोजराज थापाद्वारा संचालित मेचीकालीलाई कारबाही गर्ने प्रेस काउन्सिलको चेतावनी
दाङ, १२ वैशाख । घोराही दाङमा सञ्चालित बुद्ध इन्टरनेशनल हस्पिटलका विरुद्ध तथ्यहीन समाचार प्रसारण गरेको भन्दै प्रेस काउन्सिल नेपालले भोजराज थापाद्वारा सञ्चालित मेचीकाली खबरलाई कारबाहीको चेतावनी दिएको छ । स्वास्थ्य सेवाको विषयलाई लिएर मेचीकाली खबर डटकमको अफिसियल युट्युव च्यानलबाट पटक पटक प्रशारण भएको सामग्रीको विषयमा प्रेस काउन्सिल नेपालले सञ्चालकलाई सचेत हुन निर्देशन दिएको हो ।
प्रेस काउन्सिल नेपाल आचारसंहिता अनुगमन शाखा...














