यज्ञबहादुर बुढाथोकी स्मृति उत्कृष्ट युवा पुरस्कार डा. बस्नेतलाई

घोराही, २७ साउन । यज्ञबहादुर बुढाथोकी स्मृति उत्कृष्ट युवा पुरस्कार बुद्ध इन्टरनेसनल हस्पिटलका डा. रमेश बस्नेतलाई प्रदान गरिएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा जिल्लामै सर्जरी सेवा दिएर धेरैको जीवन जोगाउन योगदान गरेको भन्दै त्रिभुवननगर जेसीजले डा. बस्नेतलाई पुरस्कृत गरेको हो । युवा दिवसको अवसर पारेर जेसीजले विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने युवाहरुलाई हरेक वर्ष पुरस्कृत गर्दै आएको छ ।...

चौतारी दाङले ‘सञ्चार डायरी’ प्रकाश गर्ने

दाङ, १३ साउन । प्रेस चौतारी नेपाल दाङ शाखाले ‘सञ्चार डायरी’ प्रकाशन गर्ने भएको छ । चौतारी दाङको सनिवार घोराहीमा बसेको बैठकले चौतारीको संक्षिप्त इतिहास झल्कने र सदस्यहरुको विवरण समावेश गर्ने गरेर सञ्चार डायरी प्रकाशन गर्ने निर्णय गरेको हो । सञ्चार डायरी प्रकाशनको लागि संगठनका जिल्ला उपाध्यक्ष प्रेमबहादुर राम्जाको संयोजकत्वमा उपाध्यक्ष सुधासुमन ढकाल, सचिव किरण गौतम, कोषाध्यक्ष गोकर्ण पौडेल, सहसचिव...

अनेरास्ववियुद्वारा उत्कृष्ट विद्यार्थीलाई सम्मान

दाङ, १२ साउन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन दाङले सामुदायिक तथा संस्थागत विद्यालयबाट उत्कृष्ट अंक ल्याएर एसइइ उत्तिर्ण गर्ने विद्यार्थीहरुलाई सम्मान गरेको छ । केन्द्रीय आयुर्वेद विद्यालय बेलझुण्डीमा शुक्रवार कार्यक्रम गरेर विद्यार्थी र विद्यालयलाई सम्मान गरिएको हो । अनेरास्ववियुका अध्यक्ष गोविन्द बस्नेतको अध्यक्षता तथा नेकपा एमाले दाङका अध्यक्ष हुकुम बस्नेतको प्रमुख आतिथ्य एवं अनेरास्ववियुका केन्द्रीय सदस्य सर्जन...

रेग्मी परिवारद्वारा पाँच लाखको अक्षयकोष स्थापना

घोराही, २९ असार । तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ निवासी रेग्मी परिवारले ऋषिराम रेग्मीको स्मृतिमा पाँच लाख रुपैयाँको अक्षयकोष घोषणा गरेको छ । स्व. रेग्मीको स्मृतिमा प्रकाशित स्मृतिग्रन्थ लोकार्पणका अवसरमा रेग्मी परिवारले पुरस्कारका लागि अक्षयकोषको घोषणा गरेको हो । रेग्मीका जेष्ठ सुपुत्र बामदेव रेग्मी र कनिष्ठ सुपुत्र सन्तोष रेग्मीलगायत परिवारका सदस्यहरुले स्थापना गरेको पुरस्कार दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानमा स्थापना...

लायन्स क्लब राप्ती इञ्जिनियरिङमा पद हस्तान्तरण

घोराही, २७ असार । लायन्स क्लब अफ् राप्ती इञ्जिनियरिङमा पद हस्तान्तरण गरिएको छ । लायन्स क्लब वर्ष २०२२/०२३ का अध्यक्ष मधुसूदन वैद्यको अध्यक्षता तथा लायन्स क्लब ३२५ N का एक्जुकेटिभ चिफ लायन लव अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा लायन्स क्लब वर्ष २०२२/०२३ का अध्यक्ष मधुसूदन वैद्यले वर्ष २०२३/०२४ का अध्यक्ष लायन शरद अधिकारीलाई पद हस्तान्तरण गर्नुभएको थियो...

जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामग्री

घोराही, २० असार । दाङ महिला जेसिजकी उपाध्यक्ष तथा नेकपा एमाले रोल्पाकी जिल्ला सदस्य भीमा डिसीले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गर्नुभएको छ । उहाँले जन्मदिनको अवसरमा नमुना आधारभूत विद्यालय भैसाहीका ७२ जना विद्यार्थीहरुलाई कापी, कलमलगायतका शैक्षिक सामग्री र विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गर्नुभएको हो । दाङ महिला जेसिजकी अध्यक्ष नारायणी भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले...

अर्थमन्त्री मास्कीद्वारा शहीद कृष्णसेन शिक्षालयको अवलोकन

घोराही, १७ असार । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले दाङको घोराहीस्थित शहीद कृष्णसेन स्मृति बहुप्राबिधिक शिक्षालयको अवलोकन गर्नुभएको छ । शहीदका नाममा खोलिएको उक्त शिक्षालयमा हाल डिप्लोमा तथा अन्य गरी १२ वटा प्राविधिक विषयको अध्यापन भइरहेको छ । त्यस क्रममा प्रमुख अच्युतराज दाहालले शिक्षालयमा आवश्यक पूर्वाधार निर्माण भएकाले त्यसलाई सजावटका लागि बजेट आवश्यक रहेको बताउनुभयो । साथै स्कुल बसलगायत आवश्यक...

संकटको सारङ्गी बचाइदै

गोकर्ण पौडेल तुलसीपुर, १६ असार । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ रक्षाचौर नजिकै एउटा गन्धर्व टोल छ । करिब ६३ घरधुरीमध्ये सारङ्गी बनाउन र बजाउन औँलामा सीमित व्यक्तिलाई मात्रै आउँछ । त्यही औँलामा गनिने संख्या बढाउने अभियानमा प्रदेश सरकार रहेको छ । लुम्बिनी प्रदेशको उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत पर्यटन डिभिजन कार्यालयले संकटको पेशा बचाउने अभियानमा रहेको छ । तुलसीपुर...

किसानसँगै कृषि पढ्ने विद्यार्थी

गोकर्ण पौडेल तुलसीपुर, १५ असार । सधैँ झोलाभरि किताब लिएर क्याम्पसमा पढ्ने जाने विद्यार्थी आज भने फरक दृश्यमा देखिए । सधैँ कलम हुने हातमा आज भने रोप्नका लागि विद्यार्थीका हातमा धानका ब्याड थिए । मेट्रो कलेजका कृषि विषय पढ्ने विद्यार्थीहरु तुलसीपुर १८ बकुलाहीका किसान जितबहादुर चौधरीको खेतमा धान रोप्न पुगेका थिए । रोप्नका लागि ठिक्क पारिएको खेतमा विद्यार्थी जब मेलो...

रमना पाठशालामा भूमे नाँच

सुवास शर्मा दाङ, ५ असार । रमना पाठशाला घोराहीले भूमे पर्वको अवसरमा भूमे नाँच कार्यक्रमको गरेको छ । भूमे पर्व मगर समुदायको ठूलो पर्वसँगै नेपालीहरुकै साँस्कृतिक सम्पत्ति हो भन्ने कुरालाई मध्येनजर गर्दै विद्यार्थीहरुलाई मगर पोशाकमा भुमे नचाइएको हो । संस्कृतिबारे जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको पाठशालाका प्रधानाध्यापक विष्णु हमालले बताउनुभयो । ‘प्राज्ञिक क्षेत्रको उद्देश्य समाजमा शिक्षित र सभ्य नागरिक...

ताजा समाचार