पहिचानका लागि खेलकुद : नगर प्रमुख खड्का

तुलसीपुर, ४ फागुन । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले  पहिचानका लागि खेलकुद आवश्यक रहेकाे बताउनुभएकाे छ । प्याब्सन तुलसीपुर  उपमहानगरपालिकास्तरीय समितिले आयाेजना गरेकाे आधारभूत विद्यालयस्तरीय प्रतियाेगिताकाे बेलझुण्डी रङ्गशालामा आयाेजना गरिएकाे कार्यक्रमकाे उद्घाटन गर्दै नगर प्रमुख खड्काले स्वास्थ्यका लागि,राष्ट्रका लागि साथै पहिचानका लागि खेलकुद रहेकाे बताउनुभयाे । उहाँले खेलले मानिसलाई अनुशासित तुल्याउने बताउनुभयाे । प्याब्सन नगर समितिका अध्यक्ष गिरिराज डाँगीकाे...

आई.यू.आई. विधिद्वारा दाङमै पहिलोपटक निसन्तानपनको समाधान बुद्ध इन्टरनेशनल हस्पिटल घोराहीमा

घोराही, २९ माघ । दाङमै पहिलो पटक निसन्तानपन समस्या समाधान गर्न आइयुआई विधिद्वारा उपचार सुरु भएको छ । घोराही १५ बाट उच्चस्तरीय प्रविधिसहित विशेषज्ञ सेवा दिँदै आएको बुद्ध ईन्टरनेशलन हस्पिटलले दाङमै पहिलो पटक निसन्तानपन समस्या समाधान गर्न आइयुआई विधिद्वारा उपचार सुरु गरेको छ । बुद्ध ईन्टरनेशलन हस्पिटलले सेवाको सुरुवात गरेपछि आइयुआई विधिद्वारा गर्भाधारण गर्न बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको छ...

दाङको सफलतापछि रुपन्देही पुग्यो रानी केक

दाङ, २८ माघ । दाङको तुलसीपुरबाट सेवा आरम्भ गरेको रानीकेकले एकपछि अर्को सफलतासँगै सेवा विस्तारलाई तीव्रता दिएको छ । २०७७ साल फागुन २६ गतेदेखि तुलसीपुर क्षेत्रका उपभोक्ताहरुलाई सेवा दिइरहेको रानीकेकले एक वर्षअघि घोराहीबाट पनि सेवा आरम्भ गरेको थियो । घोराहीका उपभोक्ताको मन जितेको रानीकेक तेस्रो वर्षमा रुपन्देही पुगेको छ । रानीकेकले अवदेखि आफ्नो तेस्रो शाखाकोरुपमा रुपन्देहीको तिलोत्तमा मणिग्रामबाट आफ्नो...

एमालेले गर्यो बङ्गलाचुलीमा प्रशिक्षक प्रशिक्षण

दाङ, २८ माघ । नेकपा एमाले दाङले पहाडी क्षेत्र बङगलाचुलीमा प्रशिक्षक प्रशिक्षण चलाएको छ । पार्टी संगठनलाई मजबुत बनाउन र नयाँ पुस्तालाई पार्टीमा गोलवन्द गर्न एमालेले प्रशिक्षण थालेको हो । दाङ जिल्लाका १० वटै स्थानीय तहहरुमा सञ्चालन गरिने प्रशिक्षण कार्यक्रमको सुरुवात बङलाचुलीबाट गरिएको स्कुल विभागले जनाएको छ । नेकपा एमाले दाङ स्कुल विभागको आयोजना तथा एमाले बङगलाचुली गाउँ कमिटीको व्यवस्थापनमा...

औषधी व्यवसायी संघ दाङको अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः पौडेल

घोराही, २७ माघ । नेपाल औषधी व्यवसायी संघ दाङको दोस्रो अधिवेशन शनिवार घोराहीमा सम्पन्न भएको छ । संघ दाङका अध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षता तथा नेपाल औषधि व्यवसायी संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामप्रसाद खरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । उक्त अवसरमा बोल्ने वक्ताहरुले औषधी व्यवसायीलाई राज्यले हेर्ने दृष्टिकोण सकारात्मक बन्नुपर्ने र व्यवसायी पनि थप जिम्मेवार बन्न आवश्यक रहेको...

स्थापना दिवसका अवसरमा प्रेस चौतारी दाङद्वारा रक्तदान

दाङ २१ माघ । प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसका अवसरमा दाङ शाखाले रक्तदान कार्यक्रम गरेको छ । रक्त सञ्चार सेवा केन्द्र लमहीमा आइतबार भएको रक्तदान कार्यक्रममा १४ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा रतनकुमार केसी, प्रविन पाैडेल, धनिराम गुरूङ, बासुदेव चाैधरी, नमनिधी पाैडेल, गंगाराम भट्टराई, निसाकुमारी चाैधरी, विशाल आचार्य, सन्तोष खड्का, त्यसै गरि सशस्त्र प्रहरीहरू दिलिप विसी, किशोरसिंह...

सञ्चार क्षेत्रको विकासका लागि राज्यले उचित नीति बनाउनुपर्छः उपाध्यक्ष प्रियासन

दाङ, माघ २० । प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष सविन प्रियासनले सञ्चार क्षेत्रको विकासका लागि राज्यले उचित नीति बनाउनुपर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल दाङको बिस्तारित भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष प्रियासनले भन्नुभयो, ‘सञ्चार क्षेत्रको विकासका लागि राज्य उदासिन बन्दै आएको छ । तीनै तहका सहकारले सञ्चार क्षेत्रको विकासका लागि नीति बनाउनुपर्दछ ।’ मुलुकको परिवर्तनका लागि भूमिका खेलेका सञ्चारमाध्यमहरु दिन...

प्रिगाउँमा महायज्ञमा पच्चीस लाख सङ्कलन गर्ने लक्ष्य

तुलसीपुर, १९ माघ । दाङको तुलसीपुर ११ प्रिगाउँमा रहेको महेश्वर शिव मन्दिरमा धानधान्यञ्चल सप्ताह ज्ञान महायज्ञ सञ्चालन भइरहेको छ । शिव मन्दिर व्यवस्थापन समितिको आयोजनामा माघ १८ गतेदेखि महायज्ञ सञ्चालन भइरहेको हो । महायज्ञ माघ २५ गतेसम्म सञ्चालन हुने महायज्ञ मुल आयोजक समितिका संयोजक होमप्रसाद गौतमले जानकारी दिनुभएको छ । शिव पञ्चायन मन्दिर निर्माण तथा महेश्वर शिव मन्दिर निर्माणका लागि...

ज्योतिपुञ्जले मनायो २३औँ वार्षिकोत्सव

दाङ, माघ १४ । दाङको घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयले आफ्नो २३ औं वार्षिकोत्सव समारोह मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज थपलीयाको सभापतित्व एवं घोराही उपमहानगरपालिका वडा नं. १५ का अध्यक्ष रमेशकुमार पाण्डेयको प्रमुख आतिथ्यता र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सन दाङका सचिव आदिम केसीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । वार्षिकोत्सवको अवसर पारेर विद्यालयले मोस्ट...

चौतारी दाङले ३ दिन कार्यक्रम गरी स्थापना दिवस मनाउने

दाङ, १४ माघ । प्रेस चौतारी नेपाल दाङले प्रेस चौतारी नेपालको २६औं स्थापना दिवसका अवसरमा ३ दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । कार्यबाहक अध्यक्ष प्रेम बहादुर राम्जाको अध्यक्षता तथा प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष एवं प्रेस काउन्सिलका बोर्ड सदस्य शरद अधिकारीको प्रमुख आतिथ्यतामा भएको बैठकले विस्तारित भेला, रक्तदान र स्थापना दिवस एवं पुरस्कार वितरण कार्यक्रम आयोजना...

ताजा समाचार