आधुनिक वधशाला निर्माणका लागि तुलसीपुरमा छलफल
तुलसीपुर, १६ फागुन । तुलसीपुर उपमहानगरपालिकाले आधुनिक वधशाला निर्माणका लागि प्रारम्भिक चरणको छलफल सुरु गरेको छ । तुलसीपुर उपमहानगरपालिकाले पश्चिम क्षेत्रका चारवटै पालिकाको सहकार्यमा वधशाला निर्माणका लागि पालिकास्तरीय छलफल गरेको छ ।
नगर प्रमुख टीकाराम खड्काका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ मा पालिकाले निर्माण गर्न थालेको औद्योगिकग्राम निर्माण स्थलभित्रै वधशाला बनाउने योजना रहेको छ । प्रमुख खड्काले स्वस्थ मासु...
दुर्घटना कम गर्न त्रिभुवननगर जेसीजले गर्यो ट्राफिक सचेतना
दाङ, ९ फागुन । त्रिभुवननगर जेसीजले बढ्दो सवारी दुर्घटना कम गर्नका लागि घोराहीमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । घोराहीको तुलसीपुर चोकमा कार्यक्रम गरी जेसीजले ट्राफिक नियम तथा सवारी साधन चलाउँदा उपनाउनु पर्ने सावधानी बारे जानकारी दिएको हो । उक्त अवसरमा अटो एवं गाडीहरुमा रेडियम स्टिकर समेत टाँस गरिएको थियो ।
त्रिभुवननगर जेसीजको आयोजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय...
सरुवा र शाखा परिवर्तनप्रति दंगीशरणका कर्मचारीको असहमति
दाङ, ८ फागुन । दंगीशरण गाउँपालिकामा कर्मचारी सरुवा र शाखा परिवर्तनप्रति दुई कर्मचारी संगठनले असहमति जनाएका छन् । नेपाल निजामती कर्मचारी संगठन दंगीशरण गाउँ कमिटी र नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) दंगीशरण गाउँ कमिटीले असहमति जनाएका हुन् ।
फरक ट्रेड युनियनमा आस्था राख्ने कर्मचारीहरुलाई सरुवा तथा शाखा परिवर्तन गरेको भन्दै दुई संगठनले १२ वटा बुँदा अघि सार्दै गाउँपालिकालाई तत्काल निर्णय...
पहिचानका लागि खेलकुद : नगर प्रमुख खड्का
तुलसीपुर, ४ फागुन । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले पहिचानका लागि खेलकुद आवश्यक रहेकाे बताउनुभएकाे छ । प्याब्सन तुलसीपुर उपमहानगरपालिकास्तरीय समितिले आयाेजना गरेकाे आधारभूत विद्यालयस्तरीय प्रतियाेगिताकाे बेलझुण्डी रङ्गशालामा आयाेजना गरिएकाे कार्यक्रमकाे उद्घाटन गर्दै नगर प्रमुख खड्काले स्वास्थ्यका लागि,राष्ट्रका लागि साथै पहिचानका लागि खेलकुद रहेकाे बताउनुभयाे । उहाँले खेलले मानिसलाई अनुशासित तुल्याउने बताउनुभयाे ।
प्याब्सन नगर समितिका अध्यक्ष गिरिराज डाँगीकाे...
आई.यू.आई. विधिद्वारा दाङमै पहिलोपटक निसन्तानपनको समाधान बुद्ध इन्टरनेशनल हस्पिटल घोराहीमा
घोराही, २९ माघ । दाङमै पहिलो पटक निसन्तानपन समस्या समाधान गर्न आइयुआई विधिद्वारा उपचार सुरु भएको छ । घोराही १५ बाट उच्चस्तरीय प्रविधिसहित विशेषज्ञ सेवा दिँदै आएको बुद्ध ईन्टरनेशलन हस्पिटलले दाङमै पहिलो पटक निसन्तानपन समस्या समाधान गर्न आइयुआई विधिद्वारा उपचार सुरु गरेको छ ।
बुद्ध ईन्टरनेशलन हस्पिटलले सेवाको सुरुवात गरेपछि आइयुआई विधिद्वारा गर्भाधारण गर्न बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको छ...
दाङको सफलतापछि रुपन्देही पुग्यो रानी केक
दाङ, २८ माघ । दाङको तुलसीपुरबाट सेवा आरम्भ गरेको रानीकेकले एकपछि अर्को सफलतासँगै सेवा विस्तारलाई तीव्रता दिएको छ । २०७७ साल फागुन २६ गतेदेखि तुलसीपुर क्षेत्रका उपभोक्ताहरुलाई सेवा दिइरहेको रानीकेकले एक वर्षअघि घोराहीबाट पनि सेवा आरम्भ गरेको थियो । घोराहीका उपभोक्ताको मन जितेको रानीकेक तेस्रो वर्षमा रुपन्देही पुगेको छ ।
रानीकेकले अवदेखि आफ्नो तेस्रो शाखाकोरुपमा रुपन्देहीको तिलोत्तमा मणिग्रामबाट आफ्नो...
एमालेले गर्यो बङ्गलाचुलीमा प्रशिक्षक प्रशिक्षण
दाङ, २८ माघ । नेकपा एमाले दाङले पहाडी क्षेत्र बङगलाचुलीमा प्रशिक्षक प्रशिक्षण चलाएको छ । पार्टी संगठनलाई मजबुत बनाउन र नयाँ पुस्तालाई पार्टीमा गोलवन्द गर्न एमालेले प्रशिक्षण थालेको हो ।
दाङ जिल्लाका १० वटै स्थानीय तहहरुमा सञ्चालन गरिने प्रशिक्षण कार्यक्रमको सुरुवात बङलाचुलीबाट गरिएको स्कुल विभागले जनाएको छ । नेकपा एमाले दाङ स्कुल विभागको आयोजना तथा एमाले बङगलाचुली गाउँ कमिटीको व्यवस्थापनमा...
औषधी व्यवसायी संघ दाङको अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः पौडेल
घोराही, २७ माघ । नेपाल औषधी व्यवसायी संघ दाङको दोस्रो अधिवेशन शनिवार घोराहीमा सम्पन्न भएको छ । संघ दाङका अध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षता तथा नेपाल औषधि व्यवसायी संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामप्रसाद खरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । उक्त अवसरमा बोल्ने वक्ताहरुले औषधी व्यवसायीलाई राज्यले हेर्ने दृष्टिकोण सकारात्मक बन्नुपर्ने र व्यवसायी पनि थप जिम्मेवार बन्न आवश्यक रहेको...
स्थापना दिवसका अवसरमा प्रेस चौतारी दाङद्वारा रक्तदान
दाङ २१ माघ । प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसका अवसरमा दाङ शाखाले रक्तदान कार्यक्रम गरेको छ । रक्त सञ्चार सेवा केन्द्र लमहीमा आइतबार भएको रक्तदान कार्यक्रममा १४ जनाले रक्तदान गरेका छन् ।
रक्तदान गर्नेहरुमा रतनकुमार केसी, प्रविन पाैडेल, धनिराम गुरूङ, बासुदेव चाैधरी, नमनिधी पाैडेल, गंगाराम भट्टराई, निसाकुमारी चाैधरी, विशाल आचार्य, सन्तोष खड्का, त्यसै गरि सशस्त्र प्रहरीहरू दिलिप विसी, किशोरसिंह...
सञ्चार क्षेत्रको विकासका लागि राज्यले उचित नीति बनाउनुपर्छः उपाध्यक्ष प्रियासन
दाङ, माघ २० । प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष सविन प्रियासनले सञ्चार क्षेत्रको विकासका लागि राज्यले उचित नीति बनाउनुपर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल दाङको बिस्तारित भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष प्रियासनले भन्नुभयो, ‘सञ्चार क्षेत्रको विकासका लागि राज्य उदासिन बन्दै आएको छ । तीनै तहका सहकारले सञ्चार क्षेत्रको विकासका लागि नीति बनाउनुपर्दछ ।’
मुलुकको परिवर्तनका लागि भूमिका खेलेका सञ्चारमाध्यमहरु दिन...














