https://xvamoney.xyz/776345230639204/

स्थापना दिवसमा रक्तदान

घोराही, २८ वैशाख । दाङ सूचना तथा सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित रेडियो मध्यपश्चिमको १२औँ स्थापना दिवसका अवसरमा १९ जनाले रक्तदान गरेका छन् । रेडियोको प्राङ्गणमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका १९ जनाले रक्तदान गरेको रक्तदान कार्यक्रम संयोजक बाबुराम पाण्डेले जानकारी दिनुभयो । रक्तदान गर्नेहरुमा रेडियो सञ्चालक समितिका सचिव सुदर्शन रिजाल, सदस्य शरद अधिकारी, एकनारायण पौडेल, स्थानीय शान्ति समितिका कार्यालय सचिव हेमराज...

घोराही ७ को वडा कार्यालय भवनको शिलान्यास

घोराही, २८ वैशाख । घोराही उपमहानगरपालिका वडा नम्बर ७ को कार्यालय भवनको आज शिल्यान्यास गरिएको छ । वडा अध्यक्ष खोपीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले भवनको शिल्यान्यास गर्नुभएको हो । भवनको शिल्यान्यास गर्दै मेयर चौधरीले वडा कार्यालयको भवन निर्माणपछि जनतालाई सेवा दिन थप सहज हुने बताउनुभयो । उपमहानगरपालिकाको भ्याट बाहेक ५७ लाख रुपैयाँको लागतमा भवन निर्माण...

घोराहीका जलाशयलाई उत्पादनसँग जोड्न मुख्यमन्त्रीको आग्रह

घोराही, २८ वैशाख । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले घोराही उपमहानगरपालिकाले स्थापना गरेका जलाशयहरुको अवलोकन गर्नुभएको छ । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सीमसार क्षेत्र विस्तार गर्ने, पानीको मुहान बढाउने, स्रोतको संरक्षण गर्दै जलाशयबाट किसानहरुले लाभ लिने उद्देश्यले निर्माण गरिएका जलाशयहरुको मुख्यमन्त्रीलाई अवलोकन गराउनुभएको हो ।घोराही उपमहानगरपालिका वडा नम्बर १६ बाहुनडाँडाको गंगटे, वडा नम्बर १७ को ढिकपुर...

हतकडीसहित एक अभियुक्त भागे

दाङ, २७ बैशाख– काठमाण्डौबाट दाङको तुलसीपुर ल्याउँदै गरेका एक अभियुक्त आज दिउँसो हतकडीसहित भागेका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिकाको मौरीघाटमा खाना खाने क्रममा उनी भागेको प्रहरीले जनाएको छ । जर्वजस्ती करणी र डाँकाचोरी मुद्धामा अभियोग लागेका घोराही उपमहानगरपालिका–१५ कटरबोट निवासी २१ बर्षीय पारस केसी काठमाण्डौस्थित सिंहदरबार बृत प्रहरीले पक्राउ गरी तुलसीपुर ल्याउने क्रममा भागेका हुन् । सार्वजनिक...

एचआइभीको जोखिम घटाउँदै परिवर्तन समूह

घोराही, २६ वैशाख । परिवर्तन समूहले दाङमा सुईबाट लागु औषध प्रयोग गर्नेहरु एचआइभी एड्सको जोखिम रोक्नेगरी कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ । समूहको आयोजना र सेभ द चिल्ड्रेनको सहयोगमा आज घोराहीमा परिचयात्मक बैठकको आयोजना गरी लागुऔषध सेवन गर्नेहरुले प्रयोग गर्ने सुईबाट एचआइभीको संक्रमण हुनसक्ने भन्दै सचेतनाको कार्यक्रम गर्न लागेको जनाएको हो । परिवर्तन समूहका कार्यक्रम संयोजक इन्द्राकुमारी जिसीले दाङमा...

सैघाको विद्यालयमा सेनाले बनाइदियो पक्की शौचालय

घोराही, २६ वैशाख । घोराही उपमहानगरको विकट पहाडी क्षेत्र वडा नम्बर १९ सैघामा रहेको एक विद्यालयमा नेपाली सेनाले दुईकोठे पक्की शौचालय बनाइदिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १९ मा रहेको भगवती मावि होड्बाङमा रिपमर्दन गण घोराहीले दुईकोठे शौचालय निर्माण गरी हस्तान्तरण गरेको छ ।विद्यालय व्यवस्स्थापन समितिका अध्यक्ष शशिराम गिरीको अध्यक्षता तथा वडाध्यक्ष हर्कबहादुर घर्तीको प्रमुख आतिथ्यतामा शौचालय हस्तान्तरण...

शिक्षा शाखा र प्याब्सनको ताला खुल्यो, यस्ता छन् आठ बुँदे सहमति

घोराही, २५ वैशाख । विद्यार्थी संगठनहरुले विभिन्न मागहरु राख्दै घोराही उपमहानगरको शिक्षा शाखा र प्याब्सनको कार्यालयलयमा लगाएको ताला खोलेका छन् । घोराही उपमहानगरपालिका सामाजिक विकास समिति, शिक्षा शाखा, प्याब्सन र विद्यार्थी संगठनहरुबीच मंगलबार ८ बुँदे सहमति पछि ताला खुलेको हो । छलफलबाट अनुमति विना सञ्चालन भएका कक्षाहरु बन्द गराउने निर्णय भएको छ । त्यसैगरी, संस्थागत विद्यालयहरुले शिक्षा ऐन, नियमावलीअनुसार तत्काल...

घोराही उपमहानगरद्वारा छाडा पशुहरु नियन्त्रण, पाल्न चाहनेलाई दिइने

घोराही, २५ वैशाख । घोराही उपमहानगरपालिकाको बजार क्षेत्रमा छाडा पशुचौपायाको संख्या बढ्न थालेपछि नियन्त्रणमा लिएको छ । उपमहानगरको बजार क्षेत्र घोराही, नारायणपुर र गोग्ली लगायतका स्थानमा छाडा पशु चौपाया बढ्दै गएपछि नियन्त्रणमा लिएको हो । घोराही र नारायणपुरमा गरी अहिले करिब ६० वटा पशुचौपायाहरु नियन्त्रणमा लिइएका छन् । उपमहागरको कार्यालय परिसरमा रहेको कान्जी हाउसमा छाडा गाईगोरुलाई नियन्त्रणमा राखिएको छ । गाउँबाट...

बालविवाह न्युनिकरण गर्न सडक नाटक

तुलसीपुर, २५ वैशाख । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ ले वडाका विभिन्न स्थानमा बालविवाह न्युनिकरणसम्बन्धी सडक नाटक प्रदर्शन गरेको छ । वडालाई बालविवाह मुक्त बनाउने अभियानको थालनीस्वरुप सडक नाटक प्रदर्शन गरिएको वडाअध्यक्ष चित्रबहादुर वलीले बताउनुभयो । बाल विवाह न्यूनिकरण र लागु पदार्थ दुव्र्यसनको अन्त्यका लागि सचेतनामुलक नाटक वडाका उरहरी चौक, वडा कार्यालय र बेलगनार गरी ३ स्थानमा प्रदर्शन गरिएको नाटकका...

राजस्व अभिवृद्धिको योजना बनाउँदै घोराही उपमहानगर

घोराही, २४ वैशाख । राजस्व अभिवृद्धि योजना बनाउनका लागि घोराही उपमहानगरपालिकाको आयोजनामा चारदिने कार्यक्रम सुरु भएको छ । उपमहानगरपालिकाको आयोजना र कमिटेड कमलादी काठमाडौँको सहयोगमा राजस्व अभिवृद्धि योजना निर्माणसम्बन्धी चारदिने कार्यक्रम सुरु भएको हो । उपमहानगरपालिकाका कार्यवहाक नगरप्रमुख सीता न्यौपानेको अध्यक्षतामा कार्यक्रमको सुरुवात भएको हो । उपमहागनगरले संकलन गर्ने राजस्वलाई पारदर्शी बनाउने उद्देश्यले जनप्रतिनिधिसहित व्यवसायीहरुको समेत सहभागितामा कार्यक्रम सुरु भएको...

ताजा समाचार