https://xvamoney.xyz/776345230639204/

विद्यार्थीहरुका लागि ट्राफिक सचेतना

मानपुर, २ जेठ । बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले तुलसीपुर उपमहानगरपालिका १६ नं. वडा कार्यालयको आयोजनामा विद्यार्थीहरुका लागि ट्राफिक सचेतनासम्बन्धी एकदिने अभिमुखिकरण कार्यक्रम आधारभूत विद्यालय लक्ष्मीपुरमा  मंगलबार सम्पन्न भयो । तुलसीपुर उपमहानगरपालिका १६ नं. वडाका अध्यक्ष भूपबहादुर के.सी.को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा हेमन्तपुर अस्थायी ट्राफिक प्रहरी कार्यालयका प्रमुख नमबहादुर थापा र ट्राफिक प्रहरी जवान शरद के.सी.ले ट्राफिकको परिचय, ट्राफिकको...

रेडियो मध्यपश्चिमको १२औँ स्थापना दिवस, अब मिडिया शिक्षा आवश्यकः शर्मा

घोराही, १ जेठ । दाङ सूचना तथा सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित रेडियो मध्यपश्चिमको १२ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । स्थापना दिवसका अवसरमा रेडियोले रक्तदान, वृद्धवृद्धालाई खाद्यान्न वितरण गर्दै मंगलवार शुभकामना आदानप्रदान कार्यक्रम समेत गर्‍यो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं रेडियोका संस्थापक अध्यक्ष तथा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष नारायणप्रसाद शर्माले मिडिया शिक्षाको आवस्यकता औँल्याउनुभयो ।...

युवासंघको स्थापना दिवसमा आयोजित मैत्रीपूर्ण फुटवलमा पत्रकार समूह विजयी

घोराही, १ जेठ । युवा संघ नेपालको २८ औं स्थापना दिवसका अवसरमा घोराहीमा आयोजित मैत्रीपूर्ण फुटबलमा पत्रकारको समूह विजयी भएको छ । आयोजक युवा संघ र पत्रकार समूहबीच भएको फाइनल खेलमा युवा संघलाई ७—० गोल अन्तरले विजयी भएको हो । मैत्रीपुर्ण फुटबल प्रतियोगितामा पत्रकार, युवा संघ, कानून ब्यबसायी र पेशागत महासंघको टोलीबीच प्रतिष्पर्धा भएको थियो । युवा संघले पेशागत महासंघको...

अनेरास्ववियुद्वारा रक्तदान

घोराही, १ जेठ । अनेरास्ववियु दाङले मंगलबार घोराहीमा रक्तदान कार्यक्रम गरेको छ । अनेरास्ववियुको ५३औं स्थापना दिवसका अवसरमा अनेरास्ववियुले राप्ती शिक्षा क्याम्पसमा रक्तदान गरेको हो । उक्त अवसरमा १५ जनाले रक्तदान गरेको अनेरास्ववियुले जनाएको छ । रक्तदान गर्नेहरुमा विद्यार्थीहरु बिन्दु पुन, सम्झना पुनमगर, पूजा रानामगर, उदिराम खत्री, सुनिता बुढामगर, शिवा भट्टराई, निरञ्जन पाठक, रीता खनाल, विराज डिसी, भावकुमार पुन, विणा...

घोराहीका कृत्रिम जलाशय खेती र पर्यटनको केन्द्र बन्दै

घोराही, ३१ वैशाख । पानीको स्रोत बढाउन र आयआर्जनमा टेवा पुर्‍याउन घोराही उपमहानगरपालिकाले विभिन्न स्थानमा दर्जन बढी कृत्रिम जलाशयको निर्माण गरेको छ । उपमहानगरले घोराही क्षेत्रमा क्रमशः पानीको मुहान सुक्न थालेपछि पानी जोगाउन कृत्रिम जलाशय निर्माणमा जोड दिएको हो । घोराहीमा सहरी क्षेत्र विस्तार हुँदै गएपछि पानीको अभाव पनि बढ्न थालेको हुँदा नगरपालिकाले घोराहीका अधिका‌ंश स्थानमा कृत्रिम जलाशयको अवधारणा अगाडि...

घोराही २ मा जन्मदर्ता शिविर

घोराही, ३० वैशाख । घोराही उपमहानगरपालिका वडा नम्बर २ ले जन्मदर्ता शिविर सम्पन्न गरेको छ । वडाको पहाडी विकट क्षेत्र चाक्लीघाटमा ३ दिने जन्मदर्ता विशिर आयोजना गरेको हो । २७ गतेबाट सुरु भएको शिविरमा झण्डै दुईसय जनाले सेवा लिएको वडाअध्यक्ष केशव आचार्यले बताउनुभयो । जन्मदर्ता शिविर नाम दिइए पनि शिविरमा जन्मदर्ता, जेष्ठ नागरिक परिचय पत्र, मृत्यु दर्ता, नागरिकताको सिफारिस, विवाह...

घोराहीमा दश महिनामा १८ किलोमिटर कालोपत्रे

घोराही, ३० वैशाख । नीति तथा कार्यक्रममा सडक सञ्जाललाई बलियो बनाउने योजना ल्याएको घोराही उपमहानगरपालिकाले दश महिनामा १८ किलोमिटर सडकमा कालोपत्रे गरेको छ । उपमहानगरले बजार क्षेत्रमा कालोपत्रे र ग्रामीण क्षेत्रमा सडक खन्ने कामलाई तिब्रता दिएको छ । चालु आर्थिक वर्षमा उपमहानगर र सघन सहरी विकासको तर्फबाट सडक कालोपत्रे गर्ने काम तीब्र गतिमा भैरहेको छ । बजार क्षेत्रसँगै जोडिएका भित्री...

कृषकका लागि उन्नत जातको बोका वितरण

घोराही, २९ वैशाख । घोराही उपमहानगरपालिका वडा नम्बर २ ले कृषकहरुलाई उन्नत जातको बोका वितरण गरेको छ । बाख्रापालनलाई व्यावसायिक रुपमा विकास गर्नका लागि वडाले बोयर जातको बोका वितरण गरेको वडा अध्यक्ष केशव आचार्यले बताउनुभयो । चितवनबाट खरिद गरेर ल्याइएका दुईवटा बोका रामपुरस्थित प्रगति कृषक समूह र चाक्लीघाटको बाख्रापालन समूहलाई हस्तान्तरण गरिएको अध्यक्ष आचार्यले बताउनुभयो । रामपुरमा हाल चारवटा बाख्रापालन...

पार्टी एकीकरण जेठको पहिलो साता

दाङ, २८ वैशाख । पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले जेठ दोस्रो साता पार्टी एकीकरणको टुुङ्गो लाग्ने बताउनुभएको छ । शुुक्रबार प्रेस चौतारी नेपाल दाङ र प्रेस सेन्टर दाङ शाखाले घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोख्रेलले यस्तो बताउनुभएको हो । पार्टी एकीकरणका केही प्राविधिक विषय टुंग्याउने काम अन्तिम चरणमा पुगेको मुख्यमन्त्री पोख्रेलले बताउनुभयो । 'बढीमा १५...

शैक्षिक सुधारमा उपमहानगरको चासो, विद्यालयहरुमा देखियो चरम लापर्वाही

घोराही, २८ वैशाख । शैक्षिक क्षेत्रलाई सुधार गर्न घोराही उपमहानगरपालिका कडारुपमा प्रस्तुत हुन थालेको छ । शैक्षिक गुणस्तर वृद्धिका नाममा र लापर्वाहीहरु हुने क्रम बढेको गुनासोपछि घोराही उपमहानगरपालिकाले विद्यालयको अनुगमनमा कडाइ गरेको हो । उपमहानगरपालिकाको सामाजिक विकास समितिका संयोजक भरत अर्यालको संयोजकत्वमा रहेको विद्यालय अनुगमन समितिले आज नगर क्षेत्रका ६ वटा विद्यालयमा अनुगमन गरेको छ । दुईवटा सामुदायिक र चार...

ताजा समाचार