प्रेस चौतारी दाङको अधिवेशन सम्पन्न, अध्यक्षमा ढकाल निर्वाचित
महेश बस्नेत
घोराही, १९ माघ । प्रेस चौतारी नेपाल दाङ शाखाको १० औं जिल्ला अधिवेशनबाट सुधासुमन ढकाल अध्यक्षमा निर्वाचित हुनुभएको छ । अधिवेशनको बन्द सत्रले ढकाललाई अध्यक्षमा निर्वाचित गरेको हो ।
शनिबार घोराहीमा सम्पन्न अधिवेशनले ढकालको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा बिमल योगी, समावेशी उपाध्यक्षमा लक्ष्मी पोख्रेल, सचिवमा निमु संगम घर्ती, कोषाध्यक्षमा चन्द्र प्रकाश नेपाली, सहसचिवमा...
अध्ययन मञ्चको “पुस्तक किन पढ्ने ?” अभियान सुरु
घोराही १८ माघ ।
पठन संस्कृतिको निर्माण, हाम्रो अभियान भन्ने मुल नाराका साथ स्थापना भएको अध्ययन मञ्च दाङले शुक्रबार "पुस्तक किन पढ्ने ?" श्रृङखला सुरु गरेको छ । मञ्चले घोराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा शुक्रबार अभियानको पहिलो श्रृङखला सम्पन्न गरेको छ ।
अध्ययन मञ्च दाङका संयोजक सुर्य बिसीको अध्यक्षतामा सञ्चालित कार्यक्रमका प्रशिक्षक थम्मन बस्नेत रहनुभएको थियो । प्रशिक्षक बस्नेतले विद्यार्थीहरुलाई...
राजुको राहदानीमाथि परिचर्चा
घोराही, १३ माघ । नियात्राकार डा. राजु अधिकारीको नयाँ पुस्तक राहदानीमाथि शुक्रबार दाङमा परिचर्चा सम्पन्न गरिएको छ । अध्ययन मञ्च दाङ र सर्बोदय पुस्तकालय तथा वाचनालयको संयुक्त आयोजनामा आयोजित उक्त कार्यक्रम सम्पन्न भएको हो ।
‘पठन संस्कृति निर्माणमा अगुवाइ गर्ने उद्देश्यले अध्ययन मञ्च गठन भएको हो । मञ्चको सम्पूर्ण ध्यान दाङमा कला, साहित्य र पठन संस्कृति निर्माणमा रहने छ ।...
ज्ञानकुञ्जको १२ औं वार्षिकोत्सव सम्पन्न
घोराही, १२ माघ । ज्ञानकुञ्ज इङ्लिस स्कुल घोराही ९ बकुलाहीको १२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस शनिबार सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख वक्ता घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखाका प्रमुख नारायण प्रसाद पौडेलले वैदेशिक पलायनलाई रोक्न सक्ने शिक्षा अहिलेको अपरिहार्य आवश्यकता रहेको औल्याउनुभयो । प्रमुख अतिथि पौडेलले आधुनिक प्रविधिको दुरुपयोगले बालबालिकाहरुमा नकारात्मक प्रभाव बढेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले आधुनिक...
सनराइज एकेडेमीको १४ औं वार्षिकोत्सब सम्पन्न
घोराही, १२ माघ ।
घोराही उपमहानगरपालिका वडा नं. १२ हापुरस्थित सनराइज एकेडेमीको १४ औं वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ ।
वार्षिकोत्सवका अवसरमा बोल्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङका वरिष्ठ उपाध्यक्ष बिरेन्द्र चन्दले निजी विद्यालयले शैक्षिक गुणस्तर वृद्धिमा महत्वपुर्ण भूमिका निर्वाह गरेको जिकिर गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका चन्दले निजी विद्यालयहरुले विद्यार्थीहरुलाई जीवन उपयोगी तथा व्यवहारिक शिक्षा...
प्याब्सनद्वारा नेतृत्व विकास तालिम
घोराही, १२ माघ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङले संगठन सुदृढीकरण तथा नेतृत्व विकास तालिम सम्पन्न गरेकोछ । प्याब्सन दाङले जिल्ला कार्यसमिति, पालिका कार्यसमिति, महाधिवेशन प्रतिनिधि, फोकल पर्सन र विभागीय संयोजकहरुका लागि एकदिने नेतृत्व विकास तालिम शनिबार घोराहीमा सञ्चालन गरेको हो ।
तालिममा प्याब्सनका केन्द्रीय सचिव यादव गिरीले सङ्गठन सुदृढीकरण तथा तथा नेतृत्व विकासका विषयमा प्रशिक्षण दिनुभएको थियो...
किड्स ओलम्पियाडका लागि संयोजकहरुसँग छलफल
घोराही, ११ माघ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) घोराही नगर कमिटीले किड्स ओलम्पियाडका लागि पूर्व प्राथमिक तहका संयोजकहरुसँग छलफल गरेकोछ ।
माघ २६ गते बेलझुण्डी रंगशालामा सञ्चालन गरिने प्रथम प्याब्सन घोराही किड्स ओलम्पियाड २०८१ का लागि प्याब्सन घोराहीमा आबद्ध निजी तथा संस्थागत विद्यालयका पूर्व प्राथमिक तहका संयोजकहरुसँग ओलम्पियाड सञ्चालनका विभिन्न विषयमा अन्तर्क्रिया गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्याब्सन दाङका...
तुलसीपुर १३ नं. वडाले गरिदियो २ सय बढी नागरिकको लघु जीवन बीमा
दाङ, १० माघ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ ले जोखिम क्षेत्रमा कार्यरत व्यक्तिहरूका लागि म्यादी जीवन बिमा गरिदिएको छ । वडाले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड दाङ उपशाखासँगको सहकार्यमा पहिलो चरणमा २०० बढी नागरिकको म्यादी जीवन बिमा गर्न लागेको वडा अध्यक्ष मोहनलाल पौडेलले बताउनुभयो । वडामा रहेका गाडी चालक, अटो चालक, कृषि फर्म, कुखुरा फर्म, घर निर्माण, वायरिङ...
प्याब्सन घोराहीले किड्स ओलम्पियाड गर्ने
घोराही, ६ माघ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) घोराही नगर कमिटीले किड्स ओलम्पियाड सञ्चालन गर्ने भएको छ ।
प्याब्सन घोराही नगर कमिटीका अध्यक्ष बालकृष्ण ओलीको अध्यक्षता एवम् प्याब्सन लुम्बिनी प्रदेशका सल्लाहकार महेन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले यही माघ २६ गते किड्स ओलम्पियाड सञ्चालन गर्ने निर्णय गरेको हो । प्याब्सन घोराहीले कक्षा एलकेजी देखि कक्षा १ सम्मका विद्यार्थीहरुको...
प्रेस चौतारी दाङको अधिवेशन माघ १९ गते घोराहीमा हुने
दाङ, ५ माघ । प्रेस चौतारी दाङको दशौँ जिल्ला अधिवेशन यही माघ १९ गते हुने भएको छ । प्रेस चौतारी दाङको घोराहीमा शनिबार सम्पन्न कार्यसमिति बैठकले दाङको घोराहीमा अधिवेशन गर्ने निर्णय गरेको हो ।
बैठक प्रेस चौतारी दाङका अध्यक्ष प्रेमबहादुर राम्जाको अध्यक्षता तथा प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । बैठकमा नेकपा एमाले दाङका...














