झलनाथ र माधव एमालेको साधारण सदस्यबाटै निष्कासित
काठमाडौं, १० जेठ । नेकपा एमालेले बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ । स्थायी कमिटीको आज बसेको बैठकले खनाल र नेपाल सहित विघटित संसदका ११ जना सांसदलाई निष्कासन गरेको हो ।
बैठकले शनिवार स्पष्टिकरण मागिएका झलनाथ,माधव र भीम रावलसहित ११ जनालाई पार्टीको अनुशासन उल्लंघन गरेको र विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री...
कोरोना सङ्क्रमितको घरघरमै पुगेर औषधि वितरण
दाङ, १० जेठ । घोराही उपमहानगरपालिका वडा नं. ५ का अध्यक्षसहितको टोलीले कोरोना सङ्क्रमितको घरमै पुगेर निःशुल्क औषधि वितरण गरेको छ । वडा अध्यक्ष विष्णुमणि दाहाल, जनस्वास्थ्य निरीक्षक नारायणप्रसाद न्यौपाने तथा त्रिभुवननगर जेसीजका अध्यक्ष मुकेश्वर शर्मासहित वडा नं. ५ का सङ्क्रमितको घरमा पुगेको टोलीले निःशुल्क रुपमा औषधि, सेनिटाइजर तथा मास्क वितरण गरेको हो ।
विरामीहरुको स्वास्थ्य अवस्था तथा चेकजाँच गरिएका...
कार्तिक २६ र मंसिर ३ मा चुनाव गर्ने मन्त्रिपरिषद्को निर्णय
दाङ, ७ जेठ । संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सरकार गठन हुन नसकेपछि संवैधानिक रुपमै प्रतिनिधिसभा भंग भएको छ । राष्ट्रपतिबाट केपी शर्मा ओली र शेरवहादुर देउवा दुवैजनाको वहुमतको आधार नदेखिएको भन्दै प्रधानमन्त्रीमा नियुक्त गर्न नमिल्ने विज्ञप्ति जारी गरेपछि बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रतिनिधिसभा भंग गरी नयाँ निर्वाचनको मिति तोकेको छ ।
सरकारले प्रतिनिधिसभाको निर्वाचनका लागि कात्तिक २६...
देश मध्यावधि निर्वाचनको बाटोमा
दाङ, ७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्तिका लागि दावी गरेका दुवै दाबी खारेज गरेसँगै देश मध्यावधि निर्वाचनको बाटोमा जाने निश्चित देखिएको छ ।
शुक्रबार मध्यराति राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री नियुक्तिका लागि काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली दुबैको दावी नपुग्ने भन्दै खारेज गरिदिएको हो ।
राष्ट्रपति कार्यालयको विज्ञप्ति आए लगत्तै प्रधानमन्त्री निबास बालुवाटारमा...
प्रधानमन्त्रीका लागि देउवा र ओली दुवैको दाबी राष्ट्रपतिद्वारा खारेज
दाङ, ७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न मिल्ने नदेखिएको भन्दै दुवै दाबी खारेज भएको छ ।
राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकोले प्रधानमन्त्री पदमा नियुक्ति गर्न...
जेसीजको ३७औं स्थापना दिवसमा ३७ युवाले गरे रक्तदान
दाङ, २ जेठ । त्रिभुवननगर जेसीजको आयोजनामा आज भएको रक्तदान कार्यक्रममा ३७ जना युवाहरुले रक्तदान गरेका छन् । रक्त रञ्चार केन्द्रमा रगतको अत्यधिक अभाव देखिएपछि जेसीजले आफ्नो स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।
पछिल्लो समय रगतको अभाव देखिएपछि वैशाख ३१ गते त्रिभुवननगर जेसीजकै आयोजनामा १३ जनाले रक्तदान गरेका थिए । त्यसैगरी जेठ १ गते पनि विद्यार्थी...
लुम्बिनीका एमाले सांसद पाण्डेले दिए राजीनामा
दाङ, १९ वैशाख । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिनुभएको छ । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामु राजीनामा पेश गर्नुभएको हो ।
शंकर पोखरेल फेरि मुख्यमन्त्री नियुक्त
दाङ, १९ वैशाख । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शंकर पोखरेल नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख धर्मनाथ प्रसाद साहले आइतबार उहाँलाई पुनः मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नवनियुक्त मुख्यमन्त्री पोख्रेलले आफ्नो नेतृत्वमा सरकार गठन गर्न प्रदेश सभाका बहुमत सदस्यहरुको हस्ताक्षरसहित...
शंकर पोखरेलको नेतृत्वमा बहुमतको सरकार बनाउने एमाले संसदीय दलको निर्णय
दाङ, १९ वैशाख । नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठकले संसदीय दलका नेता शंकर पोखरेलको नेतृत्वमा बहुमतको सरकार बनाउने निर्णय गरेको छ।
आइतबार बिहान बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीबाट राजीनामा दिएका पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको हो ।
पोखरेलले आजै मुख्यमन्त्रीको सपथ लिन सक्ने सम्भावना रहेको छ । संसदीय दलको बैठकमा एमालेको माधवकुमार नेपाल समूहका विष्णु पन्थी र...
लुम्बिनीका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा
दाङ, १९ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज राजीनामा दिनुभएको छ । मुख्यमन्त्री पोखरेलले प्रदेशप्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
विपक्षीको निवेदनको आधारमा आज विशेष अधिवेशन बस्नुअघि मुख्यमन्त्री पोखरेलको राजीनामा आएको हो । यससँगै लुम्बिनीमा नयाँ सरकार गठनको बाटो खुलेको छ ।
दाङ क्षेत्र नम्बर २ (क)बाट प्रदेशसभा निर्वाचनमा विजयी पोखरेल २०७४ फागुनमा मुख्यमन्त्री बनेका...













