एकैदिन २,३५१ जनामा कोरोना संक्रमण
दाङ, ८ वैशाख । पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ८ हजार ८ सय ८४ नमुनाको पीसीआर परीक्षण गर्दा २ हजार २ सय २० र ८ सय ३ एन्टिजेन टेष्ट गर्दा १ सय ३१ जनामा संक्रमण पुष्टि भएको हो ।
जसमध्ये १ हजार ५१ जना काठमाडौं उपत्यकाका...
राप्तीमा ४ हजार बढी भूमिहीन तथा अव्यवस्थित बसोबासीहरुको लगत संकलन
तिर्थराज ज्ञवाली
मसुरीया(देउखुरी दाङ), ६ बैशाख । राप्ती गाउँपालिकामा ४ हजार बढी भूमिहीन तथा अव्यवस्थित बसोबासीहरुको लगत संकलन गरिएको छ । राप्ती गाउँपालिकाले भुमिहीन दलित, भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन कार्य सुरुवात भएसँगै नागरिकलाई आआफ्नो क्षेत्रगत रुपमा फारम भर्न सूचित गरेको थियो । सोही बमोजिम कुल ४ हजार ४ सय ६५ वटा फारम भरिएको छ ।
भूमिसम्बन्धी समस्या समाधान...
बुद्धमा लेजर (RIRS) प्रविधिबाट मृगौला पत्थरीको अप्रेसन
दाङ, ६ वैशाख । बुद्ध ईन्टरनेशनल अस्पताल घोराही दाङले लेजर प्रविधिवाट मृगौलामा रहेको पत्थरीको शल्यक्रिया सेवा सुरु गरेको छ । यसअघि पिसावनलीसम्म रहेको पत्थरीको लेजर प्रविधिवाट शल्यक्रिया गर्ने गरेको अस्पतालले पश्चिम नेपालमै पहिलो पटक मृगौलामा रहेको पत्थरीको चिरफार विना नै शल्यक्रिया गर्न थालेको हो ।
गत फागुन महिनाबाट अहिलेसम्म ११ जना विरामीले लेजर प्रविधिवाट मृगौलाको पत्थरीको शल्यक्रिया सेवा लिइसकेका छन्...
तुलसीपुर नगर प्रमुखको प्रेस सल्लाहकारमा बस्नेत नियुक्त
तुलसीपुर, ६ वैशाख । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेको प्रेस सल्लाहकारमा पत्रकार ओपेन्द्र बस्नेत नियुक्त हुनुभएको छ । सोमबार बसेको तुलसीपुर उपमहानगरपालिका कार्यपालिका बैठकले पत्रकार बस्नेतलाई प्रेस सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता सुर्य बहादुर डाँगी (श्याम)ले जानकारी दिनुभयो ।
राजनीति शास्त्रमा स्नातकोत्तर गर्नुभएका पत्रकार बस्नेत करिब दुई दशकदेखि छापा, विद्युतीय र अनलाइन पत्रकारिता क्षेत्रमा कृयाशील हुनुहुन्छ । नेपालकै पहिलो...
सहरी क्षेत्रका विद्यालय वैशाखसम्म बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय
दाङ, ६ वैशाख । सरकारले सहरी क्षेत्रका विद्यालय वैशाख महिनासम्म बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले यही वैशाख मसान्तसम्म विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै २५ जनाभन्दा बढीको भेलामा पनि रोक लगाउने निर्णय बैठकले गरेको छ ।
यसअघि शनिबार कोभिड–१९...
तुलसीपुरमा थपिए १६ जना कोरोना संक्रमित
दाङ, ६ वैशाख । पछिल्लो २४ घण्टामा तुलसीपुर उपमहानगरपालिका १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा तुलसीपुरका २२ जनाको स्वाब परीक्षण गरिएकोमा १६ जनामा सङ्क्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिनुभयो ।
यो रिपोर्ट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको मात्र भएकोले सङ्क्रमितको सङ्ख्या अझ बढ्नसक्ने देखिएको छ । सङ्क्रमित हुनेहरुमा...
बिमा कम्पनीले अभिकर्तालाई ऋण दिन नपाउने
दाङ, ५ वैशाख । जीवन बिमा कम्पनीहरुले अब अभिकर्ताहरुलाई ऋण दिन नपाउने भएका छन् । बिमा अभिकर्ताहरुलाई बिमा गराएको आधारमा ऋण लगानी गर्दै आएका कम्पनीहरुलाई तत्कालै रोक्न बिमा समितिले निर्देशन दिएको छ ।
मुलुकमा सञ्चालित १९ जीवन बिमा कम्पनीहरुलाई एकै पटक पत्राचार गरेर बिमा अभिकर्ताहरुलाई ऋण लगानी नगर्न निर्देशन दिइएको बिमा समितिले जनाएको छ ।
‘अभिकर्ताको ऋण तथा सापटी विवरणलाई विश्लेषण...
दाङको प्रवेशद्वार धानखोलामा त्रिभुवननगर जेसीजको स्वागत बोर्ड
दाङ, ४ वैशाख । दाङ जिल्लाको प्रवेशद्वार धानखोलामा त्रिभुवननगर जेसीजले स्वागत बोर्ड स्थापना गरेको छ । जेसीज सप्ताहको चौथो दिनको अवसरमा महेन्द्र राजमार्गको गढवा गाउँपालिका १ स्थित धानखोला सडकमा ‘लुम्बिनी प्रदेशको राजधानी दाङमा यहाँहरुलाई हार्दिक स्वागत छ !’ उल्लिखित बोर्ड राखिएको हो । दाङ, अर्घाखाँची र कपिलवस्तुको सिमाना रहेको उक्त क्षेत्रमा पर्यटन प्रवद्र्धनको उद्देश्यका साथ स्वागत बोर्ड राखिएको त्रिभुवननगर...
तुलसीपुरमा शुक्रबार थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि
दाङ, ३ वैशाख । तुलसीपुर उपमहानगरपालिकामा शुक्रबार थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र अन्य अस्पतालहरुमा गरिएको कोरोना परीक्षणमा उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिनुभयो ।
कोरोना भोजेटिभ हुनेहरुमा वडा नं. ६ का ३ जना महिला र २ जना पुरुष, वडा नं. ५ का...
तुलसीपुर उपमहानगरपालिकाको एक कर्मचारीमा कोरोना
दाङ, ३ वैशाख । तुलसीपुर उपमहानगरपालिका आर्थिक प्रशासन शाखामा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि भएको छ । कर्मचारीमा कोरोना पुष्टि भएपछि उपमहानगरपालिकाको आर्थिक प्रशासन शाखा ५ गतेसम्मका लागि बन्द गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
कोरोनाको जोखिमबाट सेवाग्राही, कर्मचारी तथा जनप्रतिनिधिलाई बचाउन शाखालाई निर्मलीकरण गर्नुपर्ने भएकोले बन्द गरिएको बताइएको छ । हिँजो गरिएको कोरोना परीक्षणमा उपमहानगरपालिकाको कर्मचारीसहित ६ जनामा कोरोना पुष्टि...












