जेष्ठ नागरिकलाई सहयोगी सामग्री
तिर्थराज ज्ञवाली
मसुरिया (देउखुरी दाङ), २३ कात्तिक । राप्ती गाउँपालिका दाङले ८० वर्ष माथिका जेष्ठ नागरिकलाई सहयोगी सामग्री उपलब्ध गराएको छ । आइतवार वडा नं १, २ र ३ मा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्वाकुमारी चौधरी, वडा अध्यक्ष जगतबहादुर थापा, तारा बहादुर डिसीलगायतको सहभागितामा जेष्ठ नागरिकलाई सहयोगी सामग्री उपलब्ध गराइएको हो ।
राप्ती गाउँपालिका तथा लुम्विनी प्रदेश मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको...
पूर्वसभामुख महरा पत्नीको कोरोना संक्रमणबाट निधन
दाङ, १९ कात्तिक । पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान ६ः२५ बजे उहाँको निधन भएको हो ।
रोल्पामा रहँदा स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई कात्तिक १३ गते दाङको गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएपछि उहाँलाई गत शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो । ५९ वर्षीया महरा १५ गतेदेखि भेन्टिलेटरमा...
बिपन्न परिवारलाई खाद्यान्न सहयोग
दाङ, १३ कार्तिक– घोराही उपमहानगरपालिका १६ सानी अम्बापुरस्थित एक बिपन्न परिवारलाई बिहीबार भगवानपुर ख टोल विकास संस्थाले खाद्यान्न सहयोग गरेको छ ।
प्यारालाइसिसको उपचार गर्न नसकी मृत्यु भएका बलबहादुर कामीका परिवारलाई संस्थाको तर्फबाट दाल, चामल, नुन, आटा, तेललगायतका खाद्यान्न सहयोग गरेको संस्थाका सचिव सर्जन खत्रीले बताउनुभयो ।
मृतकका परिवारलाई किरिया खर्च समेत अभाव भएकाले खाद्यान्न सहयोग गरेको खत्रीले जानकारी दिनुभयो ।
पछिल्लो २४ घण्टामा थप २ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टी
दाङ, १३ कात्तिक । पछिल्लो २४ घण्टामा २ हजार ३६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६९ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३८० पुरुष र ९८४ महिला गरी २ हजार ३६४ जनामा संक्रमण पुष्टी भएको हो ।
त्यसैगरी २४ घण्टामा ३ हजार ३८ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । यो...
मोटरसाइकलको ठक्करबाट एकको मृत्यु, दुईजना घाइते
दाङ, १३ कात्तिक । दाङमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा लमही २ दोलही बस्ने ७५ वर्षका भरथारी चौधरी रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।
भे १० प १५४९ नम्बरको मोटरसाइकलले पैदल यात्री चौधरीलाई लमही १ नर्ती नजिकै बुधवार अपरान्ह ठक्कर दिँदा गम्भीर घाइते भएका उहाँको कोहलपुर...
कोरोना संक्रमण देखिएपछि राप्ती गाउँपालिका कार्यालयसहित दुईवडा सिल
दाङ, १२ कात्तिक । राप्ती गाउँपालिकाका कर्मचारीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएपछि गाउँपालिका कार्यालयका साथै वडा नं. १ र ३ लाई सिल गरिएको छ ।
रोजगार सेवा केन्द्रमा कार्यरत एकजना कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि गाउँपालिका कार्यालयका साथै १ र ३ वडा सिल गरिएको गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले जानकारी दिनुभयो ।
सिल गरिएका गाउँपालिका तथा वडा कार्यालयहरु १६ गतेसम्म बन्द रहने छन् ।...
दाङमा ९ हजार ५ सय ६० सूचीकृत बेरोजगार
दाङ, १२ कात्तिक । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत दाङमा ९ हजार ५ सय ६० बेरोजगारहरु सूचीकृत भएका छन् । दाङका १० वटा स्थानीय तहहरुमा ४ हजार ८ सय ७७ पुरुष र ४ हजार ६ सय ८३ महिला बेरोजगार सूचीकृत भएका हुन् ।
सूचीकृत हुनेमा सबैभन्दा बढी तुलसीपुर उपमहानगरपालिकामा २ हजार २ सय ८१ जना बेरोजगारहरु सूचीकृत भएका छन् भने सबैभन्दा...
बागमती प्रदेश प्रमुख प्रसाईलाई कोरोना संक्रमण
दाङ, १२ कात्तिक । बागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोरोना संक्रमण पुष्टि भएको छ । उहाँले मङ्गलवार पिसिआर रिपोर्ट पोजेटिभ आएको जानकारी दिनुभयो ।
प्रमुख प्रसाई प्रदेश प्रमुखको कार्यालय हेटौँडाबाट दसैँमा झापाको मेचीनगरस्थित घर आउनुभएको थियो ।
विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।
प्युठान बस दुर्घटना : चालकको मृत्यु, तीनजना घाइते
दाङ, ४ कार्तिक । प्युठानको माण्डवी गाउँपालिका–२ गोलबाङमा यात्रु बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार ना ४ ख ५५६१ नम्बरको बस सडकबाट करिब एक सय मिटर तल खस्दा दाङ घर भएका बस चालक ४० वर्षीय तारा रानाको मृत्यु भएको छ ।
यसैगरी प्युठानको माण्डवी गाउँपालिका–१ तिराम बस्ने ६६ वर्षीय गोकर्ण...
लमहीका कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु
दाङ, ४ कार्तिक । दाङको लमहीमा एक कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु भएको छ । लमही नगरपालिका–५ का ४३ वर्षीय पुरुषको मंगलबार बिहान घरमै निधन भएको लमही नगरपालिका स्वास्थ्य शाखा अधिकृत लोकराज पौडेलले जानकारी दिनुभयो । मृतक जन्डिसको बिरामी भएको बुझिएको उहाँले बताउनुभयो ।
गएको असोज १ गते कोरोना परिक्षण गर्दा मृतक र उहाँको श्रीमतीमा कोरोना संक्रमण पुष्टि भएको थियो...













