नेकपा दल विवादमा ऋषि कट्टेलको पक्षमा सर्वोच्चको फैसला

दाङ, २३ फाल्गुन । सर्वोच्च अदालतले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम दर्ताका क्रममा निर्वाचन आयोगबाट भएको निर्णयलाई त्रुटिपूर्ण भन्दै बदर गरिदिएको छ । सर्वोच्च अदालतको यो निर्णयसँगै हाल दुई खेमामा विभाजित नेकपामाथिको दाबी विवाद थप जटिल बनेको छ । अब दुवै पक्ष मिलेर पार्टीको मूल नामको पछाडि अर्को शब्द झुन्ड्याउनुपर्नेछ । सर्वोच्च अदालतको यो फैसलासँगै निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)...

दार्मा ६ ज्यामिरेचौरको पधेरीखोला–मलिक्चा लिफ्ट खानेपानीको उद्घाटन

दाङ, २२ फाल्गुन । सल्यानको दार्मा गाउँपालिकामा निर्मित पधेरीखोला–मलिक्चा लिफ्ट खानेपानीको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले वडा नं. ६ को ज्यामिरेचौरमा रहेको उक्त खानेपानीको उद्घाटन गर्नुभएको हो । नेपाल रेडक्रस सोसाइटी एकीकृत सामुदायिक उत्थानशील परियोजना सल्यानद्वारा निर्मित आयोजनाको गाउँपालिका अध्यक्ष निमबहादुर केसीले रिबन काटेर उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष...

आधारभूत शेयर तालिममा दाङका युवाहरुको उल्लेख्य सहभागिता

दाङ, २२ फाल्गुन । त्रिभुवननगर जेसीजले दाङको घोराहीमा शनिबार आधारभूत शेयर तालिम सम्पन्न गरेको छ । युवाहरुलाई उद्यमशीलतासँग जोड्ने अभियान अन्तर्गत आयोजना गरिएको उक्त तालिममा दाङका ७० बढी व्यक्तिहरुको सहभागिता रहेको थियो । तालिमका प्रशिक्षक भट्टराईले शेयर बजारमा लगानी गर्ने विधि, कम्पनी छनौट गर्दा अपनाउनुपर्ने सावधानी एवं शेयर बजारसम्बन्धी आधारभूत ज्ञानबारे प्रशिक्षण दिनुभएको थियो । कार्यक्रम समापनमा बोल्दै भट्टराईले आईपीओ...

दार्मा गाउँपालिकामा नवनिर्मित प्रसूति भवनको उद्घाटन

दाङ, २२ फाल्गुन । दार्मा गाउँपालिका सल्यानमा नवनिर्मित प्रसूति सेवा तथा नागरिक आरोग्य केन्द्र भवनको उद्घाटन गरिएको छ । दार्मा गाउँपालिका वडा नं. ३ को फारुलामा निर्मित उक्त भवनको जिल्ला समन्वय समिति सल्यानका प्रमुख केशबहादुर विष्टले रिबन काटेर र ताम्रपत्र अनावरण गरेर शुक्रबार उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि विष्टले गाउँपालिका र जिल्ला समन्वय समितिको साझेदारीमा नमुना...

यही २२ गते शनिबार घोराहीमा शेयरसम्बन्धी तालिम हुने

दाङ, फाल्गुन १९ । दाङको घोराहीमा यही फागुन २२ गते शनिबार शेयर सम्बन्धी तालिम हुने भएको छ । त्रिभुवननगर जेसीज तालिम प्रतिष्ठानको आयोजनामा घोराहीको होटल मालाइनमा तालिम आयोजना गरिएको तालिम प्रतिष्ठानका अध्यक्ष पुष्पराज आचार्यले जानकारी दिनुभयो । अहिले शेयर बजारमा लगानीका लागि निकै उत्साह देखिए पनि शेयर मार्केटसम्बन्धी अन्यौलता रहेकोले त्यसबारे जानकारी दिने उद्देश्यका साथ तालिम राखिएको आयोजकले बताएको छ...

घोराहीको बुद्ध हस्पिटलमा ३५ एमएमको पत्थरीको सफल अपरेशन

घोराही, १७ फागुन । घोराहीको बुद्ध इन्टरनेशनल हस्पिटलमा ३५ एमएमको पित्तथैलीमा रहेको पत्थरीको सफल अपरेशन गरिएको छ । घोराही उपमहानगरपालिका वडा नं. १५ रतनपुर बस्ने ३५ बर्षीया महिलाको अप्रेशन भएको हस्पिटलले जनाएको छ । अहिलेसम्म हस्पिटलमा भएका अपरेशनमध्ये सबैभन्दा ठूलो पत्थरीको अपरेशन गरिएको हस्पिटलका सिईओ बालाराम शर्माले बताउनुभयो । दुरबिन विधिबाट डा. रमेश बस्नेतको टोलीले अपरेशन गरेको उहाँले बताउनुभयो । अपरेशन भएकी...

संसद पुन:स्थापना गर्ने सर्बोच्चको फैसला, १३ दिनभित्र संसद अधिवेशन बोलाउन आदेश

दाङ, ११ फागुन । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटन बदर गरिदिएको छ।  २ महिना लामो बहसपछि सर्वोच्चको संवैधानिक इजलासले सर्वसम्मत रूपमा संसद विघटन गर्ने निर्णय बदर गरेको हो । सर्बोच्चको आदेशमा  १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि भनिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक...

उत्कृष्ट कार्य एवम् उत्तम अभ्यासमा दार्मा गाउँपालिका सम्मानित

दाङ, ९ फागुन । जिल्ला प्रशासन कार्यालय सल्यानले सल्यानको दार्मा गाउँपालिकालाई प्रजातन्त्र दिवसका अवसरमा सम्मान गरेको छ । उत्कृष्ट कार्य तथा उत्तम अभ्यास गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले गाउँपालिकालाई सम्मान गरेको हो । प्रजातन्त्र दिवसका अवसरमा सल्यान खलङ्गामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले दार्मा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्कालाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो । गाउँपालिकाले कक्षा १...

दार्माका अध्यक्ष केसी भए कर्णाली प्रदेश समन्वय परिषद्को सदस्य

दाङ, ७ फागुन । दार्मा गाउँपालिका सल्यानका अध्यक्ष निमबहादुर केसीले कर्णाली प्रदेश समन्वय परिषदको सदस्यको जिम्मेवारी पाउनुभएको छ । कर्णाली प्रदेशका १० जिल्लाबाट एक/एक प्रतिनिधिलाई परिषद्को सदस्य तोकिएकोमा सल्यान जिल्लाबाट दार्मा गाउँपालिकाका अध्यक्ष केसीले सो जिम्मेवारी पाउनुभएको हो । केसीलाई कर्णाली प्रदेश मुख्यमन्त्रीस्तरको २०७७ पुस २२ गते बसेको बैठकले सो जिम्मेवारी तोकेको हो । पत्रमा संघ, प्रदेश र स्थानीय तह...

जग्गादातालाई दार्मा गाउँपालिका वडा नं. ५ को सम्मान

दाङ, ७ फागुन । दार्मा गाउँपालिका वडा नं. ५ ले जग्गादाता रामबहादुर हमाल र जीमकुमारी हमाललाई एक समारोहकाबीच सम्मान गरेको छ । दार्मा गाउँपालिका वडा नं. ५ लागि उहाँहरुले ३ रोपनी जग्गा दान गर्नुभएको हो । वडा नं. ५ भोपाल्न निबासी उहाँहरुलाई गाउँपालिका अध्यक्ष निमबहादुर केसी, वडा नं. ६ का अध्यक्ष दुर्गाबहादुर मल्ल, वडा नं. ५ का अध्यक्ष रामबहादुर केसीलगायतका...

ताजा समाचार