घोराही १८ मा लालपूर्जा दिन लगत संकलनको काम सुरु
दाङ, ५ फागुन । भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई लालपूर्जा दिन घोराही उपमहानगरपालिकाले वडास्तरबाट फारम भर्ने काम सुरु गरेको छ । यसैक्रममा घोराही उपमहानगरपालिका वडा नम्बर १८ ले दलित ज्येष्ठ नागरिक ८५ वर्षीय बहादुरे सुनारको पहिलो फारम भरेर लगत संकनल थालेको हो ।
वडाअध्यक्ष भरतमणी अर्यालको अध्यक्षतामा कार्यक्रम गरी वर्षौदेखि कट्वालको पेशा गर्दै आउनुभएका सुनार भूमिहीन दलित भएको...
तुलसीपुरमा कोरोनाविरुद्धको दोस्रो चरणको खोप सुरु
दाङ, २ फागुन । तुलसीपुर उपमहानगरपालिका दाङमा आइतबारदेखि दोस्रो चरणको खोप लगाउने कार्य सुरु भएको छ । दोस्रो चरणको कार्यक्रम अन्तर्गत नगरप्रमुख घनश्याम पाण्डेले खोप लगाएर कार्यक्रमको शुभारम्भ गर्नुभएको छ ।
दोस्रो चरणमा नेपाल सरकारको प्राथमिकतामा परेका निजामती कर्मचारी (करार समेत), स्थानीय जनप्रतिनिधिहरु, जनपद प्रहरी, शसत्र प्रहरी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, प्राधिकरण, संस्थानका कर्मचारी, न्याय सेवाका कर्मचारी र पत्रकार...
तुलसीपुर उवासंघमा चालिसे निर्वाचित
तुलसीपुर, २ फागुन । तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट व्यवसायी रामप्रसाद चालिसे निर्वाचित हुनुभएको छ । चालिसेले आफ्ना प्रतिद्वन्द्वी नेपाली काँग्रेसको प्रजातान्त्रिक प्यानलबाट उम्मेद्वारी दिएका टेकन प्रसाद बस्नेत हिमाललाई ३४ मतको अन्तरले पछि पार्दै विजयी हुनुभएको हो । विजयी चालिसेले ८ सय २९ मत ल्याउनुभएको भएको थियो भने बस्नेतले ७ सय ९५ मत प्राप्त...
नेकपा दार्मा गाउँकमिटीको बिस्तारित बैठक सम्पन्न
दाङ, १ फागुन । फागुन १ गते जनयुद्धको ऐतिहासिक दिन पारेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दार्मा गाउँपालिका वडा नं. ३ को वडा कमिटिको विस्तारित बैठक सम्पन्न भएको छ।
वडा कमिटी अध्यक्ष गणेश बहादुर ओलीको अध्यक्षतामा बसेको बैठकले पार्टीका टोल कमिटी, सेल कमिटी र जनसंगठनहरूको सङ्गठनात्मक काम अघि बढाउने निर्णय गरेको छ ।
बैठकमा पालिका इन्चार्ज निम बहादुर केसी अरुण, जिल्ला कमिटी...
पाँचओटा ऐनहरु पास गर्दै दार्माको आठौँ गाउँसभा सम्पन्न
दाङ, १ फागुन । दार्मा गाउँपालिका सल्यानको आठौं गाउँसभा शुक्रबार सम्पन्न भएको छ । सभाले विभिन्न ५ ओटा ऐनहरु पास गरेको छ ।
दार्मा गाउँपालिकाको शिक्षा ऐन, २०७७, दार्मा गाउँपालिकाको गाउँ प्रहरी ऐन, २०७७, दार्मा गाउँपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन, २०७७, दार्मा गाउँपालिकाको वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७७, दार्मा गाउँपालिकाका...
कला संस्कृतिको रक्षा गर्न नौमती बाजा हस्तान्तरण
तिर्थराज ज्ञवाली
मसुरीया (देउखुरी दाङ), २७ माघ । कला संस्कृतिको रक्षा गर्दै परम्परागत बाजाहरुको नयाँ पुस्तामा पुर्याउन राप्ती गाउँपालिका वडा नं. ३ नयाँबस्तीमा नौमती बाजा हस्तान्तरण गरिएको छ । वडा कार्यालयको बार्षिक बजेट अनुसार वडा नं. ३ नयाँबस्तीमा एक समूह गठन गरी नौमती बाजा हस्तान्तरण गरिएको हो ।
मंगलबार एक कार्यक्रमको आयोजना गरी राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले नयाँबस्ती पन्चेबाजा व्यवस्थापन...
लैङ्गिक हिंसा न्युनीकरणका लागि सडक नाटक
तिर्थराज ज्ञवाली
मसुरीया(देउखुरी दाङ), २५ माघ । राप्ती गाउँपालिका क्षेत्रमा लैङ्गिक हिंसा अन्त्यका लागि सम्पूर्ण सरोकारवालाहरुले क्रियाकलाप सञ्चालन गरिरहेको राप्ती गाउँपालिका उपाध्यक्ष तथा न्ययिक समिति संयोजक जगदम्वाकुमारी चौधरीले बताउनु भएको छ ।
दुर्गा भवानी आधारभूत विद्यालयमा आयोजना गरिएको महिला लैङ्गिक हिंसा अन्त्यका लागि सडक नाटक हेरे पश्चात संयोजक चौधरीले हरेक बालबालिका तथा उनीहरुका परिवारमा हिंसाको असर तथा पीडकलाई कानुनी उपचार बारे...
जेष्ठ नागरिकको घरदैलोमै न्यानो कपडा
दाङ, ११ माघ । तुलसीपुर उपमहानगरपालिका दाङले जेष्ठ नागरिकको घरदैलोमै पुगेर न्यानो कपडा वितरण गरेको छ । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया शर्माले आइतवार वडा नं. ९ को सल्लीवनमा पुगेर त्यहाँका ८४ वर्ष माथिका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्नुभएको हो ।
सल्लीवनका ७ जना जेष्ठ नागरिकलाई आज न्यानो कपडा वितरण गरिएको महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले...
त्रिभुवननगर जेसीजद्वारा गोरक्षरत्ननाथ मन्दिरमा सरसफाई
दाङ, १० माघ । त्रिभुवननगर जेसीजले घोराही चौघेरास्थित गोरक्ष सिद्ध रत्ननाथ मन्दिर चौघेरामा सरसफाई गरेको छ । त्रिभुवननगर जेसीजको आयोजनामा आज मन्दिर क्षेत्रको सरसफाईका साथै मन्दिर व्यवस्थापन समितिलाई सरसफाई सामग्रीहरु हस्तान्तरण गरिएको थियो ।
त्रिभुवननगर जेसीजका कार्यबाहक अध्यक्ष कुलबहादुर वलीको अध्यक्षता एवं गोरक्ष पात्र देवता सिद्ध रत्ननाथ मठका प्रमुख सुरतनाथ योगीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख...
जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्दै तुलसीपुर उपमहानगर
दाङ, ९ माघ । तुलसीपुर उपमहानगरपालिका दाङले जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण शुरु गरेको छ । महिला, बालबालिका तथा सामाजिक विकास शाखामार्फत ८४ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण कार्यक्रमको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया शर्माले वडा नं. ५ का पाटासिंह डाँगीलाई घरमै पुगेर र हस्तकली वलीलाई वडा कार्यालयमा न्यानो कपडा दिएर शुभारम्भ गर्नुभएको थियो ।
न्यानो कपडा वितरण गर्दै...














