लुम्बिनीमा ४० अर्ब ९५ करोडको बजेट (पूर्णपाठसहित)

दाङ, १ असार । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि झण्डै ४१ अर्ब रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री वैजनाथ चौधरीले प्रदेशसभामा पेश गरेको बजेटमा चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पूँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख ६१ हजार रुपैयाँ विनियोजन गरिएको छ । स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ४ अर्ब...

बाल श्रम अन्त्य गर्न सबैको भूमिका जरुरी

पोखरा, १ असार । बालश्रम विरुद्धको विश्व दिवसको अवसरमा आयोजित कार्यक्रममा बालश्रम अन्त्यको लागि नीति कार्यक्रम र बजेटको निर्माण र प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा गण्डकी प्रदेशका सरोकारवालाले जोड दिएका छन् । बालश्रम उन्मूलनको लागि अन्तर्राष्ट्रिय वर्ष २०२१ को सन्दर्भ तथा बाल श्रम विरुद्ध विश्व दिवस जुन १२ को अवसरमा “अहिल्यै काम थालौँ, बाल श्रमको अन्त्य गरौँ” भन्ने नाराका साथ आयोजित...

तुलसीपुर मेट्रो अस्पताललाई इन्जिनियरहरुले गरे एकलाख बढी सहयोग

दाङ, ३१ जेठ । दाङमा कार्यरत इन्जिनियरहरुको एक समूहले तुलसीपुर मेट्रो अस्पताललाई नगद सहयोग उपलब्ध गराएका छन् । इन्जिनियरहरुबाट सङ्कलित एक लाख ६ सय ४६ रुपैयाँ नगरप्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरिएको तुलसीपुर उपमहानगरपालिकाका अटोमोबाइल इन्जिनियर प्रमोद रेग्मीले जानकारी दिनुभयो । सहयोग उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गर्दै नगरप्रमुख पाण्डेले युवाहरुको ऊर्जाबाट महामारीसँग जुध्न सहज भएको बताउनुभयो । उपमहानगर युवाहरुलाई सिर्जनशील काममा...

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पोखरेल नियुक्त

दाङ, २९ जेठ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

दाङमा एकहप्ता थपियो लकडाउन, पसलहरु बिहान ६ देखि १० बजेसम्म खुल्ने !

दाङ, २५ जेठ । दाङमा पुनः एकहप्ताका लागि लकडाउन थपिएको छ । प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका संयोजक दीर्घनारायण पौडेलको अध्यक्षतामा बसेको बैठकले लकडाउन थप्ने निर्णय गरेको हो । बैठकले लकडाउनको स्वरुपमा भने केही परिमार्जन गरेको छ । थप भएको लकडाउनको अवधिमा बैंक तथा वित्तीय संस्थाहरु दैनिक विहान १० बजेदेखि २ बजेसम्म खुल्नेछन् । बैठकले होटेल रेन्टुरेन्ट,...

तुलसीपुर उपमहानगरको नगरसभा जेठ ३१ गते बस्ने

तुलसीपुर, २२ जेठ । तुलसीपुर उपमहानगरपालिकाको नगर सभा आउँदो जेठ ३१ गते बस्ने भएको छ । उपमहानगरको नगर कार्यपालिकाको तिन दिनसम्म चलेको बैठकले आउँदो जेठ ३१ गते नगरसभा राख्ने निर्णय गरेको बैठक व्यवस्थापन शाखा प्रमुख झरेन्द्र खरेलले जानकारी दिनुभयो । तिन दिन सम्म सन्चालन भएको १११औँ नगर कार्यपालिकाको बैठकमा विभिन्न विषयगत समितिले पेश गरेको आर्थिक, भौतिक प्रतिवेदन माथी छलफल...

विश्व वातावरण दिवसमा जेसीजले गर्‍यो वृक्षारोपण

दाङ, २२ जेठ । विश्व वातावरण दिवसका अवसरमा जेसिआई त्रिभुवननगर तथा जेसिआई दाङ लेडीको संयुक्त आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । घोराही उपमहानगरपालिका १७ स्थित आरोग्य सामुदायिक वनमा २ प्रजातिका २२ विरुवा रोपिएको हो । विश्व वातावरण दिवसको अवसर पारी दिगो विकासको लक्ष्यअनुसार जेसिआई नेपालले यो वर्ष प्राकृतिक अक्सिजनका लागि अभियान सञ्चालन गरेको छ । ‘एक बिरुवा मेरो जीवनका...

समुदायमा एन्टिजेन परीक्षणसँगै त्रिभुवननगर जेसीजको निःशुल्क औषधि वितरण

दाङ, १८ जेठ । घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा, वडा नं. १९ तथा त्रिभुवननगर जेसीजको सहकार्यमा समुदायमै पुगेर कोरोनाको एन्टिजेन परीक्षण गरिएको छ । एन्टिजेन परीक्षणका क्रममा पोजेटिभ देखिएका तथा लक्षण देखिएका ३० जना व्यक्तिहरुलाई स्वास्थ्यकर्मीको सिफारिस अनुसार निःशुल्क औषधि वितरण गरिएको त्रिभुवननगर जेसीजका कार्यबाहक अध्यक्ष कुलबहादुर वलीले जानकारी दिनुभयो । सोमबार १९ नं. वडाका विभिन्न टोलबाट सङ्कलन गरिएका १७ वटा...

दार्माको आइसोलेसनमा लक्षणसहितका १० सङ्क्रमित

दाङ, १४ जेठ । दार्मा गाउँपालिकाले सञ्चालन गरेको कोभिड–१९ साइसोलेसन केन्द्रमा १० जना लक्षणसहितका कोभिड पोजेटिभको उपचार भइरहेको गाउँपालिकाले जनाएको छ । आज गाउँपालिकाको गाडीबाट सङ्क्रमित महिला र उनको दूधे बच्चालाई उद्धार गरी फारुलाचौरस्थित आइसोलेसन केन्द्रमा राखिएको गाउँपालिका अध्यक्ष निमबहादुर केसीले जानकारी दिनुभयो । दार्मा गाउँपालिकामा २०७८ वैशाख २१ देखि हालसम्म १ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ...

सिसहनियाँ अस्थायी कोरोना अस्पतालमा स्वास्थ्य सामग्री हस्तान्तरण

सिसहनियाँ देउखुरी, १४ जेठ । सिसहनियाँ उद्योग बाणिज्य संघको पहलमा राप्ती गाउँपालिका सिसहनियास्थित अस्थायी कोरोना अस्पतालमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । उपचारत कोभिड १९ का बिरामीहरुको उपचारमा थप सहयोग पुर्‍याउने उद्देश्यका साथ सिसहनियाँ उद्योग बाणिज्य संघका पदाधिकारी, सल्लाहकार, कर्मचारी तथा स्थानीय सामाजिक व्यक्तिहरुबाट स्वःस्फूर्तरुपमा प्राप्त रकमबाट स्वास्थ्य सामग्री खरिद गरी हस्तान्तरण गरिएको सिसहनियाँ उद्योग बाणिज्य संघका महासचिव ईश्वरीप्रसाद अधिकारीले...

ताजा समाचार