कोभिड तेस्रो भेरिएन्ट नियन्त्रण तथा रोकथाम गर्न तयारी बैठक
दाङ, २७ साउन । कोरोना भाइरस तेस्रो भेरिएन्टको सम्भावनालाई मध्यनजर गर्दै त्यसको नियन्त्रण र रोकथामका लागि तयारी बैठक घोराहीमा सम्पन्न भएको छ । सिसा नेपाल दाङका अध्यक्ष साजिदा सिद्धिकीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको थियो ।
बैठकमा दाङका विभिन्न पालिकाका प्रमुख, उपप्रमुख तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कोरोनाको तेस्रो लहरबाट...
खेलकुद विकास समितिको अध्यक्षमा विवेक श्रेष्ठ
दाङ, २७ साउन । दाङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा विवेक श्रेष्ठ नियुक्त हुनुभएको छ । लुम्बिनी प्रदेश खेलकुद परिषद्को बैठकले एमाले नेता श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको हो ।
बुधबार बसेको खेलकुद परिषद् बैठकले लुम्बिनी प्रदेशका सम्पूर्ण जिल्लाहरुमा खेलकुद विकास समितिका पदाधिकारी नियुक्त गरेको छ ।
अनलाइन व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षासम्बन्धी तालिम सम्पन्न
विमल याेगी
दाङ, २३ साउन । घाेराही उप-महानगरपालिका, सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाकाे आयाेजनामा घाेराहीमा सञ्चालित अनलाइन व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी तीनदिने तालिम शनिबार सम्पन्न भएकाे छ । नगर तथा वडामा अनलाइन व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा सम्वन्धी कार्यलाई व्यवस्थित बनाउने उद्देश्यले तालिमकाे आयाेजना गरिएकाे थियाे ।
तालिममा सामाजिक सुरक्षा भत्ता ऐन २०७५ मा भएका व्यवस्था, भत्ता...
भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज
दाङ, १९ श्रावण । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धी आयोग खारेज गर्ने निर्णय गरेको हो ।
बैठकले देवीप्रसाद ज्ञवाली नेतृत्वको आयोगको देशैभरको सम्पूर्ण संरचना खारेज गर्ने निर्णय गरेको छ ।
थारु भाषाको बृहत् शब्दकोश विमोचन
दाङ, ९ साउन । थारु समुदायको मानक भाषा तयार पार्न थारु बृहत् शब्दकोशको सहयोग लिइने भएको छ । थारु आयोगले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बसोबास गर्ने थारु समुदायको बहुभाषिक शब्दकोश तयार पार्नको लागि थारु कल्याणकारिणीसभा क्षेत्रीय समिति देउखुरीले तयार पारेको बृहत् शब्दकोशको सहयोग लिन थालिएको हो । शनिबार लमहीमा थारु बृहत शब्दकोशको विमोचन कार्यक्रममा यसबारेमा जानकारी गराइएको हो ।
थारु...
हिंसापीडित महिलाहरुलाई स्वास्थ्य सामग्री वितरण
दाङ, २२ असार । तुलसीपुर उपमहानगरपालिका न्यायिक समितिको आयोजनामा मंगलबार उपमेयर लैङ्गिक हिंसा सुरक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा हिंसापीडित तथा प्रभावित महिलाहरुलाई स्वास्थ्य तथा सुरक्षा सामग्रीहरु वितरण समेत गरिएको थियो ।
कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिका उपप्रमुख माया शर्माले महिलाहरुलाई हिंसाबाट प्रभावित हुन नदिन आफूहरु लागिपरेको बताउनुभयो । समाज परिवर्तन भए पनि कतिपय मानिसहरुमा मानसिकता परिवर्तन नभएको हुँदा पुरुषभन्दा...
४ वटा वडालाई बालश्रम मुक्त बनाउने तयारीमा तुलसीपुर उपमहानगर
दाङ, १८ तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका वडालाई बालश्रम मुक्त बनाउने कार्यक्रममा जुटेको छ । पहिलो चरणमा वडा नं. १, २, १७ र १८ लाई बालश्रम मुक्त बनाउने कार्यक्रमअनुसार गतिविधि अगाडि बढाएको महिला, बालबालिका तथा सामाजिक शाखा प्रमुख माया श्रेष्ठले जानकारी दिनुभयो ।
आउँदो आर्थिक वर्षमा ४ वटा वडालाई बालश्रम मुक्त बनाउने लक्ष्यका साथ सरोकारवालाहरुसँग उपमहानगरपालिकाले छलफल गरिरहेको छ ।...
मिलापद्वारा सेफ हाउसलाई सामग्री प्रदान
दाङ, १३ असार । राप्ती गाउँपालिकास्थित मिलाप कृषि सहकारी संस्थाले हिंसापीडित महिलाका लागि सञ्चालनमा रहेको सेफ हाउसलाई सामग्री सहयोग गरेको छ । राप्ती गाउँपालिका वडा नं. ४ मौरीघाटमा रहेको सहकारी संस्थाले अष्ट्रेलियन एड, अष्ट्रेलिया कारितास र कारितास नेपालको आर्थिक सहयोगमा हिंसापीडित नागरिकको सुरक्षा तथा न्यायमा सहजता ल्याउन सञ्चालन गरिएको सेफ हाउसलाई सञ्चालन तथा ब्यवस्थापनका लागि सामग्री उपलब्ध गराएको हो...
दार्मा गाउँपालिकाले ल्यायो ३९ करोड ७० लाख ४० हजारको बजेट
दाङ, ११ असार । दार्मा गाउँपालिका सल्यानले आ.व. २०७८/०७९ का लागि ३९ करोड ७० लाख ४० हजारको बजेट सार्वजनिक गरेको छ । दार्मा गाउँपालिका उपाध्यक्ष टीका शर्मा ओलीले बिहीबार दार्मा गाउँपालिकाको नवौँ सभामा बजेट पेश गर्नुभएको हो ।
प्रस्तुत बजेटमा ३४ करोड ८४ लाख ३७ हजार संघीय सरकारबाट, ४ करोड १ लाख २० हजार ७ सय १७ रुपैयाँ प्रदेश सरकारबाट...
दार्माको नीति कार्यक्रम सार्वजनिक : उत्पादन र नागरिक स्वास्थ्यमा विशेष जोड
दाङ, ९ असार । दार्मा गाउँपालिका सल्यानले उत्पादनलाई विशेष महत्व दिँदै आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले आ.व. २०७८/०७९ को नीति कार्यक्रममा स्वास्थ्य र उत्पादन क्षेत्रलाई विशेष महत्व दिएको छ । गाउँपालिका अध्यक्ष निमबहादुर केसीले मंगलबार गाउँपालिकाको नवौं गाउँसभामामा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।
‘रोकौं महामारी, उठाऔं पूर्वाधार, बढाऔं उत्पादन, बनौं...














