तुलसीपुर उपमहानगरपालिकाको एक कर्मचारीमा कोरोना

दाङ, ३ वैशाख । तुलसीपुर उपमहानगरपालिका आर्थिक प्रशासन शाखामा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि भएको छ । कर्मचारीमा कोरोना पुष्टि भएपछि उपमहानगरपालिकाको आर्थिक प्रशासन शाखा ५ गतेसम्मका लागि बन्द गरिएको उपमहानगरपालिकाले जनाएको छ । कोरोनाको जोखिमबाट सेवाग्राही, कर्मचारी तथा जनप्रतिनिधिलाई बचाउन शाखालाई निर्मलीकरण गर्नुपर्ने भएकोले बन्द गरिएको बताइएको छ । हिँजो गरिएको कोरोना परीक्षणमा उपमहानगरपालिकाको कर्मचारीसहित ६ जनामा कोरोना पुष्टि...

श्री गणेश टोलको अध्यक्षमा महेश गुप्ता

दाङ, २३ चैत्र । घोराही उपमहानगरपालिका १४ स्थित श्री गणेश टोल विकास संस्थाको अध्यक्षमा महेश गुप्ता चयन हुनुभएको छ । टोलको भेलाले गुप्ताको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा दीपक बुढाथोकी, सचिवमा सुनिता थापा, कोषाध्यक्षमा सुदर्शन श्रेष्ठ, महिला सदस्यमा बालिका श्रेष्ठ, कृष्णा श्रेष्ठ र सदस्यमा दिनेशप्रसाद श्रेष्ठ रहनुभएको छ । नवनिर्वाचित समितिले ज्येष्ठ नागरिक हरि श्रेष्ठ...

काँग्रेस र माओवादी परित्याग गरी ३४ जना एमालेमा प्रवेश

दाङ, २० चैत्र । दाङको बङ्गलाचुली गाउँपालिका वडा नं. ५ सागिनेका ३४ जना एमालेमा प्रवेश गरेका छन् । काँग्रेस र माओवादी पार्टी परित्याग गरी पूर्व जनमुक्ति सेना धनबहादुर पुनसहित गेमबहादुर वली, चेतबहादुर वली, बलबहादुर थापा, मतिराम पुन, ऐनबहादुर थापा, गोकर्ण घर्तीलगायत एमालेमा प्रवेश गरेको नेकपा एमाले जिल्ला सचिव मनोहर बुढाथोकीले बताउनुभयो । नेकपा एमाले बङ्गलाचुली गाउँपालिका वडा नं. ४ का...

दाङको मसोटमा बस दुर्घटना : दुईजनाको मृत्यु

दाङ, २० चैत्र । दाङको मसोटमा यात्रुबहाक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दाङको घोराहीबाट लमही जाँदै गरेको लु १ ख ९८६३ नम्बरको बस घोराही उपमहानगरपालिका–३ मसोटखोला उकालोको घुम्तीमा बस पल्टिएको थियो । दुर्घटनामा परी २७ यात्रु घाइते भएका छन् । जसमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । मृत्यु भएकाहरुको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दाङका...

राप्तीका कृषकहरु सामूहिक खेतीमा

तिर्थराज ज्ञवाली मसुरीया (देउखुरी दाङ), ११ चैत्र । राप्ती गाउँपालिकाका कृषकहरुले सामूहिक खेती सुरु गरेका छन् । राप्ती गाउँपालिका वडा नं ७ मा सिद्धेश्वरी कृषक समूहले ९ कट्ठा जग्गामा सामूहिक खेती गर्न थालेका हुन् । थोरै-थोरै जग्गा भएका कृषकहरु मिलेर जग्गा भाडामा लिई सामूहिक रुपमा अहिले मकै खेती गरिएको समूहका अध्यक्ष कर्णबहादुर ज्ञवाली बताउनुहुन्छ । त्यस्तै  वडा नं ६ मा रहेको...

एमालेमा अध्यक्ष र महासचिव बाहेक सबै पद खारेज

दाङ, २८ फाल्गुन । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका दुई केन्द्रीय कमिटी बैठक गरेका छन् । बैठकले अध्यक्ष र महासचिवबाहेक पदाधिकारी खारेज गरेर महाधिवेशन आयोजक समिति बनाएको छ । बैठकले चैत ७ गते अर्को केन्द्रीय कमिटी बैठक राख्ने निर्णय गरेको छ ।

पत्रकार सुशील शर्माको निधन

दाङ, २८ फाल्गुन । पत्रकार सुशील शर्माको निधन भएको छ । चाबहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा पत्रकार शर्माको २ बजेर १३ मिनेट जाँदा निधन भएको भाइ विज्ञान शर्माले जानकारी दिनुभएको छ । उहाँ ६३ वर्षको हुनुहुन्थ्यो । उहाँले लामो समय बीबीसी नेपाली सेवामा काम गर्नुभएको थियो । शर्मा अन्तर्वार्ता, समाचार टिप्पणी र विश्लेषणमा अब्बल मानिनुहुन्थ्यो । शर्माका श्रीमती र १ छोरा...

राप्तीमा ८५ प्रतिशत जेष्ठ नागरिकलाई खोप

तिर्थराज ज्ञवाली मसुरीया(देउखुरी दाङ), २८ फाल्गुन । राप्ती गाउँपालिकामा ८५ प्रतिशत जेष्ठ नागरिकले कोभिड १९ बाट बच्न खोप लगाएका छन् । नेपाल सरकारले ६५ वर्षमाथिका जेष्ठ नागरिक लाई कोभिड १९ बाट बचाउन खोप दिने निर्णयसँगै ९ वटै वडाका १ हजार ७ सय ३९ जना जेष्ठ नागरिकले खोप लगाएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिनुभयो । व्यापक सूचना प्रवाहका...

सामी परियोजनाको अर्धवार्षिक समीक्षा सम्पन्न

दाङ, २८ फाल्गुन । वैदेशिक रोजगारीका लागि सुरक्षित आप्रवासन परियोजना (सामी)को दाङ जिल्लास्तरीय अर्धवार्षिक समीक्षा गोष्ठी घोराहीमा सम्पन्न भएको छ । शुक्रबार भएको समीक्षा गोष्ठीमा परियोजना सञ्चालन भएका दाङका घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र बबई गाउँपालिकाका जनप्रतिनिधि तथा परियोजनासँग सम्बन्धित कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सामी परियोजनाकी कार्यक्रम संयोजक वसन्ता पुनले परियोजनाअन्तर्गत हालसम्म भएका प्रगति प्रस्तुत गर्नुभएको...

महिला दिवसमा तुलसीपुरले दियो किशोरीलाई साइकल उपहार

दाङ, २४ फाल्गुन । तुलसीपुर उपमहानगरपालिका दाङले १११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा किशोरीहरुलाई साइकल वितरण गरेको छ । विभिन्न दाताहरुको सहयोगमा उपमहानगरले ५४ जना किशोरीहरुलाई साइकल हस्तान्तरण गरेको हो । सामुदायिक विद्यालयका कक्षा ८ देखि १२ मा पढ्ने किशोरीहरुका लागि साइकल वितरण गरिएको उपमहानगरले जनाएको छ । आधा घण्टाभन्दा बढी पैदल हिँडेर विद्यालय पुग्नुपर्ने अवस्थाका सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुलाई...

ताजा समाचार