ट्रक दुर्घटनामा २ जनाको मृत्यु, एक जना बेपत्ता
जाजरकोट, १९ कात्तिक । जाजरकोटमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना बेपत्ता भएका छन् भने सात जना घाइते भएका छन् ।
बिहीबार राति ११ बजे सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको बा ५ ख २५०१ नम्बरको मिनीट्रक जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा एक जना ठेगाना नखुलेका दिलबहादुर शाही...
मुद्रण उद्योग संघ दाङको अध्यक्षमा दीपकराज आचार्य
दाङ, १४ कात्तिक । मुद्रण उद्योग संघ दाङको अध्यक्षमा घोराहीका दीपकराज आचार्य सर्वसम्मत निर्वाचित हुनुभएको छ । घोराहीमा राज अफसेट प्रिन्टर्स सञ्चालन गर्दै आउनुभएका आचार्य शनिवार सम्पन्न संघको तेस्रो अधिवेशनबाट अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
संघको निवर्तमान अध्यक्षमा प्रेमप्रसाद सुवेदी रहनुभएको छ । त्यस्तै उपाध्यक्षमा शालिकराम बस्नेत र उदयराम आचार्य, सचिवमा पोषणराज पौडेल, सहसचिवमा सञ्जय गुप्ता, कोषाध्यक्षमा पुरन चौधरी निर्वाचित...
मतदाता नामावली सङ्कलनका लागि स्थानीय तहमै टोली खटाइने
काठमाडौँ, १४ कात्तिक । निर्वाचन आयोगले आउँदो स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पालिकास्तरमै टोली खटाएर मतदाता नामावली सङ्कलन विशेष अभियान सञ्चालन गर्ने भएको छ ।
स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीसम्बन्धी काम सम्पन्न गर्नुपर्ने कानूनी व्यवस्थाअनुरुप आयोगले नामावली सङ्कलनको अभियान सञ्चालन गर्न लागेको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मुलुकका सबै पालिका केन्द्रमा मङ्सिर १ गते वा...
११ अफगानी नागरिक पक्राउ
काठमाडौं, ८ कात्तिक । काठमाडौंको सिनामंगलबाट ११ जना अफगानी नागरिकहरु पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीले आज बिहान सिनामंगलको एक घरबाट उनीहरुलाई पक्राउ गरेको डिआईजी धिरजप्रताप सिंहले जानकारी दिनुभयो ।
पक्राउ परेकामध्ये ६ जनासँग भारतको आधारकार्डसमेत बरामद भएको सिआईबीले जनाएको छ । बरामद भएको भारतको आधारकार्ड नक्कली भएको प्रहरीको भनाइ छ ।
तालिबान नेतृत्वले अफगानिस्तानको सत्ता सम्हालेपछि उनीहरु...
कपुरकोट जीप दुर्घटनाका घाइते एकजनाको मृत्यु, २ जना नेपालगञ्ज रिफर
तुलसीपुर, ७ कात्तिक । सल्यानको कपुरकोटमा भएको जीप दुर्घटनामा परी घाइते भएकामध्ये एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागचौर नगरपालिका १ थारमारे बस्ने वर्ष १८ का आशिष बस्नेत रहेको प्रहरीले जनाएको छ । घाइते बस्नेतलाई उपचारका लागि तुलसीपुर ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएकी कपुरकोट गाउँपालिका ४ डाँडापानी निवासी ३० वर्षिया बबिता रेउले र वागचौर नगरपालिका...
एमाले घोराही १७ को अध्यक्षमा दुर्गा खत्री
दाङ, ७ कात्तिक । नेकपा एमाले घोराही उपमहानगरपालिका वडा नं. १७ को अध्यक्षमा दुर्गा खत्री सर्वसम्मत निर्वाचित हुनुभएको छ । एमालेको शनिबार सम्पन्न वडा अधिवेशनले खत्रीको अध्यक्षतामा ४१ सदस्यीय वडा कमिटी सर्वसम्मत रुपमा चयन गरेको हो ।
कमिटीको उपाध्यक्षमा ऋषिराज पौडेल, सचिवमा धनीराम चौधरी, उपसचिवमा बालकृष्ण कुवँर (रिङ्कु), वीरेन्द्र ओली र अन्य सदस्यहरु रहनुभएको छ ।
कपुरकोटमा जीप दुर्घटना हुँदा ८ जना घाइते
तुलसीपुर, ७ कात्तिक । सल्यानको कपुरकोटमा भएको जीप दुर्घटनामा परी ८ जना घाइते भएका छन् । विहान करिव ७:५० बजे कपुरकोट गाउँपालिका वडा नं. ३ मुलपानीमा जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते हुनेहरुमा बागचौर नगरपालिका २ बस्ने २० वर्षीय चालक हिक्मत पुन मगर, बागचौरकै १९ वर्षीय अर्जुन के.सी., वडा नं. १ बस्ने वर्ष १४ का आयुष...
आज देशभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
दाङ, ७ कात्तिक । सरकारले आजदेखि बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउँदै छ ।
६ महीनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मकालाई भिटामिन ‘ए’ र जुका दुवैको औषधि खुवाउन लागिएको हो ।
स्वास्थ्य मन्त्रालयले आफूलाई पायक पर्ने खोप केन्द्र वा वडा कार्यालयमा गएर बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकहरुलाई आग्रह गरेको छ ।...
धानबालीको क्षति विवरण पठाउन दाङका सबै पालिकालाई पत्र
दाङ, ४ कात्तिक । अविरल परेको वर्षाका कारण दाङमा धानबालीमा भएको क्षतिको विवरण संकलन गरी पठाउन सबै पालिकालाई पत्राचार गरिएको छ । कृषि ज्ञान केन्द्र दाङले गत असोज ३१ गतेदेखिको अविरल वर्षाले धानबालीमा भएको क्षति वा असरको एकिन विवरण संकलन गरी पठाउन पत्राचार गरेको हो ।
केन्द्रका निमित्त प्रमुख रुद्रमणि पौडेलले जिल्लाका सबै पालिकालाई बुधवार पत्राचार गरिएको जानकारी दिनुभयो ।...
स्थापना दिवसमा फलफूल वितरण
दाङ, २ कात्तिक । तुलसीपुर उद्योग बाणिज्य संघले राप्ती प्रादेशिक अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ । संघको २९औँ स्थापना दिवसका अवसरमा राप्ति प्रादेशिक अस्पतालमा उपचारत १ सय २० जना बिरामीलाई फलफूल वितरण गरिएको थियो ।
तुलसीपुर उद्योग बणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षता एवम् राप्ती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न व्यवसायी, सुरक्षाकर्मी,...












