सङ्क्रमित सदस्यको घरदैलोमा प्रेस चौतारी

तुलसीपुर, ११ माघ । प्रेस चौतारी दाङ शाखाले कोरोना सङ्क्रमणमा परेका सदस्यहरुलाई पौष्टिक खाद्यबस्तु र मास्क, स्यानीटाइजर घरमै पुगेर प्रदान गरेको छ । प्रेस चौतारी दाङ शाखाले आफ्ना सदस्यहरुको स्वास्थ्य अवस्था बारेमा जानकारी लिने र आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रमलाई निरन्तरता दिइने शाखा अध्यक्ष इन्द्र डिसीले जानकारी दिनुभयो । दाङ शाखाका सचिव किरण गौतम र कोषाध्यक्ष गोकर्ण पौडेलको संयोजनमा आवश्यक...

एमाले दाङद्वारा माघी पर्वको शुभकामना

दाङ, १ माघ । नेकपा एमाले दाङले माघी पर्वको अवसरमा शुभकामना व्यक्त गरेको छ । एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतले विज्ञप्ति जारी गरेर नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक भएको प्रष्ट पार्दै बढ्दो कोरोना जोखिमलाई मध्यनजर गरेर माघी पर्व मनाउन अनुरोध गरेका छन् । साथै माघी पर्वले मौलिक संस्कृतिको संरक्षण, सवर्द्धन र राष्ट्रिय एकतालाई थप एकतावद्ध गर्न सहयोग पुग्ने...

तुलसीपुरमा एक हप्तामै १ सय ८७ कोरोना संक्रमित, आज मात्रै ३२ जनामा संक्रमण पुष्टी

दाङ, २६ पुस । दाङको तुलसीपुर उपमहानगरपालिकामा पुस १८ गते यता १ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज भएको कोरोना परीक्षणमा एकैदिन ३२ जनामा कोरोना संक्रमण देखिएको कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिनुभयो । संक्रमित हुनेहरुमा समुदाय तथा विभिन्न पेशा व्यवसायमा लागेका ७१ जना, भारतबाट आएका २ जना, स्वास्थयकर्मी १७ जना, जनप्रतिनिधि २ जना, कर्मचारी...

पत्रकार केसी उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित

दाङ, ३ पुस । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी राष्ट्रिय उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित भएका छन् । नेपाल जेसिजले हरेक बर्ष प्रदान गर्ने उत्कृष्ट युवा पुरस्कारमध्ये यस वर्ष सूचना तथा सञ्चार क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याए वापत केसीलाई सम्मान गरिएको हो । नेपाल जेसिजको बिहीबार पोखरामा सम्पन्न ४८ औं राष्ट्रिय अधिवेशन उद्घाटन कार्यक्रमका अवसरमा केसीलाई स्वर्णपदकसहित नगद र प्रमाणपत्रले...

राप्ती गाउँपालिकामा जलवायुमैत्री कृषि प्रविधि तालिम

तिर्थराज ज्ञवाली देउखुरी (बाउनीपाटा), १५ मंसिर । दाङको राप्ती गाउँपालिका २ र ९ नं. वडामा जलवायुमैत्री कृषि प्रविधि तालिम सम्पन्न भएको छ । सन् २०१७ देखि राप्ती गाउँपालिका दाङलाई कार्यक्षेत्र बनाउँदै कार्यक्रम सञ्चालन गर्दै आएको नाम्सालिङ सामुदायिक विकास केन्द्रले सो सम्बन्धी तालिम सञ्चालन गरेको हो । गाउँपालिकासँगको समन्वय तथा विकास कोष नर्वेको आर्थिक सहयोगमा नाम्सालिङ सामुदायिक विकास केन्द्रले ‘एकीकृत सामुदायिक विकास...

काँग्रेस दाङको सभापतिमा शंकर डाँगी निर्वाचित

दाङ, १२ मंसिर । नेपाली काँग्रेस दाङको सभापतिमा शंकर डाँगी निर्वाचित हुनुभएको छ । शनिबार भएको निर्वाचनमा डाँगीका मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका भूपबहादुर डाँगीले समर्थन गरेपछि शंकर डाँगीलाई सर्वसहमतिमा सभापतिमा निर्वाचित गरिएको निर्वाचन समितिले जनाएको छ । जिल्ला कार्यसमितिका लागि शनिबार भएको निर्वाचनमा शंकर डाँगीले ७ सय ७६, भूपबहादुर डाँगीले ५ सय ४५, जानकीलाल बस्नेतले ४ सय ७१ र कमलकिशोर...

बंगलाचुलीमा जेसिबी दुर्घटना, एकजनाको मृत्यु

दाङ, २ मंसिर । दाङको बंगलाचुली गाउँपालिकामा सडक मर्मत गर्दै गरेको जेसिबी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा जेसिबी अपरेटर घोराही १० नारायणपुरका २२ वर्षीय सुनिल बिकको घटनास्थलमै मृत्यु भएको हो । पर्यटकीयस्थल बंगलाचुली टावर जाने सडक मर्मतको क्रममा बिहान साढे ४ बजेतिर रा १ क ९१४ नम्बरको जेसिबि दुर्घटना भएको थियो । दुर्घटनामा सहअपरेटर बर्दियाको गुलरिया नगरपालिकाका २३...

सरकार सञ्चालनका लागि समन्वय समिति बनाउने सत्तारुढ गठबन्धनको तयारी

काठमाडौं, २२ कात्तिक । सत्तारुढ दलहरुले सरकार सञ्चालनमा सहयोग गर्न समन्वय समिति बनाउने भएका छन् । पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको सोमबार साँझ बोलाइएको बैठककमा यसबारे छलफल हुने नेताहरुले बताएका छन् । सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको शीर्ष नेताहरु सहभागी उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने तयारी थियो तर त्यसको विरोध भएपछि समन्वय समिति बनाउन लागिएको एक नेताले बताए । उनले भने, ‘शीर्ष नेताहरु...

दुर्घटनाकी घाइते महिलालाई हेलिकप्टरमार्फट काठमाडौँ लगियो

तुलसीपुर, २२ कात्तिक । दाङमा भएको जिप दुर्घटनामा परी गम्भीर घाइते एक महिलालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएकी दंगीशरण गाउँपालिका वडा नं. २ की ३० वर्षीया पार्वती वलीलाई उपचारका लागि काठमाडौँ लगिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । सल्यानको कालिमाटीदेखि दाङ तुलसीपुर आउँदै गरेको भे १ ज ५२२ नम्बरको यात्रुबाहक जिप...

सल्यानदेखि तुलसीपुर आउँदै गरेको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु (घाइतेहरुको नामसहित )

दाङ, २२ कात्तिक । सल्यानको कालिमाटीदेखि दाङ तुलसीपुर आउँदै गरेको भे १ ज ५२२ नम्बरको यात्रुबाहक जिप दुर्घटना भएको छ । सोमबार बिहान ९ बजेतिर सल्यान र दाङको सिमानास्थित एक्लेवर नजिक जिप दुर्घटना भएको थियो । दुर्घटनामा परी सल्यान कालिमाटी ३ चौरी बस्ने अन्दाजी ४५ वर्षीय देवबहादुर सुनारको घटनास्थलमै मृत्यु भएको  ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । घाइतेहरुको राप्ती...

ताजा समाचार