‘एक वडाः एक चौतारी’ अन्तर्गत घोराही र बंगलाचुलीमा पालिका कमिटी गठन

दाङ, ११ फागुन । ‘एक वडा एक चौतारी सदस्य’ अभियान अन्तर्गत घोराही र बंगलाचुली गाउँपालिकास्तरीय प्रेस चौतारीको कमिटी गठन गरिएको छ । घोराही उपमहानगरमा चौतारी दाङका कार्यसमिति सदस्य सुवास शर्माको अध्यक्षतामा र बंगलाचुलीमा कार्यसमिति सदस्य मुना खनालको अध्यक्षतामा कमिटी गठन गरिएको छ । घोराही नगर कमिटीको सचिवमा विनोद नेपाली र बंगलाचुलीको सचिवमा भेषराज जिसी रहनुभएको छ । प्रेस चौतारी दाङको आयोजना...

चौतारी दाङलाई प्रदेश उत्कृष्ट सम्मान

दाङ, ७ फागुन । प्रेस चौतारी दाङ लुम्बिनी प्रदेशबाट उत्कृष्ट शाखाका रुपमा पुरस्कृत हुने भएको छ । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश कमिटीको बैठकले प्रेस चौतारी दाङ शाखा र रुपन्देही शाखालाई उत्कृष्ट शाखाका रुपमा पुरस्कृत गर्ने निर्णय गरेको हो । फागुन २१ गते प्रेस चौतारी नेपालका सबै प्रदेश कमिटीको अधिवेशन एकैसाथ हुन लागेको छ । अधिवेशन तयारीका लागि प्रेस चौतारी नेपाल...

एमसीसीको विरोधमा भोलि नेपाल बन्द !

दाङ, ३ फागुन । ६ राजनीतिक दलहरुले एमसीसीविरुद्ध भोलि फागुन ४ गते नेपाल बन्द घोषणा गरेका छन् । नेपालका लागि एमसीसी राष्ट्रघाती भएको भन्दै दलहरुले नेपाल बन्दको घोषणा गरेका हुन् । एमसीसीलाई जबर्जस्ती  संसदबाट पास गराउन लागेको भन्दै बिप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कटेल नेतृत्वको नेकपा , आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत...

महिला सहकारीका प्रतिनिधिलाई घटना व्यवस्थापन तथा आधारभुत सहायता सीप दिइँदै

तिर्थराज ज्ञवाली मसुरीया(देउखरी दाङ), २८ माघ । घटना व्यवस्थापन तथा आधारभूत सहायता सीपसम्वन्धी तीनदिने अभिमुखीकरण तलिम सुरु गरिएको छ । ब्याकवार्ड सोसाइटी एजुकेसन बेसको आयोजनामा राप्ती गाउँपालिकाका बालबालिका तथा महिला सहकारीका प्रतिनिधिहरुलाई अभिमुखीकरण कार्यक्रम गरिएको हो । शुक्रवार गाउँपालिका उपाध्यक्ष जगदम्वाकुमारी चौधरीको अध्यक्षता एवं गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यता, शिक्षा प्रमुख विश्वास विकको विशिष्ट आतिथ्यतामा अभिमुखीकरण तलिमको उद्घाटन गरिएको छ...

अनावश्यक कर बढाएको भन्दै वन महासंघ दाङको विरोध

दाङ, २८ माघ । सामुदायिक वन समूहको भावना विपरित सरकारले अनावश्यक करको बोझ बढाउने गरी वन ऐन संशोधन गरेको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ दाङले आज शुक्रबार घोराहीमा विरोध कार्यक्रम गरेको छ । सरकारले सामुदायिक वन समूहको अधिकार कटौती हुने गरी तयार गरिएको वन नियमावली—२०७८ को मस्यौदा प्रदेश ऐन र संरिक्षत वन क्षेत्रभित्रको विरुद्धमा कार्यक्रम गरिएको वन महासंघले जनाएको छ...

दाङमा थपिए ५१ हजार बढी मतदाता

दाङ, २६ माघ । दाङमा ५१ हजार ४ सय ७८ मतदाता थप भएका छन् । प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश दाङले दिएको जानकारी अनुसार २०७७ पुस ५ पछि यो सङ्ख्या थप भएको हो । यसमा १६ वर्ष पूरा भएका तर १८ वर्ष नपुगेका व्यक्तिको समेत सङ्ख्या समावेश भएको निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुवरले जानकारी दिनुभयो । पछिल्लो तथ्याङ्क अनुसार...

प्रेस चौतारी दाङको बैठक : ‘एक वडा एक चौतारी’

दाङ, २३ माघ । प्रेस चौतारी दाङले ‘एक वडा एक चौतारी सदस्य’ अभियान सञ्चालन गर्ने भएको छ । चौतारी दाङको आइतवार बसेको बैठकले अभियान सञ्चालनको लागि जिल्लाका दशै पालिकामा आधारभूत पत्रकारिता तालिम सञ्चालन गर्ने निर्णय गरेको छ । त्यसको समन्वय लागि बबई, दंगीशरण र शान्तिनगरमा चौतारी दाङका उपाध्यक्ष प्रेमबहादुर राम्जा, तुलसीपुर उपमहानगरपालिकामा उपाध्यक्ष सुधासुमन ढकाल, घोराही उपमहानगरपालिकामा सचिव किरण...

प्रेस चौतारीको स्थापना दिवसमा रक्तदान कार्यक्रम

दाङ, २२ माघ । प्रेस चौतारी नेपाल दाङ शाखाले २४औं स्थापना दिवसका अवसरमा रक्तदान गरेको छ । रक्त सञ्चार केन्द्र घोराहीमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १८ जना दाताहरुले रक्तदान गरेका थिए । उक्त अवसरमा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी, प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्ज सविन प्रियासन, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, प्रेस चौतारी...

नयाँ पाइलाद्वारा बालगृहलाई खाद्यान्न सहयोग

तुलसीपुर, २२ माघ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ हाडिमेमा रहेको नयाँ पाइला पुनःस्थापना केन्द्रले आठौँ वार्षिकोत्सवका अवसरमा विभिन्न सामग्री वितरण गरेको छ । संस्थाले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको दिदीघरले सञ्चालनमा ल्याएको बालगृहमै पुगेर सामग्री हस्तान्तरण गरेको हो । संस्थाले चामल, दाल, आलु, तेल, नमकिन, बिस्कुट, चिउरा, मसला, मास्क, स्यानीटाइजर हस्तान्तरण गरेको हो । संस्थाका सल्लाहकार सुनिलकुमार...

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८०

दाङ, १२ माघ । नेपालको जनगणना २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । जनगणना-२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै विभागले नेपालको जनसंख्या करिब ३ करोड पुगेको जनाएको हो ।जसमा महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ छ । २०६८ सालमा भएको जनगणनामा नेपालको...

ताजा समाचार