भारतबाट भित्रनेको संख्या बढ्दो
घोराही, ९ जेठ । भारतमा रोजगारीको सिलसिलामा गएका दाङको बंगलाचुली गाउँपालिकाका व्यक्तिहरू कोरोनाका कारण घर फर्कदै । आज दाङको घोराही आइपुगेका उनीहरूलाई उनीहरूलाई गाउँपालिकाले लगेर क्वारेन्टाइनमा बसाल्ने व्यवस्था मिलाएको छ ।
बाँकेका १२ सहित थप १८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३७५ पुग्यो
दाङ, ५ जेठ । सोमबार राति थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषा, खोटाङ, बाँके, दैलेख र सुनसरीमा कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
दैलेखमा कर्णाली प्रदेशमै पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।
यससँगै भाइरसबाट संक्रमित हुनेको संख्या ३७५ पुगेको छ । सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान...
कोरोनाका कारण नेपालमा दोस्रो मृत्यु
दाङ, ४ जेठ । नेपालमा कोभिड-१९ (कोरोना) संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु भएको छ । आइतबार बिहान बाँकेको नरैनापुर क्वारेन्टाइनमा रहेका २५ वर्षिय युवाको मृत्यु भएको थियो । उनको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताउनुभयो ।
भारतबाट बैशाख ३० गते आएका उनलाई बेलैमा उपचारका लागि अस्पताल नलगिएकाले मृत्यु भएको स्थानीयले बताएका थिए । लगातार दुई घन्टा वान्ता...
वडाको सिफारिसमा एम्बुलेन्सबाट आएका थिए दाङका २ जना कोरोना सङ्क्रमित
दाङ, २ जेठ । दाङमा कोरोना सङ्क्रमणको पुष्टी भएका व्यक्ति तीन दिन अघि मात्र कृष्णनगरबाट दाङ आएको खुलेको छ । उनीहरु गढवा उद्योग बाणिज्य संघको एम्बुलेन्स चढेर दाङ आएको थिए । सङ्क्रमित दुवैजना अहिले गढवास्थित जनता माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका छन् ।
उनीहरु भारतको मुम्बई र गोरखपुरबाट नेपाल आई कृष्णनगरमा क्वारेन्टाइनमा बसेका थिए । गढवा गाउँपालिका वडा नम्बर ३ को...
सार्वजनिक बाँझो जग्गा खेतीयोग्य बनाउँदै दार्मा गाउँपालिका
दार्मा, २ जेठ । दार्मा गाउँपालिका सल्यानले बाँझो रहेको झण्डै ३ रोपनी सार्वजनिक जग्गालाई खेतीयोग्य जमिनमा परिणत गरेको छ । दार्मा गाउँपालिका वडा नं. ६ जुरढुङ्गाको ३ रोपनी जग्गालाई गाउँपालिकाका कर्मचारीहरुले श्रम गरी खेतीयोग्य बनाएका हुन् । गाउँपालिका उपाध्यक्ष टीका शर्मा ओलीले प्रत्येक महिनाको १ गते गरिने श्रम दिवस अभियानको उद्घाटन गर्नुभएको थियो ।
कर्णाली प्रदेश सरकारले गरेको बाँझो जग्गालाई...
दाङका ३ जनासहित आज ९ जनामा कोरोना संक्रमण भएको पुष्टी
दाङ, २ जेठ । हालसम्म कोरोना सङ्क्रमण नदेखिएको दाङमा ३ जनामा कोरोनाको सङ्क्रमण पुष्टी भएको छ । शुक्रबार साँझ ८:१५ बजे दाङका तीनजना सहित नौ जनामा कोरोना सङ्क्रण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २६७ पुगेको छ ।
शुक्रबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,...
वडासचिव चढेको मोटरसाईकलमा आगलागी
तुलसीपुर, ३१ वैशाख । दाङमा गुडिरहेको एक मोटरसाईकलमा आगलागी भएको छ । दंगीशरण गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष दिपक गौतमले प्रयोग गदै आएको मोटरसाईकल वडा सचिव प्रेमप्रकाश चौधरीले चलाएको बेला एक्कासी आगलागी भएको हो ।
रा १ ब ७२५ नम्बरको १५० सिसिको पल्सर मोटरसाईकलमा भ्यालि पेट्रोल पम्म दोघरेबाट पेट्रोल हालेर वडा कार्यालय फर्कदै गर्दा वडा सचिवले चलाएको उक्त...
एकैदिन ५७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९१ पुग्यो
दाङ, ३० वैशाख । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १९१ पुगेको छ । मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १९१ पुगेको हो ।
संक्रमित सबै पुरुष भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिए ।
मंगलबार संक्रमण पुष्टि भएकाहरुमध्ये पर्साका ३९, कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका एक जना रहेका छन् । संक्रमित...
थप १३ जनामा कोरोना संंक्रमण, संक्रमितको संख्या १ सय ३४ पुग्यो
दाङ, २९ वैशाख । नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार साँझ अध्यावधिक गरेको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ सय ३४ पुगेको छ । सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा थप १३ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरुमा कपिलवस्तुका ६ जना, रुपन्देहीका ६ र बर्दियाका १ जना छन् ।
कपिलवस्तुका थप १० जनामा कोरोना संक्रमण
दाङ, २९ वैशाख । कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ५ तथा बुद्धभुमि नगरपालिका वडा नं. ७ र १० का हुन् । उनीहरू १८ देखि ३४ वर्ष उमेर समूहका पुरुषहरु हुन्...











