निषेधाज्ञा अटेर गर्ने छ जना व्यबसायीलाई एक महिना कैद, एक सय जरीवाना

पर्सा, १७ भदौ । जिल्ला प्रशासन कार्यालय पर्साले सक्रंमण रोग नियन्त्रण ऐन अन्तरगत सक्रंमण फैलाउन खाजेको आरोपमा मङ्लबार बीरगन्जका छ जना ब्यवसायीहरुलाई एक महिना कैद र जनही एकसय रुपियाका दरले जरिवाना गरेको छ । प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा आदेशको अवज्ञा गरी पसल सञ्चालन गर्ने श्याम साह कानु ,मनिस कुमार कापर , सञ्जित साह...

विनोद चौधरीलाई कोरोना संक्रमण

दाङ, १२ भदौ । उद्योगी विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ । सांसदसमेत रहेका चौधरीले ट्विटरमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका छन् । कोरोना संक्रमण परीक्षण गर्दा शुक्रबार विहान संक्रमण पुष्टि भएको र आफूमा कुनै लक्षण नदेखिएको चौधरीले उल्लेख गरेका छन् । डाक्टरको सुझाव अनुसार आफू आइसोलेसनमा बसेको र आफूसँग सम्पर्कमा रहेकाहरुलाई सतर्कता अपनाउन उनले आग्रह गरेका छन् । ६५ वर्षीय...

राप्तीका केही गाउँ सिल, कोरोना समुदायमा पुग्नसक्ने खतरा

तिर्थराज ज्ञवाली मसुरिया दाङ, १२ भदौ । राप्ती गाउँपालिकाका ३ वटा वडाका गाउँहरु सिल गरिएको छ । राप्ती गाउँपालिका बिपद् ब्यवस्थापन समितिको बिहीवार बसेको बैठकले सरोकार वालाहरुसंग छलफल गरि कोरोना समुदायमा पुग्न सक्ने सम्भावना रोक्न गाउँपालिका क्षेत्रका ३ वटा वडामा पर्ने गाउँहरुलाई शिल गर्ने निर्णय गरेको हो । 'पछिल्लो समय कोरना भाईरसको संक्रमण समुदायमा बढ्न सक्ने भएकोले सम्भावित संक्रमणको जोखिम क्षेत्रलाई...

दाङका १६ जनामा कोरोना संक्रमण

दाङ, १० भदौ । दाङमा आज १६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । दाङको तुलसीपुर र घोराहीमा नयाँ कोरोना संक्रमित थपिएका हुन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको कोरोना परिक्षणमा तुलसीपुरमा ७ जना कोरोना संक्रमित थपिएका छन् । तुलसीपुरबाट संकलन गरिएको १०३ जनाको स्वाव परिक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये ३ जना भारतबाट...

कोरोना संक्रमणका कारण रुकुम पश्चिम सिल

दाङ, ८ भदौ । कोरोना संक्रमण तीव्र रुपमा फैलिएका कारण रुकुम पश्चिमका ३ वटा स्थानीय तह सिल गरिएको छ । रुकुम पश्चिममा आइतबार एकैदिन १८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममले आज बिहान ४ बजेदेखि भदौ १४ गते राति १२ बजेसम्मका लागि जिल्लाका मुसिकोट नगरपालिका, सानीभेरी गाउँपालिका र आठविसकोट नगरपालिकाको वडा नम्बर ९ , ११...

अति बिपन्न २ सय परिवारलाई दार्मा सरकारको राहत

दाङ, २२ साउन । दार्मा गाउँपालिका सल्यानले गाउँपालिकाका बिपन्न परिवारलाई राहत वितरण गरेको छ । गाउँपालिकाले  ६ वटै वडाका २०० परिवारलाई राहत वितरण गर्ने योजना अनुरुप मङ्गलबार वडा नं. २ र ३ का ५१ परिवार, बुधबार वडा नं. ४ र ६ लगायतका ६० परिवार र आज बिहीबार वडा नं. १ र ५ लगायतका ३६ परिवारलाई राहत वितरण गरेको थियो...

कुन पुस्तकले पाउला २०७६ को मदन पुरस्कार ?

दाङ, २१ साउन । २०७६ सालको मदन पुरस्कारका लागि ७ पुस्तकहरु छानिएका छन् । उपलब्ध पुस्तकहरुमध्येबाट श्रेष्ठ पुस्तकहरुको सूची तयार पार्न गठित समितिले ७ वटा पुस्तकहरु छनौट गरेको मदन पुरस्कार गुठीले जनाएको छ । यस वर्ष मदन पुरस्कारका लागि मनोनयनमा परेका पुस्तकहरुमा विमल निभाको ‘जोकरको बन्दुक’, तीर्थ श्रेष्ठको ‘धर्सैधर्साको चक्रव्यूह’, भुवन ढुङ्गानाको ‘परित्यक्ता’, योगी धर्महारसको ‘महारसनिघण्टु९खण्ड१–३०’, चन्द्रप्रकाश बानियाँको ‘महारानी’, ललित...

सुनको मूल्य हालसम्मकै उच्च : तोलाको एक लाख नाघ्यो

दाङ, २१ साउन । सुनको मूल्य बढेर तोलाको एक लाख एक हजार चार सय पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । सुनको भाउ एकैपटक १६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार छापावाला र तेजावी सुनको मूल्य मंगलबार बढेर एक लाख बढी पुगेको हो । बढेको भाउ अनुसार छापावाला सुनको मूल्य तोलाको एक लाख...

जीपको ठक्करबाट दाङमा दुईजना पैदलयात्रुको मृत्यु

दाङ, ११ साउन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको पिपरीमा भएको सवारी दुर्घटनामा दुईजना पैदलयात्रुको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ गइरहेको बा २० च ५७४४ नम्बरको जीपले ठक्कर दिँदा राप्ती गाउँपालिका–८ पिपरीका ५० वर्षीय राजकुमार चौधरी र ८ वर्षीय निशान चौधरीको मृत्यु भएको हो । शनिबार बेलुका जीपको ठक्करबाट घाइते भएका पाँचजना पैदलयात्रुमध्ये राति राजकुमारको उपचारका क्रममा कोहलपुर र निशानको बुटवलमा मृत्यु...

अतिबिपन्न ३ सय ६५ परिवारलाई दार्माको राहत प्याकेज

दाङ, ११ साउन । दार्मा गाउँपालिका सल्यानले ३ सय ६५ अतिबिपन्न परिवारलाई राहत वितरण गर्ने भएको छ । कोरोना महामारीका कारण ४ महिना लामो बन्दाबन्दीमा परेका तथा सलह प्रकोप/बाढी/पहिरो जस्ता बिपद्का कारण छाक टार्न समस्या परेका परिवारलाई राहत वितरण गर्न लागेको गाउँपालिका अध्यक्ष निमबहादुर केसीले बताउनुभयो । अध्यक्ष केसीका अनुसार २ सय घरपरिवारलाई वडाको सिफारिसका आधारमा राहत वितरण गरिने छ...

ताजा समाचार