न्यूनतम रोजगारमा संलग्न हुन चाहनेलाई प्रधानमन्त्री रोजगार कार्यक्रमको फाराम खुल्यो
दार्मा, ३१ असार । प्रधानमन्त्री रोजगार कार्यक्रमले न्यूनतम रोजगारीमा संलग्न हुन चाहने बेरोजगारका लागि फाराम खुला गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सम्पूर्ण स्थानीय तहहरुलाई २०७७ असार ३० गते भएको पत्रानुसार प्रधानमन्त्री रोजगार कार्यक्रममा संलग्न हुन चाहने बेरोजगारहरुलाई सूचीकृत हुन एक महिनाको अवधि दिइएको छ ।
बेरोजगारहरुले स्थानीय तहमा रहेको रोजगार सेवा केन्द्रमा गई सूचीकृत हुन २०७७...
दार्माका २ सय २९ जनाकै पिसिआर रिपोर्ट नेगेटिभ !
दाङ, २१ असार । दार्मा गाउँपालिका सल्यानबाट सङ्कलन गरिएका २ सय १० स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । गाउँपालिकामा कार्यरत दुईजना कर्मचारीसहित ५ जनामा कोरोना पोजेटिभ देखिएपछि गाउँपालिकाले यही असार १६ गते गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, स्थानीय व्यवसायीहरुको समेत स्वाब सङ्कलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ पठाएको थियो ।
स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले २ सय १०...
कर्मचारीमा सङ्क्रमण देखिएपछि दार्मा गाउँपालिकाद्वारा २ सय २९ जनाको स्वाब सङ्कलन
दार्मा, १६ असार । दार्मा गाउँपालिका सल्यानले आज मङ्गलबार छैठौँ चरणमा २ सय २९ जनाको स्वाब सङ्कलन गरेको छ । गाउँपालिकाका २ जना कर्मचारीसहित ५ जनामा कोरोना पुष्टी भएपछि गाउँपालिकाले सम्पूर्ण जनप्रतिनिधि, पालिका मातहतका कर्मचारी, स्वास्थ्यकर्मी र सङ्क्रमितको सम्पर्कमा आएकाहरुलाई ट्रेसिङ गरी स्वाब सङ्कलन गरेको हो ।
त्यसैगरी स्थानीय व्यवसायी, होटल सञ्चालक, सुरक्षाकर्मीहरुको समेत स्वाब सङ्कलन गरिएको गाउँपालिकाले जनाएको छ...
दार्मा गाउँपालिकाका कर्मचारीमा कोरोना सङ्क्रमण, तत्कालका लागि सबै सेवा बन्द
दार्मा, १५ असार । दार्मा गाउँपालिका सल्यानमा थप ५ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । गाउँपालिकाका दुई कर्मचारी र दुईवटा क्वारेन्टाइनमा बसिरहेका ३ जना गरी ५ जनामा सङ्क्रमण पुष्टी भएको हो । सङ्क्रमितहरु वडा नं. १ का १ जना, वडा नं. ५ का ३ जना र वडा नं. ६ का १ जना रहेका छन् ।
कोरोना सङ्क्रमण पुष्टी भएसँगै...
कोरोना सङ्क्रमित मुक्त भयो दार्मा गाउँपालिका
दार्मा, १२ असार । दार्मा गाउँपालिका सल्यानका कोरोना सङ्क्रमित सबै कोरोनालाई जितेर घर फर्किएसँगै गाउँपालिका कोरोना सङ्क्रमणबाट मुक्त भएको छ । भारतका विभिन्न स्थानबाट आएका व्यक्तिहरुको परीक्षणका क्रममा गत जेठ २० गते ९ जनामा सङ्क्रमण भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले पुष्टी गरेको थियो ।
सल्यान खलङ्गामा स्थापना गरिएको आइसोलेशनमा बसेका सङ्क्रमितमध्ये ६ जना यसअघि नै कोरोनालाई जितेर घर फर्किसकेका...
स्वास्थ्य र रोजगारीको प्राथमिकतासहित दार्माको नीति कार्यक्रम सार्वजनिक
दार्मा, ०९ असार । दार्मा गाउँपालिका सल्यानले स्वास्थ्य र रोजगारीलाई पहिलो प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०७७/०७८ को लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष निमबहादुर केसीले सोमबार ‘रोकौँ महामारी, उठाऔँ पूर्वाधार, बढाऔँ उत्पादन, बनौँ स्वरोजगार’ भन्ने मूलनारासहित गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।
कोरोना सङ्क्रमण विश्वभर महामारीका रुपमा फैलिएको अवस्थामा गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा...
राप्ती गाउँपालिकालाई २ सय थान भिटिएम प्रदान
तिर्थराज ज्ञवाली
मसुरीया (देउखुरी दाङ), ३२ जेठ । फ्लोरेन्स अस्पताल लमहीले कोरोना भाइरस परीक्षणका लागि आवस्यक पर्ने भिटिएम आइतवार राप्ती गाउँपालिका लाई प्रदान गरिएको छ ।
दाङ जिल्लाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्याटेलाईट अस्पताल फ्लोरेन्स अस्पताल लमहीले २ सय थान भिटिएम राप्ती गाँउपालिका अध्यक्ष नुमानन्द सुवेदीलाई हुस्तान्तरण गर्नुभएको हो ।
डा. पुष्प भुसाल र डा. रेगनसिंह थापाको टोलीले गाँउपालिका अध्यक्ष सुवेदीलाई सामग्री हस्तान्तरण...
दार्मा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु
दार्मा, ३१ जेठ । दार्मा गाउँपालिका सल्यानले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतका आयोजनाहरु कार्यान्वयन सुरु गरेको छ । दार्मा गाउँपालिकाले वडा नं. २ को गाङ्गेखोला–झ्यारिबाङ सडक स्तरबृद्धि आयोजनाको शनिवार गाउँपालिका अध्यक्ष निमबहादुर केसी तथा उपाध्यक्ष टीका शर्मा ओलीले संयुक्तरुपमा नाला खनेर शुभारम्भ गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै अध्यक्ष केसीले गाउँठाउँमै सरकारले रोजगारीको अवसर सिर्जना गरेको भन्दै गुणस्तरीय काम गर्न निर्देशन दिनुभयो ।...
कोरोना संक्रमितको संख्या ४ हजार नाघ्यो
दाङ, २७ जेठ । थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टी भएसँगै नेपालमा संक्रमितको संख्या ४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मंगलबार पहिलो पटक इलाम जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । योसँगै कोरोना संक्रमण फैलिएको जिल्लाको संख्या...
लकडाउनले नरोकेको विकास, एकैदिन तीनवटा योजना आरम्भ
दार्मा, २७ जेठ । देश पुरै लकडाउनमा छ । नागरिकहरु घरभित्र बस्न बाध्य छन् । यातायातका साधन ठप्प छन् तर पनि दार्मा गाउँपालिकाको विकासका योजना भने रुकेका छैनन् । आइतबार एकैदिन गाउँपालिका अध्यक्ष निमबहादुर केसीले तीनओटा योजनाहरुको शुभारम्भ गर्नुभएको छ ।
गाउँपालिकाका अध्यक्ष केसीले आइतबार वडा नं. ४ को रारेचौर–पेदी–पुखात–फारुलाचौर सडक, वडा नं. ३ र ४ स्थित मौलाहाले–फारुला–दार्माकोट सडकस्तरबृद्धि र...













