‘गलत समाचार’ प्रकाशनप्रति बुद्ध हस्पिटलको ध्यानाकर्षण
दाङ, २० जेठ । बुद्ध हस्पिटल प्रालिको नाम जोडेर केही सञ्चार माध्यममा प्रकाशित समाचारप्रति विज्ञप्ति जारी गर्दै हस्पिटलले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सञ्चार माध्यमले बास्तविकता नबुझी एकतर्फी रुपमा हस्पिटलको बदनाम गर्ने उद्देश्यले समाचार प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रमुख कार्यकारी अधिकृत बालाराम शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘अन्य बिरामीहरुको उपचार भइरहेकोले कोरोनाको लक्षण मिल्दोजुल्दो बिरामी आउँदा उचित सल्लाह...
सल्यान दार्माका ९ जनामा कोरोना संक्रमण पुष्टी
दार्मा, २० जेठ । सल्यानको दार्मा गाउँपालिकाका ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कार्णाली प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार दार्मा गाउँपालिकामा संक्रमित पुष्टी भएकाहरु वडा नं. १ का ३९ वर्षीय, वडा नं. २ का ३६ र ४२ वर्षीय, वडा नं. ३ का ३५ र ३९ वर्षीय, वडा नं. ४ का ३४, ४०, ४०, ५० वर्षका...
बाँके दुर्घटनामा मृत्यु भएका १२ जनाकै सनाखत
दाङ, १९ जेठ । बाँकेको ठुरिया जंगलमा गएराति भएको सवारी दुर्घटनामा ज्यान गुमाउने १२ जनाकै सनाखत भएको छ । मृत्यु हुनेमा चालक गुराँस गाउँपालिका ४ दैलेखका दानबहादुर खड्का र सह चालक सुर्खेतको विरेन्द्रनगर नगरपालिका ३ तातोपानीका पवन भण्डारी रहेको प्रहरीले जानकारी दिएको छ ।
त्यसैगरी राजपुर गाउँपालिका ६ दाङका रामकुमार पुन, रुन्टीगढी ६ रोल्पाका मोहनचन्द्र विक, थवाङ ३ का नरेन्द्र विक, सोही...
थप १३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ हजार ८ सय ११
दाङ, १९ जेठ । कोरोना भाइरसबाट दुई बालबालिकासहित १३ जनामा थप संक्रमण पुष्टी भएको छ । आजै २ सय २६ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि जानकारी गराएको थियो । योसँगै एकैदिन कोरोनाबाट संक्रमित हुनेको संख्या २ सय ३९ पुगेको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा सोमबार गरिएको परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा...
सल्यानका थप १० जनामा कोरोना संक्रमण पुष्टी
सल्यान, १९ जेठ । सल्यानका थप १० जनामा कोरोना संक्रमण भएको पुष्टी भएको छ । यी संक्रमित पनि यसअघि २५ जना संक्रमित पुष्टी भएको वनगाड कुपिण्डे नगरपालिकाकै रहेका छन् । योसँगै जिल्लामा कोरोना संक्रमितको सख्या ३५ पुगेको छ । संक्रमित हुनेहरु सबै भारतबाट आएका व्यक्तिहरु रहेका छन् ।
सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पीसीआर विधिबाट गरिएको परीक्षणमा १०...
थप २२६ जनामा कोरोना संक्रमण, १ हजार ७ सय ९८ पुगे संक्रमित
दाङ, १९ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा सोमबार थप २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो । यो अहिलेसम्मकै धेरै संख्या हो ।
मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या १ हजार ७९८ पुगेको जानकारी दिनुभयो ।
संक्रमित हुनेमा सबैभन्दैदा...
बाँके दुर्घटना अपडेट : दाङका एकसहित ३ जनाको सनाखत
दाङ, १९ जेठ । ठुरेको जंगलमा १२ जनाको ज्यान जानेगरि भएको सवारी दुर्घटनामा परेका दाङका एक जनासहित ३ जनाको सनाखत भएको छ ।
ज्यान जानेमा राजपुर गाउँपालिका–६ निबासी २१ बर्षका राजकुमार पुन, दैलेखको गुराँस गाउँपालिका–४ निबासी ३५ बर्षका चालक दानबहादुर खड्का, सुर्खेतको विरेन्द्र नगर नगरपालिका ३ तातोपानी निवासी २३ बर्षका पवन भण्डारी, रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हृदय...
बाँके दुर्घटना : घाइते तथा मृतक सबैको पिसिआर रिपोर्ट नेगेटिभ
नेपालगञ्ज, १९ जेठ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाँके खण्डमा गएराती भएको दुर्घटनामा परेका ३३ जनाकै पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
भारतबाट नेपालगञ्ज नाका हुँदै भित्रिएका ३३ जना ना ५ ख ५९९५ नम्बरको फोर्स गाडीमा सल्यानतर्फ जादै गर्दा ठुरिया जंगलमा दुर्घटना परेका थिए । दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो भने २१ जना घाइते भएका छन् ।
मृतक र घाइते सबैको सोमबार...
पछिल्लो २४ घण्टामा १६६ जनामा कोरोना संक्रमण पुष्टि
दाङ, १८ जेठ । पछिल्लो २४ घण्टामा १६६ जनामा कोरोनाको सङ्क्रमन पुष्टि भएको छ । संक्रमित मध्ये १४५० जना पुरुष र ११७ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या १ हजार ५६७ पुगेको छ ।
संक्रमित हुनेमा तनहुँका १ जना, स्याङ्जाका २ जना, पर्साका ५ जना, कालिकोटका १८ जना, दैलेखका १८ जना, बाजुराका १...
जेठ ३२ गतेसम्म लम्बियो लकडाउन
दाङ, १७ जेठ । कोरोना भाइरसका कमरण जारी लकडाउनलाई सरकारले जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप्ने निर्णय गरेको हो ।
सरकारले चैत ११ गतेदेखि गरेको लकडाउन जेठ २० गते समाप्त हुँदै थियो । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेपछि सरकारले पुनः लकडाउन थप्ने निर्णय गरेको हो ।
असार...










