कोरोना संक्रमितको संख्या ४ हजार नाघ्यो

दाङ, २७ जेठ । थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टी भएसँगै नेपालमा संक्रमितको संख्या ४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मंगलबार पहिलो पटक इलाम जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । योसँगै कोरोना संक्रमण फैलिएको जिल्लाको संख्या...

लकडाउनले नरोकेको विकास, एकैदिन तीनवटा योजना आरम्भ

दार्मा, २७ जेठ । देश पुरै लकडाउनमा छ । नागरिकहरु घरभित्र बस्न बाध्य छन् । यातायातका साधन ठप्प छन् तर पनि दार्मा गाउँपालिकाको विकासका योजना भने रुकेका छैनन् । आइतबार एकैदिन गाउँपालिका अध्यक्ष निमबहादुर केसीले तीनओटा योजनाहरुको शुभारम्भ गर्नुभएको छ । गाउँपालिकाका अध्यक्ष केसीले आइतबार वडा नं. ४ को रारेचौर–पेदी–पुखात–फारुलाचौर सडक, वडा नं. ३ र ४ स्थित मौलाहाले–फारुला–दार्माकोट सडकस्तरबृद्धि र...

तुलसीपुरचोकमा भानुभक्तको शालिक राख्न आग्रह

दाङ, २५ जेठ । दाङका साहित्यिक संस्था एवं साहित्यकारहरुले घोराही–१५ स्थित भानुचोक (तुलसीपुर चोक)मा आदिकवि भानुभक्त आचार्यको शालिक राख्न घोराही उपमहानगरपालिकालाई आग्रह गरेका छन् । उपमहानगरपालिकाले उत्त चोकमा घोडाको प्रतिमा राख्ने गरेको निर्णयप्रति उनीहरुहरुले ध्यानार्कषण जनाएका छन् । तत्कालीन त्रिभुवन नगरपालिकाले नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको प्रतिमा घोराहीको भानुचोक (तुलसीपुर चोक)मा राख्ने निर्णय गरेकोमा अहिले घोडाको प्रतिमा राख्न थालेको निर्णयप्रति...

युगबोधले गर्‍यो कर्मचारीहरुको कोरोना बिमा

दाङ, २५ जेठ । दाङको घोराहीबाट प्रकाशित हुँदै आएको नयाँ युगबोध राष्ट्रिय दैनिकले कर्मचारीहरुको कोरोना बिमा गरेको छ । कार्यरत पत्रकार, कर्मचारी, स्तम्भकार तथा वितरकहरुका लागि कोरोना बिमा गरिएको पत्रिकाले जनाएको छ । पत्रिकाका प्रकाशक सम्पादक प्रताप रेग्मीले कोरोना महामारीको अवस्थामा पनि नागरिकहरुलाई सुसूचित गर्ने कार्यमा खट्ने पत्रिकाका पत्रकार, कर्मचारी, स्तम्भकार र वितरकहरुका लागि प्रतिव्यक्ति ५० हजारको कोरोना विमा गरिएको...

दार्माका संक्रमितको आरडिटी नेगेटिभ : स्वास्थ्य मन्त्रालयद्वारा खरिद किट नै गुणस्तरहीन !

दार्मा, २३ जेठ । स्वास्थ्य मन्त्रालयद्वारा खरिद गरिएका आरडिटी किटमाथि नै प्रश्न उठेको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानद्वारा हस्तान्तरित किटबाट दार्मा गाउँपालिकामा कोरोना पुष्टी भएका नौजनामा गरिएको परीक्षणमा एन्टीबडी नेगेटिभ देखिएको छ । शुक्रबार दार्माको आइसोलेसनमा रहेका व्यक्तिमा गरिएको आरडिटी परीक्षणमा संक्रमितको शरीरमा एन्टीबडी नबनेको अर्थात कोरोना संक्रमण नभएको रिपोर्ट आएको दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले बताउनुभयो । अध्यक्ष...

पछिल्लो २४ घण्टामा २ सय १ जनामा कोरोना पुष्टी, २३ सय पुगे संक्रमित

दाङ, २१ जेठ । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २३ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । थपिएका नयाँ संक्रमितहरुमा धनकुटा र सप्तरीका १/१ जना,ताप्लेजुङका ३, पाँचथरका १ , पर्साका ७ , दैलेखका १ , सल्यानका ३...

कोरोनाका कारण थप एकजनाको मृत्यु

दाङ, २१ जेठ । नेपालमा कोरोना भाइरसका कारण थप एकजना मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार कोरोनाका कारण दोलखाको ७६ वर्षीय पुरुषको मृत्यु भएको हो । मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले यसको पुष्टी गर्नुभएको हो । देवकोटाकाअनुसार जेठ १३ गते काठमाडौं मेडिकल कलेज सिनामंगल भर्नामा भएका उहाँलाई हेमोराइजिक स्ट्रोक भएको थियो । अपरेसन गरिएका...

स्वास्थ्यमा समस्या देखिएपछि बेलझुण्डीमा रहेका संक्रमितलाई रिफर गरियो

दाङ, २० जेठ । ज्वरो नरोकिएपछि कोरोना विशेष अस्पताल बेलझुण्डीबाट एकजना कोरोना संक्रमितलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ । बेलझुण्डीमा उपचार सम्भव नभएपछि धागो कोरोना विशेष अस्पताल बुटवल रिफर गरिएको कोरोना विशेष अस्पताल बेलझुण्डीका सदस्य सचिव डा. सर्वेश शर्माले जानकारी दिनुभयो । अस्पतालमा राखेर तीन दिनसम्म उपचार गर्दासमेत ज्वरो नघटेपछि बबई गाउँपालिका–६ निबासी ३० बर्षका युवकलाई मंगलबार बिहान ११...

एकैदिन थपिए २ सय ८८ संक्रमित, संक्रमितको संख्या २ हजार ९९ पुग्यो

दाङ, २० जेठ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मंगलबार २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै स‌ंक्रमितको संख्या २ हजार ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो...

पालिकामा संक्रमित भेटिएपछि अध्यक्षको प्रेस नोट : संयमित र उच्च सतर्कताका साथ कोरोना नियन्त्रणमा जुटौँ

दार्मा, २० जेठ । दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले संयमित र उच्च सतर्कताका साथ कोरोना नियन्त्रणमा जुट्न सबैमा आग्रह गर्नुभएको छ । गाउँपालिकामा पहिलो पटक ९ जनामा कोरोना संक्रमणको पुष्टी भएपछि अध्यक्ष केसीले प्रेस नोट जारी गर्दै कोरोना नियन्त्रणका लागि व्यवस्थित ढङ्गले सबै उपायहरु अबलम्बन गरिने बताउनुभएको हो । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण...

ताजा समाचार