राइखलियान–पातुखोला पक्की पुलको मुख्यमन्त्रीद्वारा शिलान्यास

दाङ, २५ मङ्सिर । राइखलियानदेखि टिकरी जोड्ने पक्की पुलको आज शिलान्यास गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले तुलसीपुर उपमहानगरपालिका वडा नं. १० राइखलियानदेखि वडा नं. ८ को टिकरी जोड्ने पक्की पुलको शिलान्यास गर्नुभएको हो । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले पश्चिम दाङ विकासबाट पछि पर्नेमा चिन्ता नगर्न भन्दै लुम्बिनी प्रदेशका सम्पूर्ण क्षेत्रको विकास हुने बताउनुभयो ।...

बुवाको सम्झनामा सेवा केन्द्रमा खाद्यान्न सहयोग

दाङ, २० मङ्सिर । आफ्ना स्वर्गीय पिताको सम्झनामा घोराहीका दुर्गा भुषाल खत्रीले असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्रमा खाद्यान्न तथा अन्य सामग्री सहयोग गर्नुभएको छ । पिता मुक्तिराम भुषाल खत्रीको स्वर्गारोहणको २० दिनको अवसरमा घोराही १७ निवासी उहाँले देउखुरीको नीलसागर सेवा केन्द्रमा सहयोग गर्नुभएको हो । बुवाको सम्झनामा आफूले सहायक, अशक्तहरुलाई सहयोग गरेको खत्रीले बताउनुभयो । उहाँले सेवा केन्द्रलाई...

सुकौरालाई थारु समुदायको विशेष गन्तव्यस्थल बनाइने

दाङ, २० मङ्सिर । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले वडा नं. ११ को सुकौरालाई थारु समुदायको विशेष गन्तव्यस्थलका रुपमा विकास गरिने बताउनुभएको छ । वडा नं. ११ को सुकौरामा आयोजित प्रतीक्षालय उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले थारुहरुको इतिहास बोकेको सुकौराकोटको विकासका लागि गुरुयोजना तयार भइसकेको भन्दै सम्पूर्ण पर्यटकीय पूर्वाधारहरुसहित विकास गरिने बताउनुभएको हो । स्थानीय सरकारले यो ग¥यौँ भन्नुभन्दा...

सेतो रिबन बाँधेर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

दाङ, १० मङ्सिर । तुलसीपुर उपमहानगरपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको एक कार्यक्रमकाबीच उद्घाटन गरेको छ । “लैंगिक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति, समाज र सबैको प्रतिबद्धता” भन्ने मूल नाराका साथ आजदेखि सुरु भएको अभियानमा तुलसीपुर क्षेत्रका सरोकारवाला संघसंस्था तथा तुलसीपुर उपमहानगरपालिका महिला, बालबालिका तथा सामाजिक विकास शाखाको आयोजनामा भएको कार्यक्रमका सहभागीहरुले सेतो रिबन बाँधेर कार्यक्रमको सुरुवात गरेका हुन् ।कार्यक्रममा...

रक्तदान र अन्तक्र्रिया गरी अन्तर्राष्ट्रिय अपाङ्गता अधिकार दिवस मनाइने

दाङ, ९ मङ्सिर । तुलसीपुर उपमहानगरपालिकाले अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाउन सरोकारवालासँग छलफल गरेको छ । तुलसीपुर उपमहानगरपालिका महिला, बालबालिका तथा सामाजिक विकास शाखाले दिवसबारे सरोकारवालासँग छलफल गरेको हो । डिसेम्बर ३ (मङ्सिर १८ गते)मा अपाङ्ग समाज सुधार केन्द्रको भवन उद्घाटन गर्दै सरोकारवालासँग अन्तक्र्रिया गरी दिवस मनाउने निर्णय भएको महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख विष्णु आचार्यले जानकारी दिनुभयो ।...

दार्माका ३५ स्वाबमध्ये एउटा रिपोर्ट पोजेटिभ

दाङ, ९ मङ्सिर । दार्मा गाउँपालिकामा लिइएका ३५ स्वाब परीक्षणका क्रममा एकजनाको कोरोना पोजेटिभ रिपोर्ट आएको छ । कोरोना सङ्क्रमणको अवस्था परीक्षणका लागि गाउँपालिकाले यही ७ गते ३५ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाएको थियो । दाङमा पोजिटिभ केससित कन्ट्याक्ट ट्रेसिङमा रहनुभएका दार्मा गाउँपालिका वडा नं. १ का ४९ वर्षीय पुरुषमा मात्र पोजिटिभ देखिएको गाउँपालिका अध्यक्ष निमबहादुर केसीले जानकारी दिनुभयो...

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकियो छठ

दाङ, ६ मङ्सिर । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सकिएको छ । बिहान देशभर विभिन्न पोखरी, नदी, इनारलगायतको पानीको स्रोत भएको ठाउँबाट व्रतालुले सूर्यलाई अर्घ्य दिएका छन् । माटोको घैला, दियो, ढकनी, सर्वी, हात्ती, पानालगायतका सामग्रीसहित बाँसको कोनिया, ढक्की, नाङ्लोमा केरा, ठकुवा, भुसवा, खजुरीलगायतका परिकार राखेर जलाशयमा शरीर डुबाउँदै उदाउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ ।दाङको घोराहीमा पनि हिजो अस्ताउँदो सूर्यलाई...

भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा

दाङ, १ मङ्सिर । तिहारको मुख्य दिन आज दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर मनाइँदै भाइटीका पर्व मनाइँदै छ । यस दिन दाजुभाइ–दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्दछन् । टीका लगाइदिइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिन्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने परम्परा छ...

देउखुरीका चारै पालिकामा आइसोलेसन सेन्टर, प्राविधिक शिक्षालयको आइसोलेसन अब बन्द हुने

तिर्थराज ज्ञवाली मसुरिया (देउखुरी दाङ), २३ कात्तिक । देउखुरीका चारै पालिकामा अब आफ्नै आइसोलेसन सेन्टर स्थापना हुने भएको छ । चार पालिकाबाट संयुक्त रुपमा सञ्चालनमा आएको राप्ती गाउँपालिकाको राप्ती प्राविधिक शिक्षालयमा रहेको कोरोना विशेष देउखुरी आइसोलेसन सेन्टर मंसिर १ गतेबाट बन्द हुने भएपछि छुट्टाछुट्टै आइसोलेसन स्थापना गर्ने निर्णय भएको हो । कोरोना विशेष देउखुरी आइसोलेसन सेन्टर रहेको राप्ती प्राविधिक शिक्षालय भवन...

जेष्ठ नागरिकलाई सहयोगी सामग्री

तिर्थराज ज्ञवाली मसुरिया (देउखुरी दाङ), २३ कात्तिक । राप्ती गाउँपालिका दाङले ८० वर्ष माथिका जेष्ठ नागरिकलाई सहयोगी सामग्री उपलब्ध गराएको छ । आइतवार वडा नं १, २ र ३ मा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्वाकुमारी चौधरी, वडा अध्यक्ष जगतबहादुर थापा, तारा बहादुर डिसीलगायतको सहभागितामा जेष्ठ नागरिकलाई सहयोगी सामग्री उपलब्ध गराइएको हो । राप्ती गाउँपालिका तथा लुम्विनी प्रदेश मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको...

ताजा समाचार