थप २ जनामा कोरोना सङ्क्रमण : सङ्क्रमितको स‌ङ्ख्या ५१ पुग्यो

दाङ, १४ वैशाख । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५१ पुगेको छ । आइतबार पर्सामा दुई जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ५१ पुगेको हो । पर्साको वीरगन्ज निवासी दुई जना ५० वर्षीय पुरुषहरुमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले विज्ञप्तिमार्फत जानकारी गराउनुभएको छ । सङ्क्रमितको स्वास्थ्‍य अवस्था सामान्‍य रहेको पनि मन्त्रालयले जानकारी दिएको छ । कोरोनाबाट सङ्क्रमित भई उपचाररत १२...

सहकारीमार्फत सहुलियत खाद्यान्न उपलब्ध गराउँदै गाउँपालिका

दार्मा, ७ वैशाख । कोरोना भाइरसका कारण लामो समयदेखि भएको लकडाउनले नागरिकहरुमा खाद्यान्नको सहज आपूर्ति नभएपछि दार्मा गाउँपालिका सल्यानले गाउँपालिकामा रहेका सहकारीमार्फत खाद्यान्न उपलब्ध गराउन सुरु गरेको छ । स्थानीय बजारमा दैनिक उपभोग्य खाद्यान्न सामग्रीको अभाव एवं महङ्गी देखिएपछि त्यसलाई सहज बनाउन गाउँपालिकाले सहकारीमार्फत सेवा प्रवाह सुरु गरेको हो । सेवा प्रवाहको लागि जारी गरेको सूचना बमोजिम सूचीकृत हुन आएका...

कोरोनाको सङ्क्रमण रोक्न दार्मामा १ सय ३८ खोजी तथा निगरानी समूह

दार्मा, ६ वैशाख । दार्मा गाउँपालिका सल्यानले कोरोना भाइरसको सम्भावित सङ्क्रमण रोक्न गाउँपालिकाका ६ वटै वडामा खोजी तथा निगरानी समूह (आरएमटी) गठन गरेको छ । गाउँपालिकाले विदेश तथा नेपालका विभिन्न स्थानबाट फर्किएका व्यक्तिहरुको खोजी गर्न २५ घरलाई हेर्नेगरी समूह गठन गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्काले जानकारी दिनुभयो । गठन गरिएका समूहले गाउँपालिका भित्रिएका व्यक्तिहरुको लगत सङ्कलन गर्ने...

घोराही ७ का बिपन्नलाई खाद्यान्न सहयोग

दाङ, ५ वैशाख । घोराही उपमहानगरपालिका वडा नंं. ७ घसेलास्थित गोरक्ष टोलमा रहेका नौ घर बिपन्न परिवारलाई आज स्थानीय व्यक्तिहरुको पहलमा खाद्यान्न सहयोग गरिएको छ । टोल विकास संस्थाका अध्यक्ष माधव शर्मा, सदस्यहरु कृष्ण खड्का र दुर्गालाल केसीले व्यक्तिगतरुपमा १ सय २५ किलो चामल, नुन, तेल र दाल वितरण गर्नुभएको हो । नगरपालिकाबाट सहयोग आउन समय लाग्ने र बिपन्न परिवारलाई...

एकैदिन थपिए १४ जना सङ्क्रमित, सङ्क्रमितको सङ्ख्या ३० पुग्यो

दाङ, ५ वैशाख । नेपालमा एकैदिन १४ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३० पुगेको छ । स्वास्थ्य मन्त्रालयले उदयपुरमा १२ र चितवनमा २ जना थपिएको पुष्टि गरेको छ । मन्त्रालयका अनुसार चितवनमा पुष्टि भएकामा एक २७ वर्षीय र ६३ वर्षीय पुरुष छन्। उदयपुरमा संक्रमण पुष्टि भएकामाहरुमा पनि सबै पुरुष नै छन्। उनीहरुको उमेर ३४, २९,...

दार्मा गाउँपालिका अध्यक्ष केसीद्वारा नयाँ वर्षको शुभकामना

दार्मा, १ वैशाख । दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले नयाँ वर्ष २०७७ सालको शुभकामना व्यक्त गर्नुभएको छ । नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिँदै गाउँपालिका अध्यक्ष केसीले गाउँपालिकाबासीमा कोरोना भाइरसविरुद्ध एक भएर लाग्नुका साथै समृद्धि र विकासमा लागि एकताको आह्वान समेत गर्नुभएको छ । देश लकडाउनको अवस्थामा भएको भन्दै अध्यक्ष केसीले अत्यावश्यक सेवा सुविधा पालिकाले पु¥याउनेमा विश्वस्त रहन समेत आग्रह...

नगरप्रमुख चौधरीद्वारा नयाँ वर्षको शुभकामना व्यक्त

घोराही, १ वैशाख । घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले नयाँ वर्ष २०७७ सालको शुभकामना व्यक्त गर्नुभएको छ । नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिँदै नगरप्रमुख चौधरीले सम्पूर्ण नगरवासी तथा आम नेपालीहरुमा सुख, शान्ति, सुस्वास्थ्य एंवम् संवृद्धि संगै जनतामा सकारात्मक सोच र विचारको विकास हुन सकोस् र नयाँ वर्षले सबैलाई कोरोना संक्रमणबाट सुरक्षित राखोस् भन्ने शुभेच्छा समेत प्रकट गर्नुभएको छ...

कोरोना परीक्षणका लागि भोलि दार्माबाट स्वाब सङ्कलन गरिने

दार्मा, २५ चैत । दार्मा गाउँपालिका सल्यानले कोरोना भाइरसका सम्भावित सङ्क्रमितको नमुना सङ्कलन गर्ने भएको छ । भोलि बुधबार जनज्योति माध्यमिक विद्यालय फारुलाचौरमा बिहान १० बजेदेखि नमुना सङ्कलन गरिने गाउँपालिका अध्यक्ष निमबहादुर केसीले जानकारी दिनुभयो । चैत १ गतेपछि कतार, साउदी, मलेसिया लगायतका तेस्रो मुलुकबाट आएका सम्पूर्णको नमुना सङ्कलन गरिने छ भने भारत तथा नेपालका विभिन्न स्थानबाट आएका कोरोनाको...

नेपालमा कोरोना भाइरस दोस्रो चरणमा, थप तीनजनामा देखियो संक्रमण

दाङ, २२ चैत । धनगढीकी एक महिलामा कोरोना भाइरसको संक्रमण देखिएसँगै नेपालमा कोरोना भाइरस संक्रमणको दोस्रो चरणका बिरामी फेला परेकी छन्। धनगढीमा दुबईबाट दिल्लीहुँदै आएका युवकमा कोरोना भाइरसको संक्रमण देखिएको थियो। उनकै आफन्त महिलालाई शनिबार कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। यसअघि कोरोना भाइरसको संक्रमण भएका सबै केसहरु बाहिरबाट आएका महिला तथा पुरुषहरु थिए। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को प्रोटोकलअनुसार यसलाई कोरोना संक्रमणको...

त्रिभुवननगर जेसीजद्वारा उपमहानगरपालिकालाई खाद्यान्न सामग्री हस्तान्तरण

दाङ, १९ चैत । त्रिभुवननगर जेसीजले कोरोना सङ्क्रमणले विश्वभर महामारीको रुप लिएको बेला दैनिक ज्यालादारीमा काम गरेर साँझ बिहानको छाक टार्न समस्या भएकाहरुलाई सहयोग गर्न सङ्कलन गरेको खाद्य सामग्री घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ । जेसीजले देशमा भएको लकडाउनका कारण समस्यामा परेका परिवारलाई राहत उपलब्ध गराउने गरी ३ हजार किलो चामल, १ सय पच्चीस किलो दाल, एक सय लिटर खाने...

ताजा समाचार