नेपालगञ्जमा थप ९ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको संंख्या ६९ पुग्यो
दाङ, २१ वैशाख । वीरगञ्ज एक र नेपालगञ्जमा नाैसहित कुल १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले सो कुराको जानकारी गराउनुभएको हो ।
नेपालगञ्जमा संक्रमित भएका सात वर्षदेखि ५८ वर्षसम्म उमेर समूहकाे भएकाे र त्यसमा पाँच पुरूष र चार...
प्रदेश ५ मा भेटिए २ जना कोरोना सङ्क्रमित
दाङ, १९ वैशाख । प्रदेश नम्बर ५ को रुपन्देही र बाँकेमा आज नयाँ कोरोना सङ्क्रमित फेला परेका छन् । शुक्रबार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५९ पुगेको छ ।
दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको...
लकडाउनमा समस्या भयो ? अब ‘एक कल समस्या हल’
दाङ, १९ वैशाख । लकडाउनका कारण दैनिक उपभोग्य वस्तुको समस्या भयो ? यदि भयो भने यस्तो समस्यामा दाङका युवाहरुले सुरु गरेको ‘एक कल समस्या हल’ तपाईंको साथी बन्न सक्छ । दाङका युवाहरु अमर अधिकारी र भ्युराज थापा मगरले सुरु गरेको ‘एक कल समस्या हल’ले घरघरमै विना शुल्क सामान पुर्याउँदै आएको छ ।
३ वर्ष अगाडि सुरु भएको यो सेवा लकडाउनको...
“सहकारीद्वारा वितरित खाद्यान्न गुणस्तरीय”
दार्मा, १९ वैशाख । दार्मा गाउँपालिकास्थित सहकारीद्वारा सुपथ मूल्यमा उपलब्ध गराइएको चामल तोकिएको अनिवार्य गुणस्तरको रहेको गाउँपालिकाले जनाएको छ । स्थानीय व्यापारीबाट सहकारीद्वारा उपलब्ध गराइएको खाद्यान्न गुणस्तरहीन भएको अभिव्यक्ति आएपछि गाउँपालिकाले नमुना सङ्कलन गरी परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्ज पठाएको थियो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जको मिति २०७७।०१।१६ गतेको चलानी नम्बर ३६६ को...
दार्मा गाउँपालिकाद्वारा कक्षा ८ र ५ को नतिजा प्रकाशन, एसएमएसबाट समेत नतिजा थाहा पाउन सकिने
दार्मा, १९ वैशाख । दार्मा गाउँपालिका सल्यानले कक्षा ८ र ५ को नतिजा प्रकाशन गरेको छ । लकडाउनका कारण अभिभावक भेलामा नतिजा प्रकाशन गर्न नसकिएकोले दार्मा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले कक्षा ८ र ५ को नतिजा मोबाइल एसएमएसबाट थाहा पाउन सकिने गरी व्यवस्था मिलाएको शिक्षा शाखाका रोमप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।
आफ्नो नतिजा थाहा पाउनका लागि मोबाइलको एसएमएस...
रोल्पाको त्रिवेणीमा बम बिस्फोट हुँदा ४ बालबालिकाको मृत्यु
भुवन के.सी.
रोल्पा, १८ वैशाख । रोल्पाको त्रिवेणी गाउँपालिकामा भएको बम विष्फोटमा ४ जना बालबालिकाको ज्यान गएको छ । बिस्फोटमा परी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ की ११ वर्षीया बालिका विमला केसी, पाँच वर्षीय विजय केसी (विमलाका भाइ), १२ वर्षका गौरव नेपाली र त्रिवेणी गाउँपालिका वडा नम्बर ७ का १४ वर्षीय लाेकीराम डाँगी रहेको त्रिवेणी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष...
लकडाउन लम्बिएपछि घरघरमै सामाजिक सुरक्षा भत्ता
दार्मा, १८ वैशाख । दार्मा गाउँपालिका सल्यानले लकडाउनका कारण वितरण हुन नसकेको सामाजिक सुरक्षा भत्ता घरघरमै पुगेर वितरण थालेको छ । नेपाल सरकारले जेष्ठ नागरिक, दलित अन्य, एकल महिला, विधवा महिला, दलित बालबालिका तथा अपाङ्गहरुका लागि प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता लाभग्राहीको घरमै पुगेर वितरण गर्न वडा सचिवहरुलाई निर्देशन दिइएको गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले जानकारी दिनुभयो ।
विश्वभर फैलिएको...
बुद्ध हस्पिटलमा सहुलियतमा होलबडी चेकअप सुविधा
घोराही, १७ वैशाख । बुद्ध हस्पिटल प्रालि घोराही दाङले सहुलियतमा होलबडी चेकअपको प्याकेज ल्याएको छ । बुद्ध हस्पिटल प्रालिका कार्यकारी अधिकृत बालाराम शर्माले ३ हजार ५ सय रुपैयाँमा नै यो सेवा उपलब्ध गराइने जानकारी दिनुभयो ।
होलबडी चेकअप प्याकेज अन्तर्गत RBS, CBC, RFT, Lipid Profile, Urine RE, Chest X-Ray, ECG, USG Abdomin, OPD of Physician रहेको प्रमुख शर्माले जानकारी दिनुभयो...
बलिउड अभिनेता इरफान खानको निधन
दाङ, १७ वैशाख । बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा मंगलबार उनको निधन भएको हिन्दूस्तान टाइम्सले जनाएको छ ।
अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि खानलाई हिजै अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । खानका प्रवक्ताले उनलाई ‘कोलन इन्फेक्सन’ भएको बताएका थिए ।
कुशल अभिनयका लागि चिनिएका इरफानले सलाम बम्बे, मकबुल, पान सिंह तोमर,...
कोरोना सङ्क्रमितको सङ्ख्या ५७ पुग्यो
दाङ, १७ वैशाख । नेपालमा थप तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार तीनजना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ५७ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको नमूना परीक्षणमा बाराका दुई र पर्साका एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये १६ जना निको भएर घर फर्किएका छन्।
संक्रमित हुनेमा बाराको जितपुर सिमरा नगरपालिकाका ४३...












