अनाथ बालबालिकाको अभिभावकत्व ग्रहण गरेकालाई गाउँपालिकाको सम्मान
सल्यान, १६ माघ । दार्मा गाउँपालिका सल्यानले गाउँपालिकाका अनाथ बालबालिकाको अभिभावकत्व ग्रहण गरेका अभिभावकहरुलाई सम्मान गरेको छ । गाउँपालिकाको शिक्षा शाखाद्वारा आयोजित एक कार्यक्रममा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले ८ जना बालबालिकाको अभिभावकत्व ग्रहण गरेका अभिभावकहरुलाई सम्मान गर्नुभएको थियो ।
बाबु आमाको मृत्यु तथा अन्य विभिन्न कारण अनाथ बनेका बालबालिकाहरुको अभिभावकत्व ग्रहण गरेकोमा काँशे खत्री, लवे खत्री, बटौरी कामी, ठगे डाँगी,...
महोत्सवमा दर्शकको आकर्षण बढ्दै
घोराही, १३ माघ । दाङ चेम्बर अफ कमर्सको आयोजनामा माघ १० देखि गतेदेखि घोराहीमा शुरु भएको ‘नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रबद्र्धन व्यापारिक एवं कृषि औद्योगिक महोत्सव–२०७६’ को चौथो दिनमा आइपुग्दा दर्शकहरुको आकर्षण बढिरहेको छ । तेस्रो दिनको तुलनामा चौंथो दिन सोमवार दर्शहरुको संख्या निकै बढेको चेम्वर अफ कमर्स दाङका अध्यक्ष एवम् महोत्सव मूल आयोजक समितिका संयोजक श्रीधर महराले...
रिजाल परिवारलाई ६८ लाख बिमा दाबी भुक्तानी
घोराही, ११ माघ । नेपाल लाइफ ईन्स्योरेन्स कम्पनी दाङ शाखाले स्वर्गीय ऋषिराम रिजालको परिवारलाई शनिबार बिमा दावी भुक्तानी गरेको छ । घोराही उपमहानगरपालिका १५ का रिजालले ६ वर्ष अघि जीवन समृद्धि बिमा योजना अन्तर्गत ५० लाखको बिमा गर्नुभएको थियो ।
बिमा बापतको ५० लाख बिमाङ्क, १८ लाख ६० हजार बोनस, अग्रीम भुक्तानी बापतको चार वर्षको रकम १५ लाख गरी ८३...
हात्तिपाइले रोग विरुद्ध औषधि सेवन अभियानबारे छलफल
तिर्थराज ज्ञवाली
मसुरीया (देउखुरी दाङ), १० माघ । राप्ती गाउँपालिका स्वास्थ्य शाखाले हात्तिपाइले रोग विरुद्ध आम नागरिकलाई सहज र सरल तवरले औषधि सेवन गराउका लागि सरोकारवालाहरुसंग छलफल गरेको छ । हात्तिपाइले रोग विरुद्ध औषधि खुवाउने दिन नजिकिदै गर्दा योजना निर्माण तथा गत वर्षको उपलब्धीबारे समीक्षाको लागि सरोकारवालाहरुसँग छलफल गरिएको हो ।
शुक्रबार राप्ती गाउँपालिकामा भएको कार्यक्रममा हात्तिपाइले रोगका बारेमा जानकारी दिइनुका...
एक कल समस्या हलको वार्षिकोत्सवमा निःशुल्क ल्याब सेवा
दाङ, ११ माघ । एक कल समस्या हल घोराही दाङले घोराहीका ज्येष्ठ नागरिकहरुका लागि शुक्रबार स्वास्थ्यको ल्याब परीक्षण गरेको छ । स्थापनाको ३ वर्ष पूरा भएको अवसरमा निःशुल्क ल्याब परीक्षण गरिएको सञ्चालक अमर अधिकारीले बताउनुभयो ।
घोराही १५ मा रहेको ज्येष्ठ नागरिक सेवा केन्द्रमा ८४ जना ज्येष्ठ नागरिकहरुको ल्याब परीक्षण गरिएको आयोजकले जनाएको छ । निःशुल्क ल्याब सेवामा ज्येष्ठ नागरिकहरुको...
गाउँपालिकाका तीन स्थानमा सेवा केन्द्र स्थापना
दार्मा, २९ पुस । दार्मा गाउँपालिका सल्यानले गाउँपालिकाका विभिन्न तीन स्थानमा कृषि तथा पशु सेवा केन्द्र स्थापना गरेको छ । साविकका भल्चौर, ढाकाडाम, दार्माकोट गाविसलाई आधार बनाएर सेवा केन्द्र स्थापना गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्काले जानकारी दिनुभयो ।
गाउँपालिकाले पुस २३ गते दार्मा गाउँपालिका वडा नं. ४ भल्चौरबाट सेवा आरम्भ गरी हाल तीनवटै स्थानबाट सेवा दिइरहेको छ ।...
राप्ती ईञ्जिनियरिङ कलेजद्वारा सप्ताहव्यापी खेलकुदको समापन
घोराही, २८ पुस । राप्ती इञ्जिनियरिङ कलेजद्वारा आयोजित सप्ताहव्यापी खेलकुद प्रतियोगिताको पुरुस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कलेजमा अध्ययनरत ब्याचुलर, डिप्लोमा तथा प्राविधिक एसएलसी तहका छात्रा–छात्रलाई खेलकुदप्रति जागरुक बनाउने उद्देश्यका साथ सप्ताव्यापी खेलकुद प्रतियोगिताको आयोजना गरेको कलेजले बताएको छ । कलेजले ब्याडमिन्टन, कुर्ची दौड, घैँटा फोड, वक्तृत्वकला, तातो आलु, सटपुट, दौड, चेस, हाजिरीजवाफ, फुटवल, क्रिकेट, भलिवल, बास्केटबल, टेबलटेनिस,...
कर्णालीमा जीप खस्यो, चारको मृत्यु एक बेपत्ता
दाङ, १७ पुस । बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरबाट कोल्टी जाँदै गरेको से १ च १०६४ नम्बरकाे जीप कर्णाली नदीमा खस्दा चार जनाको घटनास्थल मै मृत्यु भएको छ ।
सो दुर्घटनामा एक जना वेपत्ता भएका छन् भने चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी जवान मोहन कुँबरले जानकारी दिनुभयो ।
दार्मा गाउँपालिकामा टिबी माइक्रोस्कोपिक क्याम्प सञ्चालन हुने
सल्यान, १७ पुस । दार्मा गाउँपालिका सल्यानले निःशुल्क टिबी माइक्रोस्कोपिक क्याम्प सञ्चालन गर्ने भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले पुस २१, २२ र २३ गते क्याम्प सञ्चालन हुन लागेको जानकारी दिनुभयो ।
२१ गते वडा नं. ४ को कालिका आधारभूत विद्यालय लाँकुरीडाँडा, २२ गते वडा नं. १ स्थित दार्माकोट स्वास्थ्यचौकी र २३ गते वडा नं. ५ स्थित...
दार्मा खोलामा अब पक्की पुल !
सल्यान, १७ पुस । दार्मा गाउँपालिका सल्यानको केन्द्र फारुलाचौर जोड्ने दार्मा खोलामा पक्की पुलको शिलान्यास गरिएको छ । एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष निमबहादुर केसीसहितको जनप्रतिनिधिको टोलीले पुलको शिलान्यास गरेको हो ।
पुलको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष निमबहादुर केसीले गाउँपालिकामा बाह्रै महिना यातायात सुचारु गर्ने उद्देश्यका साथ पुललाई प्राथमिकतामा राखिएको बताउनुभयो । वर्षाको समयमा सधैँ बाटो अबरुद्ध हुने समस्याको अन्त्य अर्को...














