गाउँपालिकालाई पोषणयुक्त बनाउने प्रतिबद्धता

दार्मा, २२ फागुन । दार्मा गाउँपालिका सल्यानलाई पोषणयुक्त बनाउने प्रतिबद्धता त्यहाँका सरोकारवालाहरुले व्यक्त गरेका छन् । गाउँपालिकामा सञ्चालित सुआहारा कार्यक्रमअन्तर्गत आयोजित एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दिगोपना सुनिश्चितता कार्यशाला गोष्ठीमा सहभागी सरोकारवालाहरुले गाउँपालिकालाई स्वच्छ, सफा, स्वस्थ र पोषणयुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् । कुपोषणका कारण व्यक्तिको शारीरिक, मानसिकलगायत सम्पूर्ण विकास प्रक्रियामा बाधा पुग्ने भन्दै स्थानीयस्तरमै भएका पोषणयुक्त खाद्यान्नको सन्तुलन...

दार्मा गाउँपालिकास्तरीय रनिङ शिल्डको उपाधि जनज्योति मावि फारुलाचौरलाई

दार्मा, १८ फागुन । दार्मा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि जनज्योति मावि फारुलाचौरले हात पारेको छ । जम्मा २८ पदक हात पार्दै जनज्योति माविले रनिङ शिल्ड जित्न सफल भएको हो । २८ विधाका विभिन्न खेलमा जनज्योति माविले १८ स्वर्ण, ८ रजत र २ काश्यपदक हात पार्न सफल भएको थियो । ५ स्वर्ण, ९ रजत र ९ काश्यपदक सहित नेपाल राष्ट्रिय...

दार्मा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

दार्मा, १६ फागुन । दार्मा गाउँपालिका सल्यानमा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । दार्मा गाउँपालिका वडा नं. ३ स्थित जनज्योति मावि फारुलाचौरको खेल मैदानमा सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेलले खेलको औपचारिक उद्घाटन गर्नुभएको हो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी पोख्रेलले खेल जित र हारको प्रतिस्पर्धा मात्र नभएर मानिसलाई अनुशासित र स्वस्थ बनाउने...

दाङको घोराहीमा सगुन आयुर्वेदको उद्घाटन

दाङ, ९ फागुन । दाङको घोराहीमा सगुन आयुर्वेद प्रालिले सेवा आरम्भ गरेको छ । डा. मुरली मनोहर रौनियार र वाइबी धौलाकोटीले संयुक्त रुपमा रिबन काटेर पसलको उद्घाटन गर्नुभएको हो । राप्ती अञ्चललाई सेवा क्षेत्र बनाएको प्रालिबाट सम्पूर्ण किसिमका आयुर्वेद औषधिहरु उपलब्ध हुने सञ्चालक प्रवेशराज जोशीले जानकारी दिनुभयो । मेडिकल क्षेत्रमा क्रियाशील १० जना व्यक्तिहरुको संयुक्त लगानीमा पसल सञ्चालन गरिएको उहाँले...

गौरीकुण्ड पीडितलाई दार्मा गाउँपालिकाको आर्थिक सहयोग

दार्मा, ४ फागुन । दार्मा गाउँपालिका सल्यानले भारतको गौरीकुण्ड घटनामा परी ज्यान गुमाएकाको परिवारलाई आर्थिक सहयोग गरेको छ । गाउँपालिकाले आइतबार एक कार्यक्रम गरी घटनामा परी ज्यान गुमाएकाहरुको परिवारलाई जनही १५ हजारका दरले राहत रकम उपलब्ध गराएको हो । रोजगारीको सिलसिलामा भारत गएका ३१ जनाको गौरीकुण्डमा २०७० असार २ र ३ गते आएको बाढीमा परी ज्यान गएको थियो । गाउँपालिकाका...

स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्तिः अध्यक्ष केसी

दार्मा, २७ माघ । दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले मानिसको स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति भएको बताउनुभएको छ । गाउँपालिकाको वडा नं. ५ मा स्थापना गरिएको सामुदायिक स्वास्थ्य इकाइको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष केसीले सरकार नागरिकको स्वास्थ्यप्रति सधैँ सचेत रहेको समेत बताउनुभयो । गाउँपालिकाको विकट वडाका रुपमा रहेको वडा नं. ५ का नागरिकहरुको आर्थिक तथा सामाजिक दुवै पक्षको विकासमा सरकार...

राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्ष कप प्रतियोगिता मंगलबारदेखि

तिर्थराज ज्ञवाली मसुरिया (देउखुरी, दाङ), २७ माघ । राप्ती गाउँपालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकूद तथा अध्यक्षकप प्रतियोगिता मंगलवारदेखि सुरु हुने भएको छ । शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले वार्षिक कार्यक्रमअनुसार राप्ती गाउँपालिकाको आयोजनामा राष्ट्रपति रनिंग शिल्ड खेलकूद प्रतियोगिता यही माघ २८, २९ र फाल्गुण १ गते राप्ती गाउँपालिकाको वडा नं ३ स्थित सिरिचौरखेल मैदान र लालमटियाको टुडिखेलमा सञ्चालन हुने...

दार्माका ३ स्थानमा आधारभूत स्वास्थ्य केन्द्र

दार्मा, २६ माघ । दार्मा गाउँपालिका सल्यानले वडा नं. ३ को धुलखर्कमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेको छ । स्वास्थ्य चौकी पुग्न टाढा हुने वस्तीका नागरिकहरुलाई सहजरुपमा स्वास्थ्य सेवा दिनका लागि आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका ६ वटा वडामध्ये ३ वटा वडामा स्वास्थ्यचौकी रहेका छन् भने बाँकी ३ वटा वडामा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना...

मालिकामा रोपियो १२ सय ओखरका बिरुवा

दार्मा, २४ माघ । दार्मा गाउँपालिका सल्यानको मालिका सामुदायिक वनमा १२ सय दाँते ओखरका बिरुवा रोपिएको छ । सामुदायिक वनको २० हेक्टर क्षेत्रफलमा बिरुवा रोपिएको दार्मा गाउँपालिकाका प्राविधिक सहायक नेत्रलाल घर्तीले बताउनुभयो । सामुदायिक वनका पदाधिकारीहरुलाई २ दिने वैज्ञानिक वन व्यवस्थापनसम्बन्धी तालिम दिई बिरुवाहरु रोपिएको हो । कुमाख–दार्मा सब डिभिजन वन कार्यालय कमलपोखरीका देवकुमार ओली, जनक पुनमगरले वन व्यवस्थापन तथा...

जनकल्याण प्राविले मनायो १२औँ वार्षिकोत्सव

सल्यान, १८ माघ । जनकल्याण प्राथमिक विद्यालय दार्मा–२ झ्यारिबाङले विविध कार्यक्रम गरी आफ्नो १२औँ वार्षिकोत्सव मनाएको छ । दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रम विभिन्न प्रतियोगिता गरी शुक्रबार सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष निमबहादुर केसीले विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकहरु लाग्नुपर्ने धारणा राख्नुभयो । गाउँपालिकाले यस आर्थिक वर्षलाई शैक्षिक जागरण वर्षको...

ताजा समाचार