बिजुली पुगेपछि उज्यालोमा रमाए दर्मालीहरु
दार्मा, २२ कार्तिक । वर्षौंदेखि अँध्यारोमा रात कटाइरहेका दर्मालीहरु बुधबार साँझ जनज्योति मावि फारुलाचौरको प्राङ्गणमा नाचगानसहित रमाइरहेका देखिन्थे । लामो प्रतीक्षापछि बुधबार गाउँपालिकाको केन्द्र लगायत ५ वटा वडामा पुग्नेगरी विस्तार गरिएको विद्युत लाइनको ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले उद्घाटन गर्नुभएको थियो ।
दिउँसो २ वजे सुरु हुने भनिएको कार्यक्रमका सहभागी साँझ साढे ५ बजे कार्यक्रम सुरु हुँदा पनि...
सुनकोसीमा गाडी खस्दा ७ जनाको मृत्यु
दाङ, १७ कार्तिक । दोलखाबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस सिन्धुपाल्चोकको सुकुटेबाट सुनकोसीमा खस्दा सात जनाको मृत्यु भएको छ ।
शैलुङ्गेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस सुनकोसी नदीमा खसेको हो । चालक धनबहादुर तामाङको भने सकुशल उद्धार गरिएको सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । उहाँका अनुसार दिउँसो करिब १ बजे अन्दाजी ४० जना यात्रु बोकेको...
विकास खोज्दै चाक्लीघाट
चाक्लीघाट (दाङ), १५ कार्तिक । घोराही उपमहानगरपालिका वडा नं. २ चाक्लीघाटबासीले देशमा ठुलो परिवर्तन आइसक्दा पनि आफूहरुले त्यसको कुनै अनुभूति गर्न नपाएको गुनासो गरेका छन् । वडा कार्यालयले आयोजना गरेको स्थानीय विकासका लागि सहभागितात्मक अन्तक्र्रिया कार्यक्रममा बोल्दै अर्जुन सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मुमबहादुर बुढाले भौगोलिक विकटासँगै सडक, विद्युत, शिक्षा, स्वास्थ्य, खानेपानी, सिचार्ईं सबै सुविधाहरुबाट चाक्लीघाटबासी बञ्चित भएको भन्दै...
वनभाेज खाएर फर्कदै गरेकाे ट्याक्टर दुर्घटना, एकै गाउँका तीन जनाकाे मृत्यु
देउखुरी, १५ कार्तिक । वनभोज खाएर फर्कदै गरेको ट्याक्टर दुर्घटनामा परेर तीन जनाकाे मृत्यु भएको छ । दुर्घटनामा परेर २१ जना घाइते भएका छन् ।लमही–कोइलावास सडकखण्ड अन्तर्गत गढवा गाउँपालिका वडा नं. ५ चिसापानीमा भएको दुर्घटनामा परेर गढवा गाउँपलिका वडा नं. ६ स्थित चिल्ले निवासी ११ बर्षिय निनु पुन, सोही ठाउँकी १२ बर्षिय सिमा परियार र १२ बर्षकै सुनिता पुनको...
महिला कृषि सहकारीको भवन उद्घाटन तथा साधारणसभा सम्पन्न
दार्मा, ७ कार्तिक । ढाकाडाम महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडको पाँचौ वार्षिक साधारणसभा तथा भवन उद्घाटन सम्पन्न भएको छ । दार्मा गाउँपालिका वडा नं. ५ त्रिवेणीस्थित नवनिर्मित ३ कोठे पक्की भवनको बिहीबार दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै अध्यक्ष केसीले सहकारीले नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै सहकारीबाट लिएको ऋणलाई...
जुवातास नखेल्न उपमहानगरको आग्रह
घोराही, ७ कार्तिक । घोराही उपमहानगरपालिकाले चाडपर्वमा रमाइलो गर्ने नाममा कुनै पनि अबान्छित कार्य नगर्न सबैलाई आग्रह गरेको छ ।
उपमहानगरको नगर कार्यपालिका बैठकले चाडपर्वमा रमाइलो गर्ने नाममा विभिन्न विकृतिजन्य कार्यहरु नगर्न नगरबासीलाई आग्रह गरेको हो । रमाइलो गर्ने बहानामा जुवातास खेल्ने, मदिरा पिएर होहल्ला तथा झैझगडासँगै अपराधिक कार्यहरु समेत हुने गरेको भन्दै बैठकले यस्ता कार्यमा संलग्न नहुन सबैलाई आग्रह...
दार्मा गाउँपालिकाद्वारा ७१ कर्मचारीलाई अभिनन्दन
फारुलाचौर, ३० असोज । दार्मा गाउँपालिका सल्यानले नेपाल सरकारको स्थायी सेवामा सिफारिस भएका ७१ जना कर्मचारीहरुलाई अभिनन्दन गरेको छ । २०७५ वैशाखदेखि हालसम्म निजामती, शिक्षा, स्वास्थ्य, सुरक्षातर्फ स्थायी रुपमा सिफारिस भएका ६ वटै वडाका नागरिकलाई बिहीबार अभिनन्दन गरिएको थियो ।कार्यक्रममा वडा नं. १ बाट १० जना, २ बाट १८ जना, ३ बाट १६ जना, ४ बाट ७ जना, ५...
साहित्यतर्फको नोबेल पुरस्कार अस्ट्रियाली लेखक हान्डकेलाई
स्टकहोम, २३ असोज । सन् २०१९ को साहित्यतर्फको नोबेल पुरस्कार अस्ट्रियाली लेखक पिटर हान्डकेलाई प्रदान गरिने भएको छ ।
पोल्याण्डकी लेखिका ओल्गा टोकारजुकले सन् २०१८ को साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ । तर, सन् २०१८ मा एक विवादास्पद यौनकाण्डका कारण साहित्य तर्फको नोबेल पुरस्कार वितरण गरिएको थिएन ।
स्वीडिस एकेडेमीका सचिव म्याट्स माल्मले स्टकहोममा दुबै पुरस्कारको घोषणा गरेका थिए...
सेवानिबृत्त ८ कर्मचारीको बिदाई
घोराही, १७ असोज । घोराही उपमहानगरपालिकामा कार्यरत ८ जना कर्मचारीलाई आज बिदाई गरिएको छ । उपमहानगरपालिकाको विभिन्न शाखा तथा वडाहरुमा कार्यरत ८ जना सेवा निबित्तृत कर्मचारीको बिदाई गरिएको हो ।
नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता सिग्देल न्यौपाने र प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले टीका, दोसल्ला, ढाँका टोपी र मायाको चिनो प्रदान गरी कर्मचारीहरुको बिदाई गर्नुभएको हो ।
सेवानिबृत्त हुने कर्मचारीहरुमा...
घोराही उपमहानगरद्वारा ट्राफिक प्रहरीलाई मोटरसाइकल
घोराही, १७ असोज । घोराही उपमहानगरपालिकाले प्रहरीसँग सहकार्य गरी बजार व्यवस्थापनमा सहजता ल्याउन जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङलाई एक थान मोटरसाईकल उपलब्ध गराएको छ ।
बजाज कम्पनीको एक सय ५० सिसिको मोटरसाइलक आज उपमहानगरले ट्राफिक प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको हो । नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता सिग्देल न्यौपाने र प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीको उपस्थितिमा ट्राफिक प्रहरी प्रमुख प्रहरी...














