दार्मा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु
दार्मा, १६ फागुन । दार्मा गाउँपालिका सल्यानमा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । दार्मा गाउँपालिका वडा नं. ३ स्थित जनज्योति मावि फारुलाचौरको खेल मैदानमा सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेलले खेलको औपचारिक उद्घाटन गर्नुभएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी पोख्रेलले खेल जित र हारको प्रतिस्पर्धा मात्र नभएर मानिसलाई अनुशासित र स्वस्थ बनाउने...
दाङको घोराहीमा सगुन आयुर्वेदको उद्घाटन
दाङ, ९ फागुन । दाङको घोराहीमा सगुन आयुर्वेद प्रालिले सेवा आरम्भ गरेको छ । डा. मुरली मनोहर रौनियार र वाइबी धौलाकोटीले संयुक्त रुपमा रिबन काटेर पसलको उद्घाटन गर्नुभएको हो ।
राप्ती अञ्चललाई सेवा क्षेत्र बनाएको प्रालिबाट सम्पूर्ण किसिमका आयुर्वेद औषधिहरु उपलब्ध हुने सञ्चालक प्रवेशराज जोशीले जानकारी दिनुभयो । मेडिकल क्षेत्रमा क्रियाशील १० जना व्यक्तिहरुको संयुक्त लगानीमा पसल सञ्चालन गरिएको उहाँले...
गौरीकुण्ड पीडितलाई दार्मा गाउँपालिकाको आर्थिक सहयोग
दार्मा, ४ फागुन । दार्मा गाउँपालिका सल्यानले भारतको गौरीकुण्ड घटनामा परी ज्यान गुमाएकाको परिवारलाई आर्थिक सहयोग गरेको छ । गाउँपालिकाले आइतबार एक कार्यक्रम गरी घटनामा परी ज्यान गुमाएकाहरुको परिवारलाई जनही १५ हजारका दरले राहत रकम उपलब्ध गराएको हो ।
रोजगारीको सिलसिलामा भारत गएका ३१ जनाको गौरीकुण्डमा २०७० असार २ र ३ गते आएको बाढीमा परी ज्यान गएको थियो । गाउँपालिकाका...
स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्तिः अध्यक्ष केसी
दार्मा, २७ माघ । दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले मानिसको स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति भएको बताउनुभएको छ । गाउँपालिकाको वडा नं. ५ मा स्थापना गरिएको सामुदायिक स्वास्थ्य इकाइको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष केसीले सरकार नागरिकको स्वास्थ्यप्रति सधैँ सचेत रहेको समेत बताउनुभयो ।
गाउँपालिकाको विकट वडाका रुपमा रहेको वडा नं. ५ का नागरिकहरुको आर्थिक तथा सामाजिक दुवै पक्षको विकासमा सरकार...
राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्ष कप प्रतियोगिता मंगलबारदेखि
तिर्थराज ज्ञवाली
मसुरिया (देउखुरी, दाङ), २७ माघ । राप्ती गाउँपालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकूद तथा अध्यक्षकप प्रतियोगिता मंगलवारदेखि सुरु हुने भएको छ । शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले वार्षिक कार्यक्रमअनुसार राप्ती गाउँपालिकाको आयोजनामा राष्ट्रपति रनिंग शिल्ड खेलकूद प्रतियोगिता यही माघ २८, २९ र फाल्गुण १ गते राप्ती गाउँपालिकाको वडा नं ३ स्थित सिरिचौरखेल मैदान र लालमटियाको टुडिखेलमा सञ्चालन हुने...
दार्माका ३ स्थानमा आधारभूत स्वास्थ्य केन्द्र
दार्मा, २६ माघ । दार्मा गाउँपालिका सल्यानले वडा नं. ३ को धुलखर्कमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेको छ । स्वास्थ्य चौकी पुग्न टाढा हुने वस्तीका नागरिकहरुलाई सहजरुपमा स्वास्थ्य सेवा दिनका लागि आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका ६ वटा वडामध्ये ३ वटा वडामा स्वास्थ्यचौकी रहेका छन् भने बाँकी ३ वटा वडामा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना...
मालिकामा रोपियो १२ सय ओखरका बिरुवा
दार्मा, २४ माघ । दार्मा गाउँपालिका सल्यानको मालिका सामुदायिक वनमा १२ सय दाँते ओखरका बिरुवा रोपिएको छ । सामुदायिक वनको २० हेक्टर क्षेत्रफलमा बिरुवा रोपिएको दार्मा गाउँपालिकाका प्राविधिक सहायक नेत्रलाल घर्तीले बताउनुभयो ।
सामुदायिक वनका पदाधिकारीहरुलाई २ दिने वैज्ञानिक वन व्यवस्थापनसम्बन्धी तालिम दिई बिरुवाहरु रोपिएको हो । कुमाख–दार्मा सब डिभिजन वन कार्यालय कमलपोखरीका देवकुमार ओली, जनक पुनमगरले वन व्यवस्थापन तथा...
जनकल्याण प्राविले मनायो १२औँ वार्षिकोत्सव
सल्यान, १८ माघ । जनकल्याण प्राथमिक विद्यालय दार्मा–२ झ्यारिबाङले विविध कार्यक्रम गरी आफ्नो १२औँ वार्षिकोत्सव मनाएको छ । दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रम विभिन्न प्रतियोगिता गरी शुक्रबार सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष निमबहादुर केसीले विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकहरु लाग्नुपर्ने धारणा राख्नुभयो । गाउँपालिकाले यस आर्थिक वर्षलाई शैक्षिक जागरण वर्षको...
अनाथ बालबालिकाको अभिभावकत्व ग्रहण गरेकालाई गाउँपालिकाको सम्मान
सल्यान, १६ माघ । दार्मा गाउँपालिका सल्यानले गाउँपालिकाका अनाथ बालबालिकाको अभिभावकत्व ग्रहण गरेका अभिभावकहरुलाई सम्मान गरेको छ । गाउँपालिकाको शिक्षा शाखाद्वारा आयोजित एक कार्यक्रममा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले ८ जना बालबालिकाको अभिभावकत्व ग्रहण गरेका अभिभावकहरुलाई सम्मान गर्नुभएको थियो ।
बाबु आमाको मृत्यु तथा अन्य विभिन्न कारण अनाथ बनेका बालबालिकाहरुको अभिभावकत्व ग्रहण गरेकोमा काँशे खत्री, लवे खत्री, बटौरी कामी, ठगे डाँगी,...
महोत्सवमा दर्शकको आकर्षण बढ्दै
घोराही, १३ माघ । दाङ चेम्बर अफ कमर्सको आयोजनामा माघ १० देखि गतेदेखि घोराहीमा शुरु भएको ‘नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रबद्र्धन व्यापारिक एवं कृषि औद्योगिक महोत्सव–२०७६’ को चौथो दिनमा आइपुग्दा दर्शकहरुको आकर्षण बढिरहेको छ । तेस्रो दिनको तुलनामा चौंथो दिन सोमवार दर्शहरुको संख्या निकै बढेको चेम्वर अफ कमर्स दाङका अध्यक्ष एवम् महोत्सव मूल आयोजक समितिका संयोजक श्रीधर महराले...














