तुलसीपुरमा लेखापढी व्यवसायीको कार्यालयमा आगजनी, करिब ३५ लाखभन्दा बढी क्षति

दाङ, ८ असोज । दाङको तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको लेखापढी कानुन व्यवसायीको कार्यालयमा तोडफोड र आगजनी हुँदा करिब ३५ लाखभन्दा बढीको क्षति भएको छ। गत भदौ २४ गते दिउँसो करिब ३ बजेतिर जेनजी समूहका व्यक्तिहरुको भिडले मालपोत कार्यालय परिसरभित्र रहेको सो कार्यालयमा प्रवेश गरी तोडफोड गर्दै आगजनी गरेको प्रहरीले जनाएको छ। आगजनीका कारण अफिसभित्र रहेका कम्प्युटर, प्रिन्टर, स्क्यानर, टेबल, कुर्सी,...

दाङमा घोराही–तुलसीपुर चार लेन सडक निर्माणका लागि तयारी अन्तिम चरणमा

दाङ, ८ असाेज । दाङको घोराही–तुलसीपुर चार लेन सडक निर्माणका प्रारम्भिक तयारी तीव्र गतिमा अघि बढेका छन्। हालसम्म सर्भे प्रक्रिया पूरा भइसकेको छ भने हाल साइट भेरिफिकेसनको काम जारी छ। सडक डिभिजन कार्यालय दाङसँग सहकार्यमा निर्माण कम्पनी दिवा/बन्दन भगवती जेभीले भेरिफिकेसन सम्पन्न गरेपछि कात्तिक महिनादेखि सडक निर्माण सुरू गर्ने योजना बनाएको कम्पनीका कन्ट्र्याक्ट म्यानेजर इन्जिनियर सुनिल ढुङ्गानाले जानकारी दिनुभयो। उनका...

करेन्ट लागेर रुपन्देहीमा श्रीमान्–श्रीमतीकाे ज्यान गयाे

काठमाण्डाै, ८ असाेज । करेन्ट लागेर रुपन्देहीमा श्रीमान्–श्रीमतीको ज्यान गएको छ । गैडहवा गाउँपालिका वडा नम्बर ६ कानिजवाका ७५ वर्षीय रामरतन सैठवार र उहाँकी श्रीमती ६८ वर्षीया अकाली सिंह सैठवारको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । आज बिहान विद्युतीय मोटरको तार जोड्ने क्रममा उनीहरूलाई करेन्ट लागेको हो । बिहान पानी तान्न पावर सकेटमा मोटरको तार...

कम्प्युटर शिक्षक अनिवार्य, विश्वविद्यालयलाई ३ महिनामा नतिजाः महावीर पुन

काठमाडौं, ७ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मुलुकभरका सामुदायिक विद्यालयमा प्रत्येक विद्यालयका लागि अनिवार्य रूपमा एकजना कम्प्युटर शिक्षकको दरबन्दी व्यवस्था गर्न निर्देशन दिएका छन् । मंगलबार मन्त्रालयमा उनले तत्काल कार्यान्वयन गर्नुपर्ने तीन निर्देशन जारी गर्दै यो प्रमुख निर्णय सार्वजनिक गरेका हुन् । मन्त्री पुनका अनुसार विद्यार्थीलाई कम्प्युटर शिक्षा नबञ्चिन दिने उद्देश्यले यो व्यवस्था गर्न लागिएको हो ।...

लमही नगरपालिकाद्वारा अपाङ्ग परिचयपत्र वितरण

दाङ, ७ असाेज । लमही नगरपालिकाले अपाङ्ग भएका व्यक्तिहरूलाई अपाङ्ग परिचयपत्र वितरण गरेको छ । नगरपालिकाले आज (मंगलबार) आयोजना गरेको कार्यक्रममा उपप्रमुख लक्ष्मी योगीले परिचयपत्र वितरण गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख योगीले अपाङ्ग व्यक्तिहरूको पहिचान, अधिकार र पहुँच सुनिश्चित गर्न परिचयपत्र वितरण गरिएको बताउनुभयो । उहाँले यसबाट नगरपालिकाले प्रदान गर्ने सुविधा तथा राज्यका सेवामा सहज पहुँच हुने विश्वास व्यक्त...

लमही अस्पतालमा अत्याधुनिक ल्याब सेवा सुरु, स्वास्थ्य परीक्षणमा सहजता

दाङ, ७ असाेज । लमही अस्पतालमा अत्याधुनिक ल्याब सेवा मंगलबार औपचारिक रूपमा सुरु गरिएको छ । लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले सेवाको उद्घाटन गर्दै बिरामीको अवस्थालाई ध्यानमा राखी गुणस्तरीय तथा व्यवस्थित स्वास्थ्य सेवा आवश्यक भएकाले आधुनिक ल्याब स्थापना गरिएको बताउनु भयाे । उहाँले नगरवासीलाई सस्तो र भरपर्दो उपचार उपलब्ध गराउने नगरपालिकाको प्रयास निरन्तर रहने उल्लेख गर्नुभयाे । कार्यक्रममा उपप्रमुख लक्ष्मी...

आन्तरिक राजस्व कार्यालय तुलसीपुरले उद्योग वाणिज्य सङ्घको भवनबाट सेवा पुनः सञ्चालन

दाङ, ७ असाेज । जेन–जी आन्दोलनका कारण क्षति पुगेको आन्तरिक राजस्व कार्यालय तुलसीपुरले आजदेखि पुनः सेवा सुरु गरेको छ । हालका लागि कार्यालयले तुलसीपुर उद्योग वाणिज्य सङ्घको भवनमार्फत करदाता सेवा र राजस्वसम्बन्धी काम सञ्चालन गर्न थालेको हो । कार्यालयका प्रमुख कर अधिकृत श्रीधर टण्डनका अनुसार सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै तत्काल कर संकलन तथा करदातासम्बन्धी सेवा सुचारु गरिएको हो । दाङ,...

जेन–जी आन्दोलनपछि तुलसीपुरको ‘सेफ हाउस’ अनिश्चिततामा, हिंसापीडित महिलाको सुरक्षामा असर

निता चौधरी तुलसीपुर, ७ असोज । जेन–जी आन्दोलनपछिको प्रतिकूल परिस्थितिले दाङको तुलसीपुर उपमहानगरपालिकाद्वारा सञ्चालित अल्पकालीन उपमेयर सुरक्षित आवास गृह (सेफ हाउस) पनि प्रभावित भएको छ । गत भदौ महिनाको अन्तिम सातादेखि सेफ हाउसको सेवा स्थगित गरिएको छ । आन्दोलनका क्रममा उपमहानगरपालिकाको कार्यालयमा आगलागी भई संरचना ध्वस्त हुँदा बजेट व्यवस्थापनमा समस्या देखिएपछि हाललाई सेफ हाउस बन्द गर्नुपरेको हो । महिला, बालबालिका तथा...

तातोपानी र केरुङ नाका बन्द हुँदा सीमापारि रोकिए दशैँका सामान

काठमाडौँ, ७ असाेज । नेपाल-चीन जोड्ने सिन्धुपाल्चोकको तातोपानी र केरुङ नाका बन्द हुँदा दशैँको सामान बेच्न समस्या भइरहेको गुनासो व्यवसायीले गरेका छन्। नेपालचीन जोड्ने प्रमुख दुई नाका अवरुद्ध हुँदा दशैँका लागि ल्याइएका सयौँ कन्टेनरका सामान नाकामा रोकिँदा समस्या भइरहेको व्यवसायी बताएका हुन्। नेपाल राष्ट्रिय व्यवसायी महासंघका निवर्तमान अध्यक्ष कुमार कार्कीले दशैँमा नेपाल-चीन जोड्ने दुई प्रमुख नाका अवरुद्ध हुँदा सामान नाकामा आएर रोकिएका...

अझै सात हजार ५७२ कैदीबन्दी फरार

काठमाडौँ, ७ असाेज । ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न परिस्थितिपछि कारागारबाट भागेकामध्ये हालसम्म ६ हजार ९८४ कैदीबन्दीलाई फर्काइएको छ। कारागार व्यवस्थापन विभागका अनुसार अझै सात हजार ५७२ कैदीबन्दी फरार छन् । पछिल्लो दुई दिनमा ६५६ कैदीबन्दीलाई कारागारमा फर्काएको विभागका निर्देशक चोमेन्द्र न्यौपानेले बताए। कैदीबन्दी दैनिकजसो कारागारमा आइरहेका उनले बताए। गत भदौ २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा कारागारमा तोडफोड र आगजनी हुन थालेपछि...

ताजा समाचार