देशभरका १ सय ५३ ठाउँबाट सहुलियत मूल्य पसल सञ्चालन हुँदै
काठमाण्डौ, भदौ ३० । सरकारले आजदेखि देशका एक सय ५३ ठाउँबाट चाडपर्व लक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्दैछ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्न लागेको हो ।
सहुलियत मूल्य पसलबाट प्रतिकिलो/प्रतिलिटरमा पाँचदेखि १० रुपैयाँसम्म छुट हुने सरकारले जनाएको छ । काठमाण्डौ उपत्यकाका थापाथली, रामशाहपथ, नक्खु र सूर्यविनायक, दक्षिणकाली, गोदावरी र...
आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना
काठमाण्डौ, भदौ ३० । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको छ । गएराति गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो र अरु ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।
स्याङ्जा, पर्वत, कास्की, पाल्पा, रूपन्देही, गुल्मी, कपिलवस्तु, बाँके, दाङ, कैलाली, कञ्चनपुर लगायतका ठाउँमा ठूलो पानी परेको हो । दाङको तुलसीपुर, बेलझुण्डी र बागासोती वर्षामापन केन्द्र, बाँकेको सिक्टा र बैजापुर वर्षामापन केन्द्र,...
लुटिएका सामान फिर्ता गर्न अख्तियारको आग्रह, अन्यथा कारबाही हुने
काठमाण्डौ, भदौ ३० । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विभिन्न कार्यालयबाट लुटपाट भएका सामान फिर्ता गर्न आग्रह गरेको छ । आयोगले सूचना निकालेर इटहरी, हेटौंडा, पोखरा, बुटवललगायत कार्यालयमा तोडफोड र आगजनी गरेर लुटपाट भएका उपकरणहरू फिर्ता गर्न भनेको हो ।
अख्तियारका अनुसार यी कार्यालयहरूबाट तोडफोड, आगजनी, चोरी र लुटपाट भएको छ । यस क्रममा चारपाङ्ग्रे र दुईपाङ्ग्रे गाडी, टीभी, कम्प्युटर, माइक्रो...
मध्यरातमा सुदन गुरुङको समूहले माग्यो सुशीला कार्कीको राजीनामा
काठमाण्डौ, भदौ ३० । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङको समूहले प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरेको छ । मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै युवाहरुले मध्यराति बालुवाटार पुगेर नाराबाजी गरेका हुन् । प्रधानमन्त्री भएको ३ दिन वित्न नपाउँदै कार्कीको राजीनामा माग्नुले देश अस्थिरता तर्फ धकेलिने अनुमान गर्न थालिएको छ ।
नाराबाजीको क्रममा उनीहरुले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा समेत मागे ।...
राष्ट्रपतिद्वारा भण्डारी नयाँ महान्यायाधिवक्ता नियुक्त
दाङ, भदौ २९ । राष्ट्रपतिद्वारा नयाँ महान्यायाधिवक्ता नियुक्त गरिएकाे छ ।
राष्ट्रपति कार्यालयले जारी विज्ञप्तिअनुसार, सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले प्रधानमन्त्री श्रीमती सुशिला कार्कीको सिफारिसअनुसार नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम श्रीमती सबिता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको छ।
यो नियुक्ति २०८२ साल भदौ २९ गते आइतबारको दिनबाट लागु हुनेछ। राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालोले उक्त नियुक्तिको जानकारी दिएका...
रोल्पाकाे खुंग्रीमा नि:शुल्क आँखा जाँच कार्यक्रम सम्पन्न
भरत वली
रोल्पा, भदौ १४ । रोल्पाकाे खुंग्रीमा रहेकाे ज्ञानमन्दिर विद्या गृह बोर्डिङ स्कूल, सुनिलस्मृति गाउँपालिका–२, खुंग्रीमा नि:शुल्क आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रम नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज–लमही आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित सुलिचौर सर्जिकल आँखा उपचार केन्द्र र नर्वेको NAVP आर्थिक सहयोगमा सञ्चालन गरिएकाे थियाे ।
अाइतबार भएकाे नि:शुल्क आँखा जाँच कार्यक्रममा ३१३ जनाको...
राेल्पामा बाल विवाह न्यूनिकरणका लागि सडक नाटक आयोजना
राजेश नेपाली
राेल्पा, भदाै २९ । राेल्पा जिल्लाको ग्रामीण क्षेत्रमा बाल विवाह न्यूनिकरण र जनचेतना जगाउने उद्देश्यले प्रहरी चौकी सिर्पले सडक नाटक आयोजना गर्न लागेको छ। उक्त कार्यक्रम प्रहरी चौकी सिर्प र गोकुल माध्यमिक विद्यालय सिर्पको संयुक्त पहलमा सञ्चालन हुने भएको छ।
सानै उमेरमा हुने विवाहलाई परिवार, समुदाय तथा समाजले सहज रूपमा स्वीकार्ने गलत मान्यता अझै कायम रहेकाले बाल विवाह न्यूनिकरणमा...
राेल्पामा घरमै सहज भिडियो एक्सरे सेवा, उपप्रमुखको स्थलगत अनुगमन
राेल्पा, भदाै २९ । राेल्पा नगरपालिका वडा नम्बर ६, काेटगाउँ स्वास्थ्यचौकिमा सञ्चालन भइरहेको ग्रामीण भिडियो एक्सरे सेवाको स्थलगत अवलोकन र परामर्शका लागि नगर उपप्रमुख गिता आचार्यले शुक्रबार कार्यक्रम स्थलमा पुग्नुभइकाे हाे ।
उपप्रमुख आचार्यले गर्भवती महिला र महिला स्वास्थ्य स्वयंसेविकाहरूसँग भेटघाट गरी आवश्यक सुझाव तथा परामर्श समेत लिनुभयो। कार्यक्रममा सहभागी गर्भवती महिलाहरूले घरमै सहज रूपमा उपलब्ध भएको भिडियो एक्सरे सेवा...
दाङ जिल्ला अदालतद्वारा सेवाप्रवाहमा नयाँ व्यवस्था लागू
दाङ, भदौ २९ । दाङ जिल्ला अदालत, घोराहीले विद्यमान परिस्थितिलाई ध्यानमा राख्दै अदालतबाट प्रदान गरिने सेवासम्बन्धी कार्यहरूबारे सूचना जारी गरेको छ।
अदालतको भदौ २९ गते बसेको पूर्ण बैठकले उक्त सुचना जारी गरेकाे हाे । भदौ ३० गतेदेखि पक्राउ पूर्जी अनुमति, जरुरी पक्राउ पूर्जी समर्थन, कल डिटेल अनुमति, म्याद थप, अभियोगपत्र दर्ता तथा थुनछेक आदेश, बन्दी प्रत्यक्षीकरण सम्बन्धी निवेदन दर्ता तथा...
आगजनी गर्ने अपराधीलाई नछाड्नेः प्रधानमन्त्री कार्की
काठमाडौ, भाद्र २९ । प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहणपश्चात सरकारी कार्यालय तथा सर्वोच्च अदालतमा भएका आगजनीका घटनाप्रति आफ्नो दृढ प्रतिबद्धता व्यक्त गर्दै अपराधीलाई नछाड्ने आश्वासन दिनुभएको छ।
प्रधानमन्त्री कार्कीले सम्बोधन गर्दै भन्नुभयो,“सर्वोच्च अदालत जलेर भष्म भयो। अपराधीले मुलुकमाथि गरेको चुनौती हो। जनतालाई साथमा लिएर हामी सबै मिलेर पुनर्निर्माण गर्नुपर्छ।”
उहाँले सिंहदरबार, सर्वोच्च अदालत र व्यक्तिका घर तथा सरकारी, व्यवसायिक र उद्योगीको सम्पत्तिमा क्षति...














