आज दिउँसोपछि पश्चिमको अर्घाखाँची, दाङ, अछामलगायत केही ठाउँमा हल्कादेखि मध्यम वर्षा
काठमाण्डाै, भदाै २० । आज दिउँसोपछि पश्चिमको अर्घाखाँची, दाङ, अछामलगायत केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । पछिल्लो ३ घण्टामा सुर्खेतको वीरेन्द्रनगर गोठीकाँडा वर्षामापन केन्द्रमा सबैभन्दा धेरै ४४ दशमलव ४ मिलिमिटर पानी परेको छ ।
काठमाण्डौको धाप ड्याममा ३९ दशमलव ६ मिलिमिटर वर्षा मापन भएको छ । काठमाण्डौ उपत्यकाको सुन्दरीजल, साँखु, पानीपोखरीसहित गोदावरी, ताथलीलगायतका क्षेत्रमा पनि वर्षा भएको छ...
लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छाैँ, ‘जीएसआई’ मा समर्थन गरेका छैनौँ : प्रधानमन्त्री ओली
ललितपुर, भदाै २० । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने चीन र भारतबीचको सहमतिप्रति चीनसमक्ष आपत्ति जनाएको बताउनुभएको छ ।
यही भदौ १४ देखि १८ गतेसम्मको चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति सी जिनपिङसँगको भेटमा आफूले असहमति राखेको उहाँले स्पष्ट गर्नुभयो ।
ललितपुरको सनराइज सभा हलमा आजदेखि शुरू भएको पार्टीको दोस्रो विधान महाधिवेशनमा उद्घाटन मन्तव्य...
भ्रष्टाचार रोकथामका लागि विधिपालन अनिवार्य : प्रमुख रेग्मी
लमही, भदाै २० । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख शम्भुप्रसाद रेग्मीले विधि र नियमको पालनाले मात्र भ्रष्टाचार नियन्त्रण सम्भव हुने बताएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगञ्जले बिहीबार लमहीमा आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनसम्बन्धी पालिकास्तरीय अन्तर्क्रिया कार्यक्रम’मा बोल्दै उनले नियमको पालना नगर्दा समस्या देखिने गरेको बताए। “सबैले विधि र नियमको पालना...
त्रिभुवननगर जेसीजको ‘ट्रेनिङ म्याराथन–२०२५’ अन्तर्गत चाैथाे दिनको तालिम सम्पन्न
दाङ, भदौ १९ । त्रिभुवननगर जेसीजले आयोजना गरेको ‘ट्रेनिङ म्याराथन २०२५’ अन्तर्गत चाैथाे दिनको प्रशिक्षण “फ्रम क्लिक्स टु कोर्ट्स (साइबर अपराध र कानुनी प्रभाव बुझ्ने विषय)” बिहीबार घोराहीस्थित राप्ति शिक्षा क्याम्पसमा सम्पन्न भएको छ।
कार्यक्रम त्रिभुवननगर जेसीजका २०२५ का अध्यक्ष टंकबहादुर रावत (अनन्त)को अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा संविधानसभा सदस्य माननीय अनिता देवकोटा प्रमुख अतिथि रहनुभएको थियो भने दाङ जिल्ला...
एमालेको विधान महाधिवेशन आजदेखि
काठमाण्डौ, भदाै २० । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजदेखि शुरू हुँदैछ । ललितपुरको गोदावरीमा रहेको सनराइज हलमा हुने महाधिवेशनको पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । हिजो बसेको पार्टी सचिवालय बैठकले महाधिवेशनको कार्यतालिका स्वीकृत गरेको छ ।
महाधिवेशनमा पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, पार्टी उपाध्यक्ष एवम् उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव...
बिहानैदेखि चर्को घाम, राति केही ठाउँमा ठूलो वर्षाको सम्भावना
काठमाण्डौ, भदाै २० । आज पनि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । मौसमविद्हरुले गएराति केही ठाउँमा ठूलो पानी पर्छ भने पनि कतैकतै हल्कादेखि मध्यम वर्षा मात्रै भयो ।
पछिल्लो १२ घण्टामा बैतडीमा ४२ मिलिमिटर र दार्चुलामा २८ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी...
सूचीकरण नभएका सामाजिक सञ्जाल निष्क्रिय हुन थाले
काठमाण्डौ, भदौ २० । सरकारको निर्देशनअनुसार दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय पार्न थालेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको पत्रपछि नेपाल टेलिकम र एनसेलले दर्ता नभएका सामाजिक सञ्जाल देशभर निष्क्रिय पारेका हुन् ।
नेपाल टेलिकमले सूचना निकालेर नेपालमा सूचीकरण नभइ सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय गराउन पत्र लेखी आएकाले त्यसै निर्देशनबमोजिम त्यस्ता सामाजिक प्लेटफर्महरू हालका...
रासायनिक मल दिन सकेनौँ‚ अर्गानिक मल उत्पादन गरौँ : देउवा
काठमाडौँ, भदाै १९ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मल अभावले किसान अत्यन्तै पीडित भएको भन्दै नेपालमै अर्गानिक मल उत्पादन गर्नुपर्नेमा जोड दिएका छन्।
बिहीवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। सभापति देउवाले रासायनिक मल अत्यन्तै महँगो हुने तथा भारतले समेत बाहिरबाट आयात गर्नुपर्ने भएको कारण पर्याप्त मल आपूर्ति गर्न नसकिएको बताए।
उनले नेपाल कृषि प्रधान देश भएको...
दिवा खाजामा छेपारो परेपछि ६० बालबालिका अस्पताल भर्ना
जनकपुरधाम, भदाै १९ । महोत्तरीको एक विद्यालयमा दिवा खाजामा छेपारो परेपछि विद्यालयका ६० बालबालिका अस्पताल भर्ना भएका छन्।
पिपरा गाउँपालिका वडा नम्बर ६ रतौलीस्थित आदर्श माविको दिवा खाजामा छेपारो परेपछि ६० जना बालबालिका प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना भएका हुन्।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओमप्रकाश महतोका अनुसार आज दिउँसो खाजामा एक बालकको प्लेटमा दिएको खाजामा छेपारो परेको थियो। ती बालकले छेपारो देखेपछि कसैलाई...
घोराहीमा लागुऔषधसहित दुई जना पक्राउ
दाङ, भदाै १९ । दाङको घोराही उपमहानगरपालिका–१३ डम्मुर गाउँबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको टोलीले बुधबार साँझ गस्ती गर्ने क्रममा शंकास्पद अवस्थामा हिँडिरहेका २१ वर्षीय पुस्कर घर्तिलाई पक्राउ गरेको हो। खानतलासी गर्दा उनको साथबाट ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ १ पुरिया (तौल १ ग्राम ८६० मिलिग्राम) बरामद भएको प्रहरीले जनाएको छ।
सोही क्रममा...














