तुलसीपुरमा दिउँसै दुई युवकमाथि खुकुरी प्रहार
तुलसीपुर, भदौ १९ । दाङको तुलसीपुरमा दिउँसै दुई जना युवकमाथि खुकुरी प्रहार भएको छ। घटनामा तुलसीपुर–५ का २० वर्षीय आयुष विक र सोही उमेरका विप्लभ योगी घाइते भएका छन्।
प्रहरीका अनुसार खुकुरी प्रहारबाट आयुषको टाउको र छातीमा गम्भीर चोट लागेको छ भने विप्लभको हातमा चोट लागेको छ। घाइतेमध्ये आयुषको अवस्था गम्भीर छ।
सामान्य घाइते विप्लभ योगीका अनुसार आज बिहान करिब १०:४५...
रोल्पाका ८ स्थानमा निःशुल्क शिविर सम्पन्नः १६४ जना मोतिबिन्दुका छनोट
भरत वली
रोल्पा, भदाै १९ । नेपाल नेत्रज्योति संघको आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज सुलिचौर सर्जिकल आँखा केन्द्रको आयोजनामा र लमही आँखा अस्पतालको प्राविधिक सहयोगमा रोल्पाका विभिन्न स्थानमा निःशुल्क मोतिबिन्दु छनोट तथा शल्यक्रिया शिविर सम्पन्न भएको छ।
संघले जारी गरेको सूचनाअनुसार भदौ ११ देखि १८ गतेसम्म जिल्लाका विभिन्न गाउँपालिकामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिएको थियो। सो अवधिमा ७०७ जनाले...
२६ वटा सामाजिक सञ्जाल निष्क्रिय हुँदै
काठमाण्डाै, भदाै १९ । सरकारले सूचीकृत हुन नआएका सबै सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो । नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक सञ्जाल कम्पनीहरू सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रहेको सामाजिक सञ्जाल व्यवस्थापन एकाइमा अनिर्वाय रूपमा सूचीकृत हुनपर्ने भनेपनि २६ भन्दा बढी सामाजिक सञ्जालले सूचीकृत गर्न प्रक्रियामा आएका छैनन । नेपालमा मुख्य रूपमा फेसबुक, एक्स, युट्युब, ह्वाट्सएप, इन्स्टाग्राम, लिङ्कडइन,...
जुरेस ज्ञानमालाले मनायाे रेडक्रस दिवस
घाेराही १९ भाद्र । घाेराही १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा गठित नेपाल जुनियर रेडक्रस सर्कलले नेपाल रेडक्रस दिवस मनाएकाे छ। सर्कलका अध्यक्ष स्मारिका चाैधरीकाे अध्यक्षता तथा सर्कलका संरक्षक एवम् विद्यालयका प्रिन्सिपल महेश बस्नेतकाे प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम गरि रेडक्रस दिवस मनाइएकाे हाे ।
कार्यक्रममा बाेल्ने वक्ताहरुले रेडक्रस मानव सेवाप्रति समर्पित संस्था भएकाले पूण्यकाे कर्मका लागि जुरेसका सदस्यहरुले मानवीय सेवामा लाग्नुपर्ने बताएका...
रुपन्देहीमा अझै कुष्ठरोगमुक्त घोषणा हुन नसक्दा चिन्ता
बुटवल, भदाै १९ । निःशुल्क औषधि उपलब्ध र जनशक्तिको पर्याप्तता भए पनि रुपन्देहीमा कुष्ठरोग पूर्ण रूपमा निवारण हुन नसक्दा सरोकारवालामा चिन्ता बढेको छ।
नेपाललाई २०६६ सालमा कुष्ठरोग निवारण देश घोषणा गरिएको १६ वर्ष बितिसक्दा पनि अझै यो रोग पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। रुपन्देहीका स्वास्थ्य अधिकृतहरूले जनचेतनाको कमी र बिरामीले रोग लुकाउने प्रवृत्तिका कारण कुष्ठरोग निवारणमा चुनौती कायम रहेको...
लुम्बिनी प्रदेशमा साउन महिनामा विपद्को कहर, ४३ जनाको ज्यान गयो
लुम्बिनी प्रदेशमा गत साउन महिनामा विभिन्न प्रकारका विपद्का घटनामा परी ४३ जनाले ज्यान गुमाएका छन्। प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार सो अवधिमा १५४ जना घाइते भएका छन् भने दुई जना अझै बेपत्ता छन्।
केन्द्रका तथ्यांकअनुसार साउन महिनाभरि बाढी, डुबान, अतिवृष्टि, आगलागी, विषालु खाद्य सेवन, पहिरो, जनावरको आक्रमण र चट्याङलगायतका ३३५ घटना दर्ता भएका थिए। ती घटनाका कारण ठूलो मानवीय क्षति...
‘तालिम म्याराथन–२०२५’ को तेस्रो दिन ‘ड्रिम टु स्टार्टअप’ घोराहीमा सम्पन्न
घोराही, भदाै १९ । त्रिभुवननगर जेसीजले आयोजना गरेको सातदिने ‘तालिम म्याराथन–२०२५’ बुधबार घोराहीस्थित भिक्टोरिया इन्टरनेशनल कलेजमा सम्पन्न भयो।
कार्यक्रमको तेस्रो दिन बुधबार ‘ड्रिम टु स्टार्टअप’ शीर्षकमा त्रिभुवननगर जेसीजका पूर्वअध्यक्ष जेसी ओबिन्द्रबहादुर महराले प्रशिक्षण प्रदान गर्नुभयो।
कार्यक्रममा त्रिभुवननगर जेसीजका अध्यक्ष टंक रावत (अनन्त) को अध्यक्षता, नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलको प्रमुख आतिथ्यता तथा त्रिभुवननगर जेसीज तालिम प्रतिष्ठानका अध्यक्ष रजिव...
केही ठाउँमा दिउँसो मध्यम र राति ठूलो पानी पर्ने सम्भावना
काठमाण्डौ, भदाै १९ । देशका केही ठाउँमा आज दिउँसो मध्यम र राति ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ ।
मधेश र लुम्बिनी प्रदेशको तराईको केही ठाउँहरुमा हावाहुरी पनि चल्न सक्ने महाशाखाले जनाएको छ । राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई...
प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धीपूर्ण रहेको सरकारको भनाइ
काठमाण्डौ, भदाै १९ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्कनुभएको छ । उहाँ चिनियाँ राष्ट्रपति सी जिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा शाङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही भदौ १४ गते चीनको तियाञ्जिन प्रस्थान गर्नुभएको थियो ।
चीन भ्रमणका क्रममा उहाँले चीनका राष्ट्रपति सी जिनपिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी,...
सामाजिक सञ्जाल सूचीकृत भएनन्, तत्काल बन्द नगर्ने सरकारको मनस्थिति
काठमाण्डौ, भदाै १९ । सामाजिक सञ्जाल सूचीकृतका लागि सरकारले दिएको समयसीमा सकिएको छ । तर सरकारले दिएको समयसीमामा फेसबुकलगायत कुनै पनि सामाजिक सञ्जाल सूचीकृत हुन आएका छैनन् ।
सरकारले पछिल्लो पटक गएको भदौ १२ गते सूचना प्रकाशन गर्दै फेसबुक, इन्स्टाग्राम, एक्स, गुगललगायतका सामाजिक सञ्जाललाई एक हप्ताभित्र सूचीकरण हुन सरकारले निर्देशन दिएको थियो । तोकिएको समयमा सूचीकरण हुन नआए क्रमशः बन्द...













