जेन–जी आन्दोलनका कारण होटल तथा पर्यटन क्षेत्रमा २५ अर्बभन्दा बढी क्षति

काठमाडौं, भदौ २७ । जेन–जी आन्दोलनपश्चात देशभर देखिएको तोडफोड, आगजनी र लुटपाटले होटल तथा पर्यटन उद्योगलाई गहिरो संकटमा पुर्‍याएको छ। होटल संघ नेपालले जारी गरेको विज्ञप्तिमा करिब दुई दर्जन होटल पूर्ण रूपमा ध्वस्त पारिएको र प्रारम्भिक अनुमान अनुसार २५ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको उल्लेख गरिएको छ। प्रभावित होटलहरू काठमाडौं, पोखरा, बुटवल, विराटनगर, भैरहवा, धनगढी, झापा, महोत्तरी र दाङ लगायतका...

कानुनी विवादबीच छुटेका रविलाई पक्राउको माग तीव्र

काठमाडौं, भदौ २७ । जेन–जी आन्दोलनको दौरान नख्खु कारागारबाट बाहिरिएका रास्वपा सभापति रवि लामिछानेलाई पुनः पक्राउ गर्न माग चर्किएको छ। सहकारी ठगी मुद्दामा जेलमा रहेका लामिछानेलाई रास्वपाका सांसदहरू हरि ढकाल र डीपी अर्यालले कानुनी रूपमा विवादास्पद कागजातको आधारमा नख्खु कारागारबाट छुटाएका थिए। चलानी नम्बरबिहीन र गृह सचिवले गर्ने निर्णय नभएको पत्र देखाएर छुटाइएका रविलाई पुनः कारागार फर्काउन जनस्तरबाट माग भइरहेको...

जेन-जी प्रदर्शन : मृतकको संख्या ३६ पुग्यो, घाइतेको उपचार जारी

काठमाडौं, भदाै २७ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जेनजी’ प्रदर्शनका क्रममा भएका विभिन्न घटनाका क्रममा ३६ जनाको मृत्यु भएको जनाएको छ। मन्त्रालयका सचिव डा विकास देवकोटाले देशभरिका अस्पतालबाट प्राप्त गरेको विवरणअनुसार हालसम्म ३६ जनाको मृत्यु भएको जानकारी दिए। घाइतेको अस्पतालले निःशुल्क उपचार गरिरहेका छन् । सचिव डा देवकोटाका अनुसार हाल निजामती कर्मचारी अस्पतालमा २३, ट्रमा सेन्टरमा ३२, त्रिवि शिक्षण अस्पतालमा २५...

बजारमा खाना पकाउने ग्यासको अभाव नरहेको निगमको दाबी

काठमाण्डौ, भदाै २७ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको अभाव नभएकोे जनाएको छ । ग्यास अभाव हुने हल्ला फैलिरहेका बेला निगमका प्रवक्ता मनोज कुमार ठाकुरले ग्यासको नियमित आपूर्ति भइरहेको जानकारी दिनुभयो । उज्यालोसँगको कुराकानीमा प्रवक्ता ठाकुरले सबैखाले पेट्रोलियम पदार्थको नियमित आपूर्ति भइरहेकोले हल्लाको पछि नलाग्न आग्रह गर्नुभएको छ । ग्यास अभाव हुने भन्दै अहिले ग्यास पसलहरुमा उपभोक्ताको भिड छ...

भ्रामक र झुटा समाचारमा विश्वास नगर्न नेपाली सेनाको अनुरोध

काठमाडौं, भदाै २७ । नेपाली सेनाले पछिल्लो समय विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणहरु सम्प्रेषण भइरहेको बताउँदै गलत, भ्रामक र झुटा समाचारमा विश्वास नगर्न आम सर्वसाधारणलाई अनुरोध गरेको छ। नेपाली सेनाले एक सूचना जारी गर्दै जनसम्पर्क तथा सूचना निर्देशनालयलगायतका स्थानीय स्तरमा पृतना हेडक्वार्टरसँग समन्वय गर्न पनि अनुरोध गरेको छ। गएराति नेपाली सेनाले सत्ता पूर्वराजालाई हस्तान्तरण गर्दैछ भन्ने झुटा प्रचार भएपछि सेनाले...

कर्फ्युबीच दाङमा अत्यावश्यक सामग्रीको आयात–निर्यात सहज, दुध वितरण पनि निरन्तर

दाङ, भदौ २७ । जेन–जी पुस्ताको आन्दोलनपछि लागू गरिएको कफ्र्युबीच पनि दाङमा अत्यावश्यक वस्तुको आपूर्ति निरन्तर भइरहेको छ। प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालका अनुसार कफ्र्यु अवधिमा औषधि, अक्सिजन, सञ्चार सामग्री, पेट्रोलियम पदार्थ, ग्यास, तरकारी, दूध, फलफूल, पानी र खाद्यान्नजस्ता सामग्रीको आयात–निर्यातमा कुनै अवरोध छैन। अर्यालले निजी क्षेत्रलाई जानकारी दिँदै “कफ्र्युका बाबजुद अत्यावश्यक वस्तुको सहज आपूर्ति सुनिश्चित गरिएको छ” बताएका छन्।...

सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनबारे टुङ्गो लगाउन छलफल हुँदै

काठमाण्डौ, भदाै २७ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको विषय टुङ्गो लगाउन आज फेरि छलफल हुँदैछ । प्रधानसेनापति अशोकराज सिग्देलको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेलले गएराति अबेरसम्म विभिन्न राजनीतिक दलका नेता तथा संविधानविदसँग गरेको छलफलमा कार्कीको नेतृत्वमा सरकार गठन गर्न सहमति जुटिसकेको छ । तर संसद विघटन गर्ने कि नगर्ने भन्नेमा सहमति जुट्न बाँकी छ । हिजो दिनभर र गएराति...

निषेधाज्ञा र कर्फ्यू खुकुलो भए पनि सार्वजनिक गाडी नचल्दा यात्रुलाई सास्ती

काठमाण्डौ, भदाै २७ । काठमाण्डौ उपत्यकासहित देशका विभिन्न जिल्लामा कर्फ्यू र निषेधाज्ञा खुकुलो भए पनि सार्वजनिक गाडी नचल्दा यात्रुलाई सास्ती भएको छ । शान्ति सुरक्षा कायम राख्न सुरक्षा निकायले दिउँसोको निषेधाज्ञा र रातिको कर्फ्यूलाई केही खुकुलो बनाउँदै निरन्तरता दिएको छ । अत्यावश्यक कामको लागि भन्दै बिहान र बेलुका केहीबेर कर्फ्यू र निषेधाज्ञा हटाइएको छ । योबेला बजारमा किनमेल गर्नेहरुको चहलपहल बढ्ने...

Jen-Z आन्दोलन: बलिदान, पीडा र प्रहरी चुनौतीः सान्ताेष

घाेराही, भदाै २६ । सर्वप्रथम अहिलेको Jen-Z आन्दोलनमा ज्यान गुमाएका आन्दोलनकारी र सुरक्षाकर्मीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। उनीहरूको योगदान र बलिदानले हामीलाई सुरक्षा, न्याय र लोकतन्त्रको महत्त्व सम्झाउँछ। यसैबीच, अहिलेको परिस्थितिमा नेपाल प्रहरी आफैं असुरक्षित छन् । प्रहरीका घर, कार्यालय र बर्दीसम्म आक्रमणको शिकार भएका छन् । प्रहरी कार्यालयहरू भग्नावशेषमा परिणत भएका छन्, सवारी साधन जलाइएका छन्, र खुलेआम नागरिकले...

शैक्षिक संस्था खोल्नेबारे अन्योल, प्रविधि र पुस्तकलाई जाेडेर घरमै शिक्षा लिन सकिने

काठमाण्डाै, भदाै २६ । आजका पुस्ताले नयाँ प्रविधिलाई आत्मसात् गर्दै शिक्षा लिइरहेकाले शिक्षालय बन्द भए पनि सिकाइलाई निरन्तरता दिन सकिने शिक्षाविद् डा. विद्यानाथ कोइरालाले बताउनुभएको छ । हिजोका पुस्ताले जङ्गलबाट शिक्षा लिएका थिए तर आजका पुस्ताले प्रविधिमा शिक्षा लिइरहेकाले त्यसैलाई स्वीकार गरी पठनपाठनलाई निरन्तरता दिनुपर्नेमा काेइरालाकाे जोड छ । अबको शिक्षाले प्रविधि, पुस्तक र पुर्खालाई पनि जोड्नुपर्ने उहाँ बताउनुहुन्छ ।...

ताजा समाचार