घोराहीमा प्याब्सनको विरोध, कालो झन्डासहित सवारी साधन र्याली(तस्बिरहरू)
भरत वली
दाङ, भदौ ६ । शिक्षा विधेयकका प्रावधान निजी विद्यालयको हित विपरीत रहेको भन्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले दाङको घोराहीमा आज (शुक्रबार) विरोध प्रदर्शन गरेको छ।
बिहान ११ बजेदेखि विभिन्न विद्यालयका सवारी साधनहरू कालो झन्डा राखी र्यालीमा सहभागी भएका थिए। नारायनपुरतर्फका विद्यालयहरू गुरुकुल स्कुलतर्फबाट, उत्तरतर्फका विद्यालयहरू डि.के. पेट्रोल पम्प वरिपरि, पूर्वतर्फका विद्यालयहरू ट्राफिक चोकदेखि तुलसीपुर चोकसम्म...
खोलाले बगाएर गुल्मीमा एक जनाको ज्यान गयो
गुल्मी, भदाै ६ । गुल्मीमा खोलाले बगाएर एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा इस्मा गाउँपालिका–१ राहलका ५३ वर्षीय मानबहादुर कुमाल रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगाबहादुर सारुले जानकारी दिनुभयो ।
२ दिनदेखि घरबाट हराइरहेका कुमालको शव आज बिहान इस्मा–२ छल्दीटार छल्दी खोलाको किनारमा माछा मार्ने क्रममा स्थानीय बासिन्दाले देखेपछि प्रहरीमा खबर गरेका थिए ।
मानसिक सन्तुलन ठीक...
डेङ्गी सङ्क्रमण ७४ जिल्लामा फैलियो, २ जनाले ज्यान गुमाए
काठमाण्डाै, भदाै ६ । डेङ्गीको सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार अहिलेसम्म ३ हजार २ सय ४७ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।
पछिल्लो १ हप्तामा २ सय ११ जना डेङ्गीबाट सङ्क्रमित भएका छन् । त्यसैगरी डेङ्गीको सङ्क्रमणबाट २ जनाको ज्यान गएको छ ।
कोशी प्रदेशमा ५६८,...
शिक्षक महासङ्घले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्याे
काठमाण्डाै, भदाै ६। नेपाल शिक्षक महासङ्घले फेरि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । शिक्षा विधेयकमा आफूहरूका माग सम्बोधन नभएको भन्दै महासङ्घले असन्तुष्टि जनाउँदै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
महासङ्घले आज काठमाण्डौमा पत्रकार सम्मेलन गरी यही भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाउने महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिनुभयो ।
त्यस्तै भदौ ११ गतेदेखि २०...
उत्कृष्ट नतिजा ल्याउने ६ वटा पालिकालाई सरकारले सम्मान गर्याे
काठमाण्डाै, भदाै ६ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) को नतिजा सार्वजनिक गरेको छ । लिसामा छनोट भएका पालिकालाई सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले आज एक कार्यक्रमका बीच सम्मान गर्नुभयो ।
गएको आर्थिक वर्षको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) र वित्तीय जोखिम मूल्याङ्कन (एफआरए) को कार्य सम्पन्न गरी नतिजा सार्वजनिक...
नाडा अटो शो : तीन दिनमा ७८ हजार ५ सय १३ जनाले गरे अवलोकन
काठमाडौं, भदाै ६ । १७औँ संस्करणको ‘नाडा अटो शो २०२५’ मा उत्साहजनक सहभागिता भइरहेको छ। तीन दिनमा अटो शो ७८ हजार ५ सय १३ जनाले अवलोकन गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै सुरू भएको अटो शोको पहिलो दिन गएको मंगलबार १९ हजार ७ सय ६ जनाले अवलोकन गरेकामा दोस्रो दिन बुधबार २८ हजार ९ सय ७८ जनाले अवलोकन गरेका...
अमेरिकामा साढे ५ करोडभन्दा बढी विदेशी नागरिकको भिसा अनुगमन गरिने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले वैध भिसा लिएर अमेरिकामा रहेका झन्डै साढे पाँच करोडभन्दा बढी विदेशी नागरिकको समीक्षा गर्ने भएको छ । यदि कुनै पनि किसिमको नियम उल्लङ्घन गरेको पाइएमा तत्काल भिसा खारेज गरेर देश निकाला गर्ने तयारी भएको समाचारसंस्था एपीले जनाएको छ ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार सबै किसिमका भिसा लिएर बसेकालाई निरन्तर अनुगमन गर्ने व्यवस्था लागू गरिएको छ ।...
यू–१७ साफ महिला च्याम्पियनशिपमा नेपालले आज भूटानसँग खेल्दै
काठमाण्डौ, भदाै ६ । १७ वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपालले आज भूटानसँग खेल्दैछ । खेल भूटानको चाम्लिमिथाङ रङ्गशालामा नेपाली समयअनुसार बेलुका सवा ६ बजे शुरु हुनेछ । अस्ति प्रतियोगिताको पहिलो खेलमा नेपाल भारतसँग ७ गोलले पराजित भएको थियो ।
प्रतियोगितामा नेपाल, भूटान, भारत र बङ्गलादेश सहभागी छन् । डबल राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा लिग चरणपछि शीर्ष स्थानमा रहने...
गण्डकीदेखि पश्चिमका केही ठाउँमा ठूलो वर्षा
काठमाण्डौ, भदाै ६ । गएराति गण्डकीदेखि पश्चिमका केही ठाउँमा ठूलो पानी परेको छ । कास्की, गोरखा, रुपन्देही, पाल्पा, दाङ, रुकुम पूर्व, नवलपरासी, कपिलवस्तु, बाँके, रोल्पा लगायत जिल्लाका केही ठाउँमा ठूलो पानी परेको हो । अरू ठाउँको तुलनामा कास्की, रुपन्देही र रुकुम पूर्वमा निकै ठूलो पानी परेको छ ।
काठमाण्डौ उपत्यकासहित अरू ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ । लगातार...
लुम्बिनी प्रदेश ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा
दाङ, भदौ ६ । लुम्बिनी प्रदेशलाई बिहीबार एक कार्यक्रमकाबीच ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रदेश’ घोषणा गरिएको छ। यसअघि मधेस प्रदेश पहिलो घोषणा भएको थियो भने लुम्बिनी दोस्रो प्रदेश बनेको हो।
कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्यले डिजिटल ब्यानर क्लिक गरेर घोषणा गर्दै स्वास्थ्यकर्मी, स्वयंसेविका, स्थानीय तह र सबै सरोकारवालालाई धन्यवाद ज्ञापन गरे। उनले मातृशिशु मृत्युदर घटाउन र पोषण सुधारमा निरन्तर सहयोग...














