दाङमा पाँच वर्षमा ७१ हजार बढी नागरिक स्वास्थ्य बीमामा

दाङ, भदौ ६ । पाँच वर्षको अवधिमा दाङमा ७१ हजार ७१८ नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन्। राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाको कुल जनसंख्याको करिब १०.६२ प्रतिशतले बीमा गरेका हुन्। स्वास्थ्य बीमा बोर्ड दाङका संयोजक वसन्त लामिछानेका अनुसार सहभागीमध्ये ३७ हजार ७९८ महिला र ३३ हजार ९२० पुरुष रहेका छन्। घोराही उपमहानगरपालिकामा सबैभन्दा बढी ३७ हजार २०८ जनाले बीमा...

घोराहीमा खुला नकआउट फुटबल प्रतियोगिता हुने

दाङ,भदौ ५ । दाङको घोराही–१४ नयाँबजार युवा क्लब (युएनबीसी) ले आगामी असोज ४ गतेदेखि खुला नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। क्लबले बिहिवार घोराहीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो। युएनबीसीका सहसचिव एवं प्रतियोगिता संयोजक गोपाल कुँवरका अनुसार प्रतियोगिता घोराही–१७ गैरागाउँस्थित लुम्बिनी फुटबल एकेडेमीको खेलमैदानमा हुनेछ। स्व. खेलाडी शक्तिमान बुढा मगरको सम्झनामा आयोजना गर्न लागिएको प्रतियोगितामा सहभागी हुन...

त्रिभुवननगर जेसीजद्वारा आधारभूत विद्यालय सुनपुरमा पुस्तकालय स्थापना

दाङ, ५ भदौ । त्रिभुवननगर जेसीजले सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना (Read to Lead) कार्यक्रम अन्तर्गत श्री नमुना आधारभूत विद्यालय सुनपुरमा पुस्तकालय स्थापना गरेको छ । बिहीबार एक कार्यक्रमकाबीच त्रिभुवननगर जेसीजले विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा प्रधानाध्यापकलाई पुस्तकालयका लागि आवश्यक पुस्तक, खेलकुद सामग्री, कुर्सी, दराज लगायतका सामाग्रीहरु हस्तान्तरण गरेको हो । त्रिभुवननगर जेसीजका अध्यक्ष टंक बहादुर रावत अनन्तको अध्यक्षता तथा घोराही...

बालबालिकाको ‘रोग प्रतिरोधात्मक क्षमता बढाउन’ स्वर्णप्राशन थोपा अभियान

काठमाण्डाै, भदाै ५ । मधेश प्रदेशका जिल्लासहित २५ आयुर्वेद अस्पताल तथा केन्द्रबाट ५ वर्षसम्मका बालबालिकालाई आज स्वर्णविन्दु प्राशन खुवाइएको छ । मधेश प्रदेशका पर्सा, धनुषा, सर्लाहीसहित २१ जिल्लाका २५ आयुर्वेद अस्पताल तथा केन्द्रबाट बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता बढाउन स्वर्णविन्दु प्राशन खुवाइएको हो । बालबालिकाको शारीरिक मानसिक वृद्धि विकासका लागि र शरीरमा रोगसँग लड्ने क्षमताको विकास गर्न पुष्य नक्षत्रका दिन आज...

विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित

काठमाण्डाै, भदाै ५ । बहुप्रतिक्षित विद्यालय शिक्षा विधेयक–२०८० संसदीय समितिबाट पारित भएको छ ।प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकले विधेयक पारित गरेको हो । तर विधेयकमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फरक मत राखेका छन् । माओवादीले उपसमितिको सहमति अनुसार पूर्ण छात्रवृत्ति हुनुपर्नेसहित ५ बुँदे फरक मत राखेको...

प्रणालीमा समस्या आएपछि रोल्पा नगरपालिकाको कर सेवा अस्थायी रूपमा बन्द

भरत वली रोल्पा, भदौ ५ । रोल्पा नगरपालिकाले सम्पत्ति कर तथा भूमि–मालपोत कर सम्बन्धी सेवा अस्थायी रूपमा बन्द भएको जानकारी गराएको छ। नगरपालिकाले जारी गरेको सूचनाअनुसार संचितकोष व्यवस्थापन प्रणालीमा देखिएको समस्या समाधानका क्रममा महालेखा नियन्त्रकको कार्यालय, काठमाडौंले सुधार कार्य गरिरहेको हुँदा भदौ ५ गतेदेखि २५ गतेसम्मका लागि कर सम्बन्धी सेवा बन्द रहने भएको हो। समस्या समाधान भएपछि सेवा नियमित रूपमा सञ्चालन हुने...

घोराही उपमहानगरपालिका–४ ले स्वास्थ्य बीमा नवीकरण गर्न आग्रह

घाेराही, भदाै ५ । घोराही उपमहानगरपालिका वडा नम्बर ४ ले ७० वर्ष मुनिका स्वास्थ्य बीमा गराएका सम्पूर्ण व्यक्तिहरूलाई निर्धारित म्यादभित्र बीमा नवीकरण गर्न आग्रह गरेको छ। वडा कार्यालयले जारी गरेको सूचनामा भदौ २० गतेभित्र स्वास्थ्य बीमा नवीकरण गर्नुपर्ने र यसका लागि तोकिएका व्यक्तिलाई सम्पर्क गर्न सकिने उल्लेख गरिएको छ। यसका लागि देवका पौडेल (सम्पर्क नं. ९८०९७६६०६६) लाई सम्पर्क गर्न सकिने...

स्वर्णप्राशन थोपा अभियान धनगढीबाट शुरू

काठमाण्डौ, भदौ ५ । सरकारले बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउने उद्देश्यसहित स्वर्णप्राशन थोपा अभियान शुरू गरेको छ ।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज सुदूरपश्चिम प्रदेशको धनगढीबाट अभियानको औपचारिक शुभारम्भ गर्नुभएको हो । उहाँले प्राचीन आयुर्वेदिक चिकित्सा पद्धतिलाई आधुनिक विज्ञानसँग जोडेर देशभरि स्वस्थ र मेधावी पुस्ता निर्माण गर्न यस कार्यक्रमले सहयोग गर्ने दाबी गर्नुभयो ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पहिलो चरणमा...

सुनको भाउ आज तोलामा १ हजार ३ सय रुपैयाँले बढ्यो

काठमाण्डौ, भदौ ५ । सुनको भाउ आज तोलामा एकैदिन एक हजार तीन सय रुपैयाँले बढेको छ । सुन आज तोलामा एक हजार तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९३ हजार पाँच सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ...

काठमाण्डौ महानगरले संस्थागततर्फको घरबहाल कर पनि उठाउन थाल्यो

काठमाण्डाै, भदाै ५ । काठमाण्डाै महानगरपालिकाले संस्थागततर्फको घरबहाल कर पनि आफैँले सङ्कलन गर्न थालेको छ । यसअघि संस्थागत घरबहाल कर सङ्घीय सरकारले पनि उठाएपछि अन्योल रहेकोमा सर्वोच्च अदालतले पालिकाको अधिकारका पक्षमा फैसला गरेपछि महानगरले संस्थागततर्फको घरबहाल कर पनि उठाउन आफ्ना वडा कार्यालयहरूलाई परिपत्र गरेको हो । सर्वोच्च अदालतको संयुक्त इजलासको फैसला अनुसार बहाल कर सङ्कलन गर्न/गराउन सबै वडाहरूलाई निर्देशन दिँदै...

ताजा समाचार