युक्रेनलाई सहयाेग गर्न नेदरल्यान्ड्सले पोल्यान्डमा ३ सय सैनिकसहित हवाई रक्षा प्रणाली तैनाथ गर्ने
नेदरल्यान्ड्सले आउँदो डिसेम्बर १ देखि पोल्यान्डमा झन्डै ३ सय सैनिकसहित २ प्याट्रियट प्रणाली, १ नासामस प्रणाली र एन्टी–ड्रोन क्षमता भएको उन्नत हवाई रक्षा प्रणाली तैनाथ गर्ने घोषणा गरेको छ ।
यो तैनाथीले पोल्यान्डमा रहेको युक्रेनका लागि नेटो सुरक्षा सहायता र प्रशिक्षण (एनएसएटीयू) केन्द्रलाई सुरक्षित गर्ने नेदरल्यान्ड्सको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था एएनआईले जनाएको छ । यो केन्द्रमार्फत युक्रेनलाई सैन्य...
लिपुलेकसम्बन्धी चीन–भारत सहमतिबारे सत्तापक्ष र विपक्षीको एक स्वर– ‘यो अस्वीकार्य छ’
काठमाण्डाै, भदाै ५ । भारत र चीनले लिम्पियाधुरा हुँदै व्यापार गर्ने सहमति गरेकोप्रति सांसदहरूले आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सत्तापक्ष र विपक्षी दलका सांसदहरूले भारत–चीन सम्झौताको विरोध गरेका हुन् । उनीहरूले नेपालको तर्फबाट कडा प्रतिवाद गर्न सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।
बैठकमा विशेष समय लिएर बौल्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भारत र चीनबीच भएको भनिएको सहमति अस्वीकार्य...
शिक्षा विधेयक पास नगरेसम्म अन्य बैठकमा सहभागी नहुने शिक्षा समितिकाे अदान
काठमाडौं, ५ भदौ । शिक्षा समितिका सदस्यहरू विद्यालय शिक्षा विधेयक पास नगरेसम्म अन्य बैठकमा सहभागी नहुने भएका छन् । अहिले खाना खानका लागि एक घण्टाका लागि बैठक स्थगित गरिएको छ । खाना खाइसकेपछि पुन: बैठकमा बस्ने र सहमतिको प्रयास गर्ने सभापति अम्मरबहादुर थापाले बताए ।
उनले शिक्षा समितिको बैठकबाट विधेयक पास गरेर मात्रै संसद र अन्य बैठकमा सहभागी हुन समिति सदस्यहरूलाई...
रोल्पामा तीज पञ्चमी विशेष कार्यक्रम आयोजना हुने
रोल्पा, भदौ ६ । नेपाल राष्ट्रिय भू–पू. सैनिक संघ जिल्ला कार्य समिति रोल्पाले आगामी भदौ १२ गते तीज पञ्चमी विशेष कार्यक्रम गर्ने भएको छ। लिबाङको टुँडिखेलमा हुने कार्यक्रममा रोल्पा नगरपालिकाका सबै वडाका महिला दिदीबहिनीहरू साथै इच्छुक व्यक्तिहरूलाई सहभागी हुन अनुरोध गरिएको छ।
कार्यक्रम सफल बनाउनका लागि सबैबाट नैतिक, भौतिक र आर्थिक सहयोग आवश्यक पर्ने भएकाले संघले जिल्लाका बुद्धिजीवी, उद्योगी–व्यापारी, राजनीतिक...
घोराहीमा भोकल कर्डको मासु सफलतापूर्वक शल्यक्रिया
घोराही, भदौ ५ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भोकल कर्डमा मासु पलाएको एक बिरामीको सफल शल्यक्रिया गरिएको छ।
नाक, कान र घाँटी रोग विशेषज्ञ सर्जन डा. दिपेन्द्र गौतमको नेतृत्वमा डा. एलिना आचार्य, डा. सरोज आचार्य, एनेस्थेसियोलोजिस्टसहितको चिकित्सक टोलीले घोराही उपमहानगरपालिका–१८ निवासी आनन्द मोहनको शल्यक्रिया सम्पन्न गरेको हो।
सफल अपरेशनपछि बिरामी मोहनले सामाजिक सञ्जालमार्फत प्रतिष्ठानप्रति आभार व्यक्त गरेका छन्। उनले...
शङ्कर घर्तीमगरको गजलसङ्ग्रह ‘उज्यालोभित्रको अँध्यारो’ रोल्पामा समीक्षा हुँदै
भरत वली
रोल्पा, भदौ ५। रोल्पा जिल्ला तेक्वान्दो संघको आयोजनामा गजलसङ्ग्रह ‘उज्यालोभित्रको अँध्यारो’ को समीक्षा कार्यक्रम हुन लागेको छ।
तेक्वान्दो खेलका दोस्रो डान खेलाडी एवं प्रशिक्षक, माडी तेक्वान्दो विकास समितिका सदस्य, कोर्चावाङ तेक्वान्दो डोजाङका सञ्चालक समितिका अध्यक्ष तथा साहित्यकार शङ्कर घर्तीमगरद्वारा लेखिएको गजलसङ्ग्रहको समीक्षा कार्यक्रम भदौ १४ गत्ते शनिबार बिहान ११:३० बजे जिल्ला समन्वय समितिको हल, लिबाङमा आयोजना गरिने संघले जनाएको...
सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण रोकेपछि अनिश्चितता
काठमाडौं, भदाै ५ । कानुन बनाएर व्यवस्थित गर्ने नाममा सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण प्रक्रिया रोकिदिएको छ। यसअघि निर्देशिकाको आधारमा दर्ता हुँदै आएको अनलाइन सञ्चारमाध्यम अब ऐन संशोधनपछि स्थानीय प्रशासन कार्यालयमार्फत दर्ता गर्नुपर्ने व्यवस्था गरिएको हो। तर, नयाँ नियमावली नबनिएकाले हाल देशभर दर्ता तथा नवीकरण कार्य बन्द भएको छ।
गत १४ साउनमा छापाखाना तथा प्रकाशन ऐन संशोधन भई राजपत्रमा...
नेपालमा मनसुन कमजोर, केही स्थानमा वर्षा
काठमाडौँ, भदाै ५ । न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले हाल नेपालमा मनसुन कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भूभाग, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली छ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहेको छ।
हाल बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। त्यस्तै कोशी, मधेश,...
लिपुलेक व्यापारमा भारतको स्पष्टिकरण : ‘नेपालको दाबी ऐतिहासिक प्रमाणमा आधारित छैन’
काठमाडौं, भदाै ५ । लिपुलेक नाकाबाट भारत र चीनबीच पुनः सुरु गरिएको सीमा व्यापारबारे नेपालको आपत्तिपछि भारतले आफ्नो प्रतिक्रिया सार्वजनिक गरेको छ। भारतले नेपालको दाबी ऐतिहासिक प्रमाण र यथार्थमा आधारित नभएको स्पष्ट पारेको हो।
भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बिहीबार विज्ञप्ति जारी गर्दै भने, “भारत र चीनबीच लिपुलेक नाकाबाट हुने सीमा व्यापार १९५४ मा सुरु भएको हो। दशकौँदेखि निरन्तर...
रोल्पामा बृहत सामुदायिक आँखा शिविर सञ्चालन हुने
✍️भरत वली
रोल्पा, भदौ ४ । द फ्रेड हलोज फाउन्डेसन नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान, तथा तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र, लिवाङ–रोल्पाको आयोजनामा र सम्बन्धित स्थानिय तहहरूको सहकार्यमा रोल्पाका विभिन्न स्थानमा १ दिने बृहत सामुदायिक आँखा शिविर सञ्चालन हुने भएको छ।
शिविरमा निःशुल्क आँखा परिक्षण, मोतिविन्दुको छनोट, आँखा सम्बन्धी रोगको जाँच र परामर्श सेवा प्रदान गरिनेछ। आवश्यक परेका बिरामीलाई निःशुल्क...














