मुख्यमन्त्री आचार्यद्वारा तीजको मौलिकता जोगाउने साझा जिम्मेवारीमा जोड

दाङ, भदौ ४ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धर्म र संस्कृतिको संरक्षणमा यदि विचलन हुन्छ भने समाजमा विकृति र असन्तुलन फैलने भएकाले यस्ता प्रवृत्तिलाई रोक्नु सबैको साझा जिम्मेवारी भएको बताउनुभएको छ। हरितालिका तीजको पूर्वसन्ध्यामा राप्ती उपत्यका (देउखुरी) मा आयोजित तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पुर्खाले जोगाएका पर्वको मौलिकता कायम राख्नुपर्नेमा जोड दिनुभयो। मुख्यमन्त्री आचार्यले भन्नुभयो, “धर्म र...

विपन्न नागरिक उपचार अब बीमाबाट

काठमाण्डाै, भदौ ४ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य उपचारसम्बन्धी छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई एकीकृत गर्न शुरुआत गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८२ (पहिलो संशोधन)’ स्वीकृत गर्दै यसको शुरुआत गर्नुभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । निर्देशिका स्वीकृत गर्दै मन्त्री पौडेलले सरकार विपन्न नागरिकको स्वास्थ्य उपचारप्रति प्रतिबद्ध...

तीज मिलन तथा महिला स्वतन्त्रता–मिडिया अन्तरक्रिया कार्यक्रम दाङमा सम्पन्न

घोराही, भदौ ४ । नेपाल पत्रकार महासङ्घ दाङ शाखा महिला विभागको आयोजनामा “तीज मिलन कार्यक्रम–२०८२ तथा महिला स्वतन्त्रता र मिडिया अन्तरक्रिया” बुधबार सम्पन्न भएको छ। कार्यक्रममा महिला विभाग प्रमुख तथा दाङ शाखाकी उपाध्यक्ष नारायणी रजौरेको अध्यक्षता, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासनको प्रमुख आतिथ्य र केन्द्रीय सदस्य लिला शाहको विशेष आतिथ्य रहेको थियो। सोही अवसरमा लुम्बिनी प्रदेश महासचिव पाण्डव...

गुरुकुलका विद्यार्थीबाट महिला कर्मचारी र शिक्षिकालाई तिज कोसेली

घोराही, भदौ ४ । घोराहीस्थित गुरुकुल एकेडेमीका विद्यार्थीहरूले हिन्दु नारीहरूको महान चाड हरितालिका तिजको अवसरमा विद्यालयमा कार्यरत महिला सहयोगी कर्मचारी तथा शिक्षिकालाई तिज कोसेली प्रदान गरेका छन्। विद्यार्थीहरूले आफ्नै पहलमा रकम संकलन गरी, बाँकी आवश्यक रकम विद्यालयको सहयोगमा जुटाएर उपहार वितरण गरेका हुन्। सो अवसरमा महिला सहयोगीलाई साडी र शिक्षिकालाई श्रृङ्गार सामग्री प्रदान गरिएको विद्यालयकी कप्तान यशु बुढाथोकीले जानकारी दिइन्। उनका...

नाडा अटो शो’ मा उड्ने कारप्रति विशेष आकर्षण

काठमाण्डाै, भदाै ४ । काठमाडौँको भृकुटीमण्डपमा हिजोदेखि सुरु भएको ‘नाडा अटो शो’ अवलोकन गर्न ठूलो भीड लागेको छ। पहिलो दिन विशेषगरी उड्ने कार हेर्न आउनेहरूको चहलपहल बढी देखियो। प्रदर्शनीमा दुईपाङ्ग्रे देखि चारपाङ्ग्रे गाडी, पार्टपुर्जा र नयाँ मोडेलका स्कुटर तथा मोटरसाइकल प्रदर्शनमा राखिएका छन्। विशेषगरी युवाले नयाँ मोडेलका बाइक र स्कुटरमा चासो देखाउँदै खरिदका लागि बुकिङसमेत गरेका छन्। मेलामा बैंकहरूले आकर्षक...

दाङमा मातृ–शिशु स्वास्थ्य चुनौतीपूर्ण

दाङ, भदाै ४ । दाङमा स्वास्थ्य संस्था पर्याप्त भए पनि मातृ–शिशु स्वास्थ्यमा सुधार देखिएको छैन। जिल्लामा ६ वटा आधारभूत अस्पताल, ३४ स्वास्थ्य चौकी, २९ आधारभूत स्वास्थ्य सेवा केन्द्र, ३२ शहरी स्वास्थ्य केन्द्र र १० आयुर्वेद स्वास्थ्य केन्द्रसहित सबै वडामा स्वास्थ्य सुविधा रहेका छन्। तर मातृ मृत्युदर, बालविवाह, कम उमेरमै आमा बन्ने र घरमै सुत्केरी हुने समस्या कायम छ। स्वास्थ्य कार्यालयका...

जापानिज इन्सेफ्लाइटिसबाट ११ जनाको मृत्यु

काठमाण्डाै, भदाै ४ । जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणका कारण अहिलेसम्म ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार हालसम्म ६३ जनामा यो रोग पुष्टि भएको छ। उनका अनुसार तेह्रथुम, बारा, मोरङ, झापा, नवलपरासी पश्चिम, कैलाली, प्युठान र अर्घाखाँचीका एक–एक जना तथा चितवनका तीन जनाको मृत्यु भएको तथ्याङ्क छ।...

३ वर्षभित्र सबै किसानलाई किसान परिचयपत्र दिने सरकारको तयारी

प्रतीकात्मक तस्बिर
काठमाण्डौ, भदाै ३ । सरकारले कृषि क्षेत्रलाई आत्मनिर्भर र थप व्यवस्थित गर्ने लक्ष्यका साथ किसान पहिचान र वर्गीकरणका आधारमा किसान परिचयपत्रको व्यवस्था गर्ने भएको छ । आउँदो तीन वर्षभित्र सबै किसानलाई परिचयत्र दिने सरकारको दाबी छ । त्यसका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय र प्रदेशको कृषिक्षेत्र हेर्ने मन्त्रालय र पालिकाले आवश्यक काम गर्नेछन् । खाद्य प्रणाली विविधीकरण, पाककलामा अन्वेषण...

रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपचुनावका लागि २६ वटा राजनीतिक दल दर्ता

दाङ, साउन ३ । आउँदो कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपचुनावका लागि २६ वटा राजनीतिक दल दर्ता भएका छन् । दल दर्ताका लागि आएका २७ राजनीतिक दलमध्ये कानूनी रित पूरा भएका २६ दललाई निर्वाचन आयोगको हिजोको निर्णय अनुसार दर्ता गरिएको आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालको संविधानको धारा २७१...

सामाजिक सञ्जाललाई दर्ता गराएर मात्र चलाउन दिन सरकारलाई सर्वाेच्च अदालतको आदेश

काठमाण्डौ, भदौ ३ । सर्वोच्च अदालतले सामाजिक सञ्जाललाई दर्ता गराएर मात्रै चलाउन दिन सरकारको नाममा आदेश गरेको छ । तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुङ्गाना, हरिप्रसाद फुयाल, डा. नहकुल सुवेदी, विनोद शर्मा, महेशकुमार पौडेल र बालकृष्ण ढकालसहित नौजनाको बृहत् पूर्ण इजलासले पोहोर असोज १३ गते गरेको फैसलाको हालै सार्वजनिक भएको पूर्णपाठमा यो...

ताजा समाचार