घोराही उपमहानगरपालिकाबाट कृषकलाई ५० प्रतिशत अनुदानमा बीउ वितरण

दाङ, भदौ २ । घोराही उपमहानगरपालिकाले कृषकलाई विभिन्न तरकारी र प्याजको उन्नत बीउ ५० प्रतिशत अनुदानमा वितरण गर्ने भएको छ। उपमहानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाले आव २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार बीउ वितरण गर्न लागेको हो। सूचना अनुसार कृषक, कृषि फर्म र कृषक समूहले आवश्यक कागजातसहित १५ दिनभित्र निवेदन दिनुपर्नेछ । अन्तिम दिन सार्वजनिक बिदा परेको खण्डमा कार्यालय...

घोराही–८ का वडाअध्यक्ष शाहको राजीनामा स्वीकृत, चुडामणि चौधरी नियुक्त

घाेराही, भदौ २ । घोराही उपमहानगरपालिका–८ का वडाअध्यक्ष जितेन्द्रबहादुर शाहले दिएको राजीनामा औपचारिक रूपमा स्वीकृत भएको छ। गत असार ११ गते उपमहानगरपालिकाको १३औं नगरसभामा बजेटका विषयमा असन्तुष्टि जनाउँदै अध्यक्ष शाहले पदबाट राजीनामा दिएका थिए। नगरप्रमुख नरुलाल चौधरीलाई बुझाएको पत्रमा उनले ‘नीति तथा कार्यक्रममा बाँडफाँडको विषयमा चित्त नबुझेकाले जनतालाई गरेको प्रतिबद्धता पुरा गर्न नसक्ने स्थिति आएको र त्यसप्रति आत्मग्लानी भएको कारण...

घोराही–१६ का सडक मर्मत कार्य सुरुः कार्यमा सहयोग गर्न विपत् व्यवस्थापन शाखाकाे अनुराेध

घोराही, भदाै १ । घोराही उपमहानगरपालिका विपत् व्यवस्थापन शाखा र वडा नम्बर १६ को समन्वयमा सो वडाभित्रका विभिन्न सडक मर्मत कार्य थालिएको छ। सडकमा खाल्डाखुल्डीका कारण यातायातमा समस्या देखिनुका साथै दुर्घटनाको सम्भावना बढेकाले मर्मत कार्य अघि बढाइएको हो। विपत् व्यवस्थापन शाखाको पहलमा मङ्गलेरी चोकदेखि बाहुनडारा बिएनबी चोक, डाँफे टोल हुँदै तेरौटेबाट अटो भिलेज पुलसम्म तथा सर्रा टोल विकास संस्थाभित्रका सडक...

घोराहीलाई पूर्ण संस्थागत सुत्केरीयुक्त नगर घोषणा गर्ने तयारी

घोराही, भदाै १ । मातृ–शिशु स्वास्थ्यलाई अझ सुरक्षित बनाउन घोराही उपमहानगरपालिकाले पूर्ण संस्थागत सुत्केरीयुक्त नगर घोषणा कार्यक्रम सञ्चालन गर्ने भएको छ। उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखाले आइतबार सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम गर्दै उक्त जानकारी दिएको हो। कार्यविधिअनुसार घरधुरी सर्वेक्षण, वडा स्तरमा घोषणा, पालिका घोषणा हुँदै जिल्ला घोषणा गर्ने चरणबद्ध प्रक्रिया अघि बढाइने बताइएको छ। घरमै हुने सुत्केरीलाई शून्यमा झार्नका लागि सचेतनामूलक कार्यक्रमहरू सञ्चालन...

घोराही–२ बुकामा बहुउद्देश्यीय कभर्ड हल उद्घाटन

घोराही, भदाै १ । घोराही उपमहानगरपालिकाले बजार क्षेत्रको पूर्वी भागलाई लक्षित गर्दै वडा नम्बर २ स्थित बुकामा बहुउद्देश्यीय कभर्ड हल निर्माण गरेको छ। खेलकुदको विकाससँगै सभा–सम्मेलन तथा आपतकालीन अवस्थामा आश्रयका रूपमा प्रयोग गर्न सकिने गरी जनता माध्यमिक विद्यालय बुकाको परिसरमा उक्त कभर्ड हल निर्माण गरिएको बताइएकाे छ । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले आइतबार एक कार्यक्रमका बीच...

मुख्यमन्त्री आचार्यद्वारा पाल्पा भगवती रथ जात्राको शुभकामना

दाङ, भदाै १ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा भव्य रूपमा आयोजना हुन गइरहेको श्री ७ रणउजीरेश्वरी भगवती रथ जात्राको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ। वि.सं. १८७१–७२ मा नेपाल र इस्ट इन्डिया कम्पनीबीच भएको युद्धमा नेपाली सेनाले प्राप्त गरेको ऐतिहासिक विजयको स्मरणमा हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन यो जात्रा मनाउने परम्परा रहेको छ।...

कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप २ जना नेपालीको ज्यान गयो

काठमाण्डाै, भदाै १ । कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप दुई जना नेपालीको ज्यान गएको छ । कुवेतमा रहेको नेपाली दूतावासका अनुसार विषाक्त रक्सी खाएर बिरामी भई विभिन्न अस्पतालमा भर्ना भएका ४० जना नेपाली श्रमिकमध्ये अहिलेसम्म ११ जनाको ज्यान गएको पुष्टि भएको छ । अस्पतालमा भर्ना भएकामध्ये १५ जनाको आईसीयूमा उपचार भइरहेको छ भने बाँकीको अवस्था सामान्य रहेको दूतावासका...

नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो

तस्बिर : सडक डिभिजन भरतपुर चितवन
काठमाण्डौ, भदाै १ । सुक्खा पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ । आज बिहान चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलानजिक सडकमा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको थियो । गाडी र यात्रु रोकिएका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार दुईवटा डोजर प्रयोग गरी पहिरो पन्छ्याइएको छ । रोकिएका गाडी र यात्रु गन्तव्यतर्फ लागेका छन् । पहिरोको...

गुरुकुल एकेडेमीमा नवप्रवेशी विद्यार्थीलाई भव्य स्वागत

दाङ, साउन ३१ । गुरुकुल एकेडेमीले कक्षा ११ का नवप्रवेशी विद्यार्थीहरूलाई शुक्रबार एक कार्यक्रमकाे साथ भव्य स्वागत सम्पन्न गरेको छ । घोराहीस्थित होटेल मालाइनमा आयोजना गरिएको कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरूले नयाँ शैक्षिक सत्रमा भर्ना भएका साथीहरूलाई स्वागत गरेका थिए । कक्षा १२ की छात्रा आयुषा अधिकारीकाे अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रमकाे सञ्चालन भिभिद अधिकारी, शिखा न्यौपाने र शुलभ गौतमले गरेका...

घोराही–१७ मा शिव महापुराण महाआरती सफलतापूर्वक सम्पन्न

घाेराही, साउन ३१ । घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरियामा आयोजित एक महिनासम्म चलेको शिव महापुराण तथा श्रृङ्गारिक महाआरती कार्यक्रम (आज) शनिबार समापन भएको छ। कार्यक्रममा २१ लाख रुपैयाँभन्दा बढी दान संकलन भएको मूल आयोजक समितिले बताएकाे छ। समापन समारोह मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा मूल आयोजक समिति संयोजक गोविन्द गोराथोकीको अध्यक्षता तथा घाेराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यमा...

ताजा समाचार