घोराही–१७ मा शिव महापुराण महाआरती सफलतापूर्वक सम्पन्न
घाेराही, साउन ३१ । घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरियामा आयोजित एक महिनासम्म चलेको शिव महापुराण तथा श्रृङ्गारिक महाआरती कार्यक्रम (आज) शनिबार समापन भएको छ। कार्यक्रममा २१ लाख रुपैयाँभन्दा बढी दान संकलन भएको मूल आयोजक समितिले बताएकाे छ।
समापन समारोह मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा मूल आयोजक समिति संयोजक गोविन्द गोराथोकीको अध्यक्षता तथा घाेराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यमा...
धारापानीमा शिवपुराण तथा श्रृङ्गारिक महाआरतीको समापन
घाेराही, साउन ३१ । घोराही उपमहानगरपालिका–५, धारापानीमा एक महिना चलिरहेको शिवपुराण तथा श्रृङ्गारिक महाआरती (आज) शनिबार समापन भएको छ। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारी को अध्यक्षतामा तथा घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी को प्रमुख आतिथ्यतामा महाआरतीको समापन कार्यक्रम सम्पन्न भएको हो।
समापन समारोहमा नगर प्रमुख चौधरीले पाण्डबेश्वर मन्दिर धारापानीलाई पर्यटन र आर्थिक विकासको महत्वपूर्ण आधार भएको बताउनु भयाे। उहाँले...
घाेराहीकाे नारायणपुरमा बहुउद्देश्यीय योगहल निर्माण सम्पन्न
घाेराही, साउन ३१ । घोराही उपमहानगरपालिकाले साविक त्रिपुर क्षेत्रलाई लक्षित गर्दै वडा नम्बर १०, नारायणपुरमा बहुउद्देश्यीय योगहल निर्माण सम्पन्न गरेको छ। वडा नम्बर १० को दुरसञ्चार टोलमा करिब एक करोड २० लाख रुपैयाँ लागतमा तयार गरिएको सो योगहलको उद्घाटन शनिबार नगर प्रमुख नरुलाल चौधरीकाे प्रमुख आतिथ्यता तथा योग समितिका अध्यक्ष दानबहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको थियो।
नब निर्मित भवनलाई योग...
कुवेतमा रहेका नेपालीलाई घातक पेय पदार्थबाट टाढा रहन दूतावासको आग्रह
काठमाण्डौ, साउन ३१ । कुवेतमा रहेको नेपाली दूतावासले त्यहाँ कार्यरत नेपालीलाई स्वास्थ्यका लागि घातक र जोखिमपूर्ण खाद्य तथा पेय पदार्थ नखान आग्रह गरेको छ ।
दूतावासले विज्ञप्ति निकालेर विषाक्त रक्सी सेवनबाट केही नेपालीको निधन भएको र ३५ जना अस्पताल भर्ना भएको भन्दै यस्तो आग्रह गरेको हो ।
दूतावासले ज्यान गुमाउने नेपालीको सङ्ख्या उल्लेख गरेको छैन । विषाक्त रक्सी खाएर कम्तीमा नौ...
मनसुनी वायुको प्रभाव कमजोर रहे पनि केही ठाउँमा मध्यम वर्षा
काठमाण्डौ, साउन ३१ । मनसुनी वायुको प्रभाव कम रहे पनि देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।
गएराति सुनसरी, सङ्खुवासभा, सिन्धुपाल्चोक, चितवन, तनहुँ, रुकुम पूर्व, बाजुरा, बझाङ, दार्चुलालगायतका ठाउँमा मध्यम वर्षा भयो ।
आज दिउँसो पनि लुम्बिनी र सुदूरपश्चिमको पहाडी तथा तराई भागसहित केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार राति कोशी र...
दाङ उपत्यका २०९० भित्र अर्गानिक घोषणा गर्ने लक्ष्य
बिजौरी, साउन ३० । दाङको बंगलाचुली गाउँपालिकामा किसानलाई स्थानीय वनस्पति, गोबर र गाईको पिसाब प्रयोग गरेर जैविक विषादी, गड्यौला मल र झोल मल बनाउन तालिम दिइएको छ। यस कार्यको संयोजन पर्यावरणीय दिगो विकास एवम् अनुसन्धान केन्द्र नेपाल ले गरेको हो।
तालिममा रासायनिक मल र विषादीका नोक्सानीबारे जानकारी दिँदै पहिलो चरणमा अर्गानिक पकेट क्षेत्र निर्माण र क्रमशः रासायनिक प्रयोग घटाउने योजना सार्वजनिक...
मनसुनी वायुको प्रभाव कमजोर, गएराति केही ठाउँमा हल्का वर्षा
मनसुनी वायुको प्रभाव कमजोर भएको छ । मनसुनको न्यूनचापीय रेखा तराई आसपास रहे पनि विस्तारै दक्षिणतर्फ सर्ने र मनसुन केही कमजोर हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव भने रहेको छ । गएराति केही ठाउँमा हल्का वर्षा मात्रै भएको छ ।
आज सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागका थोरै ठाउँहरुमा तथा बाँकी तराई भूभागका...
शिक्षा विधेयक संशोधन गर्न प्याब्सन घोराहीको माग
दाङ, २९ साउन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) घोराही नगर कार्यसमितिले सरकारले ल्याउन लागेको "विद्यालय शिक्षा सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०" का केही प्रावधानप्रति आपत्ति जनाउँदै ज्ञापनपत्र बुझाएको छ। प्याब्सन घोराही नगर कार्यसमितिका कार्यबाहक अध्यक्ष मानसिंह घर्तीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले घोराही उपमहानगरपालिकाको नगर उपप्रमुख हुमा कुमारी डिसी र सामाजिक विकास महाशाखा...
झन्डै १ करोड रुपैयाँ सम्पत्तिको स्रोत नखुलेपछि पर्यटन विभागका निर्देशक यादवविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाण्डाै, साउन २९ । पर्यटन विभाग भृकुटीमण्डपका निर्देशक एवम् सिनियर डिभिजनल इन्जिनियर (सीडीई) सचिन्द्रकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज यादवविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र विशेष अदालतमा दायर गरेको हो ।
यादव नियुक्ति भएको २०६६ साल जेठ २४ देखि २०७९ साल साउन २९ गतेसम्मको चलअचल सम्पत्तिमाथि अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा...
चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले शपथ लिए
काठमाण्डाै, साउन २९ । चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले आज पद तथा गाेपनीयताकाे शपथ लिएका छन् ।
कुलपतिको हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपतिमा प्रा. डा. विक्रमप्रसाद श्रेष्ठ, पाटन स्वास्थ्य विज्ञानका लागि प्रा. डा. बुद्धि पौडेल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि प्रा. डा. भरतबहादुर खत्री र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि डा. पुजनकुमार रोकायालाई शपथ गराउनुभएको हो ।
चारै...














