मममा औँठी भेटिएपछि काठमाण्डौ महानगरले धरहरा टपरी ममलाई २ लाख जरीवाना तोक्यो

काठमाण्डाै, साउन २९ । मममा धातुको औँठी भेटिएपछि काठमाण्डौ महानगरपालिकाले सुन्धारामा रहेको धरहरा टपरी ममलाई दुई लाख रुपैयाँ जरीवाना तोकेको छ । खाद्य स्वच्छता उल्लङ्घन गरेको पाइएपछि जरीवाना तोकेको महानगरले जनाएको छ । महानगरपालिकाको कृषि तथा खाद्य विभागका प्रमुख एवम् निरीक्षण अधिकारी नुरनिधि न्यौपानेले धरहरा टपरी ममले पटक–पटक महानगरको निर्देशन उल्लङ्घन गर्दै खाद्य स्वच्छता र गुणस्तर कायम नगरेको पाइएको बताउनुभयो...

दाङमा बालिका बलत्कार कसुरमा एक युवकलाई १२ वर्ष कैद फैसला

दाङ, साउन २९ । दाङमा बालिका बलत्कार कसुरमा एक युवकलाई १२ वर्ष कैद फैसला भएको छ । दाङ जिल्ला अदालतले दंगिशरण गाउँपालिका-२ का २१ वर्षिय डिल्ली भनिने दिलीप बिकलाई १४ वर्षिय बालिका बलत्कारको कसुरमा १२ वर्ष कैद फैसला गरेको जानकारी दिएकाे छ । जिल्ला न्यायधिस लालसिंह थापाको इजलासले १२ वर्ष कैद सजायसंगै ५ लाख जरिवाना, ३० हजार क्षतिपुर्ति र २०...

लुम्बिनी प्रदेशमा तीन हजार उद्योग थपिए

दाङ, साउन २९ । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा ३ हजार २६७ वटा घरेलु तथा साना उद्योग थपिएका छन् । प्रदेशका १२ जिल्लामा ती उद्योगहरू थपिएका हुन् । उद्योग पर्यटन तथा यातायात मन्त्रालयका वरिष्ठ अधिकृत तथा सूचना अधिकारी सन्तोषकुमार सुवेदीले रुपन्देहीमा ८८२, बाँकेमा ६५७, नवलपरासी पश्चिममा ३१७, कपिलवस्तुमा ३३३ वटा घरेलु तथा साना उद्योग थपिएको बताउनुभयो ।दाङमा ४४९,...

रोल्पाको घोराही थवाङ शहिद मार्ग पुर्णरुपमा अवरुद्ध

दाङ, साउन २९ । रोल्पाकाे मुख्य सडक अवरुद्ध भएको छ । त्रिवेणी गाउँपालिका–२, दुईखोलीमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । बिहीबार श्रावन २९ गते बिहान करिब ७ बजेर ५५ मिनेटको समयमा उक्त स्थानमा पहिरो खसेको थियाे । वर्षासँगै सडकमाथिबाट पहिरो खस्दा घोराही–थबाङ सहिदमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

नमुनाकाे तीज मिलन कार्यक्रम सम्पन्न

घाेराही, २९ साउन । घाेराही उपमहानगरपालिका १५ तारापुञ्ज टाेलस्थित नमुना बहुभाषिक शिक्षालयले तीज मिलन कार्यक्रम सम्पन्न गरेकाे छ । कार्यक्रमकाे उद्देश्यमाथि प्रकाश पार्दै शिक्षालयका प्रिन्सिपल विष्णु हमालले हिन्दु नारीहरुकाे महान पर्व हरितालिका (तीज)काे पूर्वार्धमा शिक्षालयले शिक्षक-अभिभावकबीच शुभकामना आदानप्रदान गरि आपसी सद्भाव, समन्वय र आत्मियता बढाउन तीज मिलन कार्यक्रम गरेकाे बताउनुभयाे । शिक्षालयका अध्यक्ष गणेश घर्ती मगरकाे अध्यक्षता एवम् प्याब्सन घाेराही नगर...

एमाले लुम्बिनीको पाँचौं पूर्ण  बैठकः सामाजिक अराजकता बिरुद्ध दृढता पूर्वक उभिन आह्वान

दाङ, २८ साउन । नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको पाँचौं पूर्ण बैठक बुधबार दाङको लमहीमा सम्पन्न भएको छ । बैठकले केन्द्रीय कमिटीको नवौं बैठकबाट पारित प्रस्तावलाई आत्मसात गर्दै थप प्रस्तावहरू पारित गरेको छ । बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको वर्तमान सरकारले एक वर्षमा उल्लेखनीय काम गरेको भन्दै धन्यवाद व्यक्त गरेको छ । पार्टीका अनुसार सरकारले...

रोल्पा परिवर्तन समाज सेवा समिति दाङको तदर्थ समिति गठन

दाङ, साउन २८ । रोल्पा परिवर्तन समाज सेवा समिति दाङको तदर्थ समिति गठन गरिएको छ। परिवर्तन गाउँपालिकाबाट बसाइँसराइ गरी दाङका विभिन्न स्थानमा बसोबास गर्दै आएका व्यक्तिहरूको बुधबार घोराहीमा बसेको भेलाले जेष्ठ नागरिक लोककुमार श्रेष्ठको संयोजकत्वमा तदर्थ समिति गठन गरेको हो। तदर्थ समितिको सह–संयोजकमा जकदेवप्रसाद पुन र सदस्यहरूमा कैलाश रोकामगर, हरि डाँगी, उपेन्द्र बुढा, बेगमप्रसाद बुढामगर, मनिषा पुन, लालकुमारी बुढामगर र पूर्णबहादुर बुढामगर...

घोराहीबाट तालबाङ जाँदै गरेको जिप दुर्घटना, ६ जना गम्भीर घाइते

भरत वली घाेराही, साउन २८ । घोराहीबाट राेल्पाकाे तालबाङतर्फ जाँदै गरेको जिप आज (बुधबार) दिउँसो १ बजेर ५० मिनेटमा दुर्घटनामा परेको छ। घटनापछि इलाका प्रहरी कार्यालय घर्तिगाउँका प्रहरी निरीक्षक देवसिंह भण्डारीको नेतृत्वमा १० जनाको प्रहरी टोली घटनास्थल पुगेको इ. प्र. का. रोल्पाले जानकारी दिएकाे छ। प्रहरीले घाइतेको उद्धार गरी उपचारका लागि पठाएको छ। दुर्घटनामा गम्भीर घाइते भएकामध्ये ६ जनालाई रोल्पा अस्पताल रेउघा...

बिष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक

घाेराही, साउन २८ । लोकगायिका बिष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ आज सार्वजनिक भएको छ। युट्युबमार्फत सार्वजनिक भएको यो गीतले अपलोड भएको छाेताे समयमै लाखाै दर्शकको ध्यानाकर्षण गराउनका साथै राम्राे भ्युज पाएको छ। गीतको लय र शब्दप्रति दर्शकको उत्साह उच्च देखिएको छ। केही घण्टामै उल्लेख्य संख्यामा भ्युज पाएको यो गीतको प्रतिक्रिया सामाजिक सञ्जालमा तीव्र रुपमा फैलिएको छ। गत वर्षको...

आज ४५ जिल्लामा बाढीको मध्यम जोखिम

काठमाण्डौ, साउन २८ । आज ४५ जिल्लामा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । आज कोशी प्रदेशका इलाम, झापा, पाँचथर, सोलुखुम्बु, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, सुनसरी, खोटाङ, ओखलढुङ्गा, उदयपुरमा बाढी आउन सक्ने सम्भावना छ । त्यस्तै बागमती प्रदेशको सिन्धुली, काभ्रे, काठमाण्डौ, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवा, धादिङ, दोलखा, सिन्धुपाल्चोकमा पनि बाढी आउन सक्ने महाशाखाले चेतावनी दिएको छ । गण्डकी प्रदेशका...

ताजा समाचार