भैंसीलाई यातना दिँदै ओसारपसार, राेल्पाका युवा सहित दुई जना पक्राउ

घाेराही, साउन २८ । भैंसीलाई यातनापूर्वक ओसारपसार गरेको आरोपमा दुई जना अर्घाखाँचीमा पक्राउ परेका छन्। सन्धिखर्क नगरपालिका–२ घोचेखोलाबाट प्रहरीले भैंसी बोकेको जीपका चालक र सहचालकलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–६ का सरोज पौडेल र रोल्पा लुङ्ग्री गाउँपालिका–२ का क्रिस बाँनिया रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक झलकप्रसाद शर्माले जानकारी दिए। प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार, धारापानीबाट सन्धिखर्क...

दाङमा युवामाझ लागूऔषधविरुद्ध सचेतना

घोराही, साउन २८ । अन्तर्राष्ट्रिय युवा दिवस–२०२५ को अवसरमा दाङ महिला जेसीजले युवाका लागि "राम्रो स्वास्थ्य र कल्याणका लागि लागूऔषधविरुद्ध सचेतना" कार्यक्रम सम्पन्न गरेको छ। दाङ महिला जेसीज वर्ष २०२५ की अध्यक्ष अनिता ढकालको अध्यक्षता तथा राप्ती शिक्षा क्याम्पसका प्रमुख हुकुमबहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा मङ्गलबार घोराहीस्थित राप्ती शिक्षा क्याम्पसमा कार्यक्रम सम्नन भएको हो। विद्यार्थीहरूले लागूऔषधको हानिकारक असरबारे जान्ने अवसर पाएको बताएका थिए।...

सडक दुर्घटना न्यूनिकरण सबैको साझा सरोकार : मुख्यमन्त्री आचार्य

दाङ, २७ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सवारी दुर्घटना न्यूनिकरणको विषय अब साझा चिन्ताको एजेन्डा बन्नुपर्ने बताउनु भएको छ । राष्ट्रिय सडक सुरक्षा परिषद्ले प्रदेश तथा स्थानीय तहमा सडक सुरक्षामा सरोकार राख्ने निकायहरूको भूमिका बढाउने र आगामी योजनामा प्राथमिकता दिने उद्देश्यले दाङकाे लमहीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले दुर्घटनासँग जोडिएका कारणहरू पहिचान गरेर समाधानका उपाय तत्काल...

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

काठमाण्डाै, साउन २७ । नेपालमा गएको आर्थिक वर्षमा एक जना पत्रकारको हत्या हुनुका साथै प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना भएका छन् । २०८१ साल साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्म गरिएको अनुगमनमा एक जना पत्रकारको हत्या हुनुका साथै प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना भएको प्रेस काउन्सिल नेपालले जनाएको छ । यीमध्ये धम्की र दुर्व्यवहारका घटनाहरू सबैभन्दा धेरै ४१ वटा...

दाङकाे तुलसिपुरमा मिनी ट्रक दुर्घटना हुदा दुई घाइते

दाङ, साउन २७ । दाङको तुलसीपुरमा केरा बोकेको मिनी ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार घाइते हुनेमा भारतको उत्तर प्रदेश, बहराइचका ३१ वर्षीय रियाज दिन र २१ वर्षीय सहचालक रितेश सोहनाकार रहेका छन्। भारतबाट नेपालगञ्ज हुँदै तुलसीपुरतर्फ आउँदै गरेको UP४०AT२०७४ नम्बरको मिनी ट्रक (आज) मंगलबार दिउँसो करिब १२:३० बजे तुलसीपुर–१३ दमारगाउँ नजिक अनियन्त्रित...

घोराहीमा मुक्त कमलरी विकास बजेटको समीक्षा सम्पन्न

घोराही, साउन २७ । मुक्त कमलरीहरूको आर्थिक, सामाजिक तथा क्षमता विकासका लागि घोराही उपमहानगरपालिकाले विगतदेखि तय गर्दै आएको बजेट तथा कार्यक्रमबारे (अाज) मंगलबार घाेराहीमा समीक्षा कार्यक्रम सम्पन्न गरेकाे छ। मंगलबार उपमहानगरपालिकाको कार्यालयमा भएको समिक्षात्मक छलफलमा नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमाकुमारी डिसी, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, विभिन्न महाशाखा तथा शाखा प्रमुखहरू, साथै मुक्त कमलरी विकास मञ्चका पदाधिकारीहरूकाे उल्लेख्य सहभागीता रहेकाे...

अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । युवाका सवाललाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्र सङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि यो दिवस मनाउन थालिएको हो । नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलोपटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो । युवालाई उच्च...

इजरायली आक्रमणमा परी गाजामा पाँच जना पत्रकार मारिएको घटनाप्रति राष्ट्रसङ्घको कडा आपत्ति

संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले गाजामा इजरायली आक्रमणमा पाँच जना पत्रकार मारिएको घटनाप्रति कडा आपत्ति जनाएको छ । राष्ट्रसङ्घले यसलाई अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लङ्घन भएको आरोप लगाएको छ । केही देशहरुसहित विभिन्न मानवअधिकार संस्था र पत्रकार सङ्गठनहरूले समेत यसलाई पत्रकारमाथिको ‘लक्षित हत्या’ भनेका बीबीसीले जनाएको छ । गाजामा गएको आइतवार इजरायली हवाई आक्रमणमा अल जजिराका पाँच जना पत्रकारसहित आठ जनाको ज्यान गएको...

छोरीले बुबाको काजकिरिया गर्न खोज्दा सामाजिक बहिष्कारको धम्की

काभ्रे, साउन २७ – पनौती नगरपालिका–१ र्यालेका ९२ वर्षीय हरिप्रसाद सापकोटाको आइतबार निधन भएको छ। कम्युनिस्ट पार्टी स्थापना र क्रान्तिकारीहरूलाई आश्रय दिने योगदानका लागि परिचित सापकोटाले आफ्ना पाँच छोरी—सुन्तली, कमला, बिमला, निर्मला र राधिकालाई निडर, शिक्षित र अन्यायसँग जुध्न सक्ने बनाएका थिए। सानै उमेरमा आमा गुमाएका यी छोरीहरूलाई बुबाले जीवनभर विभेद र अन्यायको सामना गर्न सिकाए। निधनअघि उनले आफ्नै छोरीहरूले...

विपिन जोशीको खोजी : एक आमाको संघर्ष र आशा

दाङ, साउन २६ । २०८० भदौ अन्तिम साता, कञ्चनपुरको महेन्द्रनगरबाट युवा विपिन जोशी ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत ठूलो सपना बोकेर इजरायल गए। आमा पद्मा र बहिनी पुष्पाले उनलाई आशा र माया बोकेर बिदा गरे। तर २०८० असोज २० गते, गाजास्थित हमास समूहको भीषण आक्रमणले सबै कुरा बदल्यो।१० नेपाली विद्यार्थीको ज्यान गयो, चार जना घाइते भए, र विपिन सम्पर्कविहीन भए। उनलाई हमासको...

ताजा समाचार