घोराहीमा ‘लैंगिक हिंसा मुक्त नगर’ घोषणा तयारी सुरु

घोराही, साउन २६ । घोराही उपमहानगरपालिकालाई ‘लैंगिक हिंसा नियन्त्रण नगर’ घोषणा गर्ने तयारीअन्तर्गत विभिन्न सरोकारवाला पक्षहरूसँग लैंगिक मुख्यप्रवाहीकरणसम्बन्धी समन्वय बैठक साेमबार घाेराहीमा सम्पन्न भएको छ। बैठकको अध्यक्षता सामाजिक विकास समितिका संयोजक राममणि पाण्डेले गर्नुभएकाे थियाे। कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमाकुमारी डिसी, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाह, कार्यपालिका सदस्यहरू, नेपाल पत्रकार महासंघ दाङ शाखाका...

घोराहीमा अन्तरविद्यालय बास्केटबल प्रतियोगिता प्रारम्भ

दाङ, साउन २६ । गुरुकुल एकेडेमी, घोराहीको आयोजनामा सुरु भएको अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सोमबार उद्घाटन गर्दै घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले खेलकुदलाई केवल जित–हारमा सीमित नगरी, अनुशासन, स्वास्थ्य र एकताको उत्कृष्ट साधनका रूपमा लिनुपर्ने बताउनुभयो। उहाँका अनुसार खेलकुदले विद्यार्थीमा शारीरिक तन्दुरुस्तीका साथै आपसी सद्भाव, सहयोगभावना र टोली भावना अभिवृद्धि गर्छ, जसले भविष्यमा नेतृत्व क्षमता, समय व्यवस्थापन र सहिष्णुताको गुण...

३२ जिल्लामा बाढीको मध्यम जोखिम, दिउँसो र राति धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौ, साउन २६ । आज ३३ जिल्लाका विभिन्न नदी खोलामा बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बागमती प्रदेशका दोलखा, सिन्धुपाञ्चोक, काभ्रे, काठमाण्डौ, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवा, सिन्धुलीमामा बाढीको मध्यम जोखिम छ । त्यस्तै कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, खोटाङ, ओखलढुङगा, उदयपुर, सोलुखुम्बुमा पनि बाढीको खतरा छ । गण्डकी प्रदेशका लमजुङ, पर्वत, बाग्लुङ, म्याग्दी...

देशभर ९१ प्रतिशत धान रोपाइँ सकियो

काठमाण्डाै, साउन २६ । साउन २५ गते अर्थात् हिजोसम्ममा देशभर ९१ प्रतिशत धान रोपाइँ भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार धान रोपाइँ हुने १३ लाख ७८ हजार ९ सय ६६ हेक्टर क्षेत्रफलमध्ये १२ लाख ५४ हजार ८ सय ८६ हेक्टरमा रोपाइँ सकिएको हो । यो गएको वर्षको साउन २५ गतेकै तुलनामा ७ दशमलव १९ प्रतिशतले कमी हो...

आर्यघाटमा शवको हड्डी र मासु बेच्ने प्रयास, दुई जना पक्राउ

काठमाडौं, साउन २५ । पशुपति आर्यघाटमा दाहसंस्कारका क्रममा मानव शवको हड्डी र मासु बिक्री गर्न खोजेको आरोपमा दुई जना पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त गौशालाले शव जलाउने काममा संलग्न गणेश ढकाल र उनका सहयोगीलाई नियन्त्रणमा लिएको हो। काभ्रे स्थायी घर भएका रामबहादुर शाहीको शव शुक्रबार आर्यघाटमा दाहसंस्कार भइरहेका बेला घटना भएको प्रहरीले जनाएको छ। मृतकका आफन्तले नै आरोपीहरूलाई रंगेहात पक्राउ...

कैलाली कारागारमा सुरक्षाकर्मीको प्रवेश, कैदीबन्दीको गणना चल्दै

काठमाण्डाै, साउन २५ । एक जनाको ज्यान जानुका साथै ४७ जना घाइते हुने गरी झडप भएको कैलाली कारागारभित्र सुरक्षाकर्मी प्रवेश गरेको छ । अस्ति शुक्रवार राति कैदीबन्दीबीच झडप हुँदा एक जनाको ज्यान जानुका साथै ४७ जना घाइते भएका थिए । मध्यराति भएको झडपपछि तत्कालै सुरक्षाकर्मी भित्र पसेर मृतकको शवसहित घाइतेहरूको उद्धार गरेकोमा त्यसपछि कैदीबन्दीले भित्रबाट ताल लगाएर सुरक्षाकर्मीले प्रवेश गर्न रोकेका...

तुलसीपुरमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

दाङ, साउन २५ । दाङको तुलसीपुरमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा राप्ती गाउँपालिका–५ का ५६ वर्षीय देवराज चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्यबहादुर रानाले जानकारी दिनुभयो । प्रहरीका अनुसार, तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको लु.प्र. ०२–००१ प ११२१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु ३४ प ५४०६...

आर्थिक अनुशासनका लागि बेरुजु फर्छ्योट प्राथमिकतामा : मुख्यमन्त्री आचार्य

दाङ, २५ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अनुशासन कायम राख्न बेरुजु फर्छ्योटको विषयलाई सरकारले विशेष प्राथमिकतामा राखेको बताउनु भएको छ । लुम्बिनी प्रदेश सभा सार्वजनिक लेखा समितिले बेरुजु फर्छ्योटको विषयमा प्रदेश सभा सचिवालयमा आइतबार आयोजना गरेको बैठक तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले हरेक मन्त्रालय तथा कार्यालयले बेरुजु फर्छ्योटलाई प्राथमिकतामा राखेर योजना निर्माण गर्न र त्यसलाई...

चार दिनदेखि फुर्केसल्ली अन्धकारमा, विद्युत प्राधिकरणप्रति स्थानीय आक्रोश

पश्चिम दाङ, साउन २४ । दंगीशरण गाउँपालिका–१ अन्तर्गतको फुर्केसल्लीमा चार दिनदेखि विद्युत आपूर्ति अवरुद्ध भएको छ। स्थानीयका अनुसार गत बुधबारदेखि फुर्केसल्लीमा अन्धकार छाएकाे छ । विद्युत प्राधिकरण तुलसीपुरमा पटक–पटक फोन सम्पर्क गरेर सेवा सुचारु गराउन आग्रह गरे पनि कुनै कार्यवाही नभएको उनीहरूको आरोप छ। दंगीशरणको बाँकीस्थित बुर्केसाल क्षेत्रमा तार चुडिएको कारण विद्युत आपूर्ति रोकिएको भए पनि, समस्या समाधानका लागि कर्मचारी...

गाजामा सीमित राहत पहुँचले बालबालिकाको पोषण सङ्कट गम्भीर : संयुक्त राष्ट्रसङ्घ

काठमाण्डौ, साउन २४ । संयुक्त राष्ट्रसङ्घको मानवीय समन्वय कार्यालय (ओसीएचए) ले गाजामा राहत सामग्रीको पहुँच अत्यन्त सीमित रहेकाले बालबालिकासहित नागरिक भोकमरी र कुपोषणको सङ्कटमा परेका जनाएको छ । साथै उसले गाजामा दिनप्रतिदिन भोकमरी र कुपोषणको सङ्कट गहिरिँदै गएकोमा चिन्ता व्यक्त गरेको छ । मानवीय क्षेत्रका साझेदार संस्थाहरूका अनुसार, गाजाका बालबालिकामा तीव्र कुपोषणको दर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । संयुक्त राष्ट्रसङ्घका...

ताजा समाचार