सुरक्षा कमजोरीका कारण कैलाली कारागारमा झडप : मानव अधिकार आयोग
काठमाण्डौ, साउन २४ । राष्ट्रिय मानव अधिकार आयोगले कैलाली कारागारमा गएराति भएको घटनामा सुरक्षा लापरबाही मुख्य कारण रहेको प्रारम्भिक निष्कर्ष निकालेको छ । आयोगको सुदूरपश्चिम प्रदेश कार्यालयबाट खटिएको टोलीले कारागार कार्यालयको निरीक्षण गर्दै कारागार प्रशासन र फितलो सुरक्षाका कारण कारागारभित्र हिंसात्मक घटना भएको निष्कर्ष निकालेको हो ।
दिउँसो घटनास्थलको निरिक्षण गर्दा कारागार प्रशासनका प्रमुख विदामा भएको कारण समन्वयको अभाव, आन्तरिक...
कोशी र बागमती प्रदेशका एक/दुई ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना
काठमाण्डौ, साउन २४ । आज कोशी र बागमती प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पनि काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा हल्का पानी परिरहेको छ । गएराति देशका पूर्वी र मध्य क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको थियो । महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम साधारणतया बदली रहनेछ ।
त्यस्तै कोशी,...
आज आठौँ संस्कृत दिवस मनाइँदै
काठमाण्डौ, साउन २४ । हरेक वर्ष साउन शुक्ल पूर्णिमाका दिन मनाइने विश्व संस्कृत दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा २०७५ सालदेखि विश्व संस्कृत दिवस मनाउन शुरू भएको हो ।
संस्कृत भाषामा निहित ज्ञानसम्पदाबारे विश्व समुदायको ध्यानाकर्षण गरी यसको विकासका लागि वैश्विक सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले विश्व संस्कृत दिवस मनाइँदै आएको सङ्कल्पकर्ता डा.निर्मलमणि अधिकारीले...
जनै पूर्णिमामा क्वाँटी खाने परम्परा
काठमाण्डौ, साउन २४ । आज जनै पूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने गरिन्छ । मास, भटमास, मस्याम, हरियो र सेतो केराउ, सानो केराउ, कालो चना, सेतो चना र सिमी, बोडी, बकुल्ला, मुंगलगायतका गेडागुडीको मिश्रण नै क्वाँटी हो ।
क्वाँटी विशेष गरि नेवारी परिकार हो । नेवारी भाषामा क्वाँ भनेको तातो र टी भनेको झोल...
घोराहीमा सामाजिक सुरक्षा भत्तामा बार्षिक ६१ करोड खर्च
विमल योगी
दाङ,२३ साउन । दाङको घोराही उप महानगरपालिकामा करिव ६१ करोड भन्दा बढि रकम सामाजिक सुरक्षा भत्तामा खर्च हुदै आएको छ । आर्थिक बर्ष २०८१।०८२ को तथ्याङ्क अनुसार १७ हजार बढि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले सो रकम बुझेका हुन् ।
सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाले घोराहीमा आयोजना गरेको व्यक्तीगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता व्यवस्थापन प्रणाली सम्वन्धि...
नेपालको एक तिहाइ जनसङ्ख्या अझै पूर्वसूचनाबाहिर, ‘सबैका लागि पूर्वसूचना’ मार्गचित्र बनाउँदै सरकार
काठमाण्डाै, साउन २३ । सरकारले विपद्जन्य पूर्वसूचनाको प्रभावकारिता र पहुँच विस्तारका लागि मार्गचित्र तयार पारिरहेको छ । गृह मन्त्रालय मातहत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘सबैका लागि पूर्वसूचना’ मार्गचित्र बनाउने कामलाई तीव्रता दिएको हो ।
नेपालमा अहिले पनि एक तिहाइ जनसङ्ख्या प्रकृतिजन्य र जलवायुजन्य जोखिमको पूर्वसूचनाबाहिर रहेको छ । सन् २०३० सम्ममा नेपालका प्रत्येक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त...
बाढीमा बेपत्ता बर्दियाका चार नेपालीको खोजीमा मुख्यमन्त्री आचार्यको पहल
दाङ, साउन २३ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भारतको उत्तराखण्डस्थित बिनु नदीमा आएको बाढीमा बेपत्ता भएका बर्दियाका चार नेपाली नागरिकको खोज तथा उद्धार कार्य प्रभावकारी बनाउन संघीय सरकारसँग पहल गर्नुभएको छ। घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँले कूटनीतिक माध्यममार्फत खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन परराष्ट्र मन्त्रालयमार्फत आवश्यक कदम चाल्न आग्रह गर्नुभएको हो।
बुधबार बिहान उत्तराखण्ड राज्यको पौडी जिल्लाको...
ज्ञानमालामा हिज्जे प्रतियोगिता सम्पन्न
दाङ, २३ साउन । घोराही उपमहानगरपालिका वडा नं. १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा शुक्रबार हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यालयकाे वार्षिक तालिका अनुसार शुक्रबारिय अतिरिक्त क्रियाकलाप अन्तर्गत कक्षा ६ देखि १० सम्मका विद्यार्थीका लागि अंग्रेजी हिज्जे प्रतियाेगिताकाे आयाेजना गरिएकाे थियाे ।
विद्यालयका चारवटा सदनहरुकाे सहभागीता रहेकाे प्रतियोगितामा कञ्चनजङ्घा सदन प्रथम भएको छ । उक्त सदनबाट स्मारिका चौधरी (१०), प्रनित रिजाल (९),...
‘हाम्रो लमही’ पुस्तकमा व्याकरण त्रुटि
दाङ, साउन २३ । लमही नगरपालिकाकाे कक्षा ५ र ८ का लागि प्रकाशित ‘हाम्रो लमही’ पुस्तकमा व्याकरण, वाक्य संरचना र स्थान नाममा त्रुटि भेटिएको शिक्षक र अभिभावकहरूले बताएका छन्। “गरिएको हो भनाइ रहेको छ” जस्ता वाक्य अशुद्ध रहेको भाषाविद्हरूको टिप्पणी छ।
शिक्षकहरूले यस्तो त्रुटिपूर्ण सामग्रीले विद्यार्थीको भाषिक क्षमता कमजोर पार्ने चेतावनी दिएका छन्। पुस्तकमा नगर क्षेत्रअन्तर्गत नभएका स्थानका नामसमेत समावेश...
घोराहीमा गुनासोमुक्त सेवा प्रबाहको प्रतिवद्धता
घोराही,साउन २३ । घोराही उपमहानगरपालिकाले व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता व्यवस्थापन प्रणालीसम्बन्धी विषयमा वडा सचिव र कर्मचारीहरूलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाको आयोजना र कर्मचारीको क्षमता विकास उद्देश्यसहित उक्त कार्यक्रम चार दिनसम्म सञ्चालन भएको हो।
समापन सत्रमा नगर प्रमुख नरुलाल चौधरीले नागरिक सेवा छिटोछरितो र चुस्त बनाउन सकेमा मात्र नागरिक सन्तुष्टि...














