सुरक्षाको भर परेका नागरिक ‘सूचना चुहावट’ बाट पीडित, प्रहरीमाथि गुनासो बढ्दै

दाङ, साउन २२ । शान्ति, सुरक्षा र अपराध नियन्त्रणमा प्रहरीलाई सहयोग गर्ने सोच राख्ने नागरिकहरू आफैं असुरक्षित महसुस गर्न थालेका छन्। तुलसीपुर इलाका प्रहरी कार्यालयले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागिहरूले प्रहरीप्रति गम्भीर प्रश्न उठाएका छन्। कार्यक्रममा अधिकांश वक्ताहरूले प्रहरीमा विश्वास गरेर दिइएका सूचनाहरू बाहिरिने गरेको गुनासो गरेका छन। तस्कर वा अपराधीका बारेमा खबर दिने नागरिकहरू उल्टै धम्कीको शिकार बन्न थालेको...

लुम्बिनी प्रदेशमा साढे २३ लाख क्युफिट काठ थन्कियो, सर्वसाधारण भने पाउन बञ्चित

दाङ, साउन २२। सर्वसाधारणले आवश्यक काठ सहज रूपमा नपाइरहेका बेला लुम्बिनी प्रदेशमा करिब साढे २३ लाख क्युफिट काठ बिक्री नभई थन्किएको छ। वन निर्देशनालय लुम्बिनी प्रदेशका अनुसार सामुदायिक, साझेदारी, तथा सरकारद्वारा व्यवस्थित वन र बेवारिसे अवस्थामा रहेको गरी कुल २३ लाख ५३ हजार ७६८ दशमलव ३५ क्युफिट काठ बिक्री नभएर गोदाममै थन्किएको हो। सबैभन्दा धेरै काठ सामुदायिक वनमा थुप्रिएको छ। सामुदायिक...

घोराहीमा तेस्रो जिल्ला स्तरीय हाप्किडो च्याम्पियनसिप सुरु

घोराही, साउन २२ । तेस्रो दाङ जिल्ला स्तरीय हाप्किडो च्याम्पियनसिप–२०८२ घोराहीमा सुरु भएको छ। दाङ जिल्ला हाप्किडो संघको आयोजनामा बिहीबारदेखि सुरु भएको प्रतियोगिता शुक्रबारसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा जिल्लाका ६० भन्दा बढी विद्यालय तथा डोजाङका पाँच सयभन्दा बढी खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ।

६ ठाउँमा सडक अवरुद्ध

दाङ, साउन २२ । नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका २ विश्वकर्मा मन्दिरमा आज बिहानदेखि पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । यस्तै लमजुङको मध्यनेपाल नगरपालिका ९ बिमिरेभन्ज्याङमा पहिरोले मध्य पहाडीलोकमार्ग पूर्णरुपमा अवरुद्ध छ । गएको जेठ ६ गतेदेखि अवरुद्ध कोशी राजमार्ग अझै खुल्न सकेको छैन । गएको साउन १४ गतेदेखि पासाङल्हामु सडक पूर्णरुपमा अवरुद्ध छ । रसुवाको गोसाइकुण्ड गाउँपालिका २ र...

सुनको भाउ स्थिर, चाँदीको बढ्यो

काठमाण्डौ, साउन २२ । सुनको भाउ आज स्थिर रहेको छ । आज सुनको भाउ हिजोजस्तै तोलाको एक लाख ९८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति भने सुनको भाउ अहिलेसम्मकै उच्च एक लाख ९८ हजार पाँच सय रुपैयाँ पुगेको थियो । त्यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदीको भाउ २५ रुपैयाँले...

अज्ञात रोगबाट हुम्लाकाे चरीगाउँका पशुचौपाया मरे

हुम्ला, साउन २२ । हुम्लाको चङ्खेली गाउँपालिका ६ को चरी गाउँमा अज्ञात रोगका कारण पशुचौपाया मर्न थालेका छन् । दुई हप्तादेखि फैलिएको अज्ञात रोगले ६० भन्दा धेरै पशुचौपाया मरिसकेका छन् । अचानक पशुचौपायाको पेट सुनिने, छाती सुनिने, दिसा गर्न नसक्ने, घाँस नखाने, र्‍याल छाड्ने, दिसापिसाबमा रगत देखिने लक्षणसहितको रोगले अहिलेसम्म चरीगाउँको लामालेखमा १०, जुम्खेलामा ११, क्षेल्दुममा १०, मुन्खेतीमा ६, धुन्देउमा...

धारपानीमा जारी श्रीङ्गारिक महाआरतीमा आजदेखि लोकभजन प्रतियोगिता हुने

विमल योगी दाङ, २२ साउन । दाङको प्रशिद्ध धार्मिक स्थल पाण्डवेश्वर महादेव धाम धारापानीमा आज बिहीवारदेखि जिल्ला स्तरीय लोकभजन प्रतियोगिता सञ्चालन हुने भएको छ । लोप हुदै गएको लोकभजनको संरक्षण, सम्वद्र्धन र धार्मिक जागरणका लागि आयोजना गरिएको लोकभजन प्रतियोगिता अन्तरगत दर्ता भएका लोकभजन टिमलाई पालैपालो प्रस्तुतीकरणको व्यवस्था मिलाइएको मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले जानकारी दिनुभयो । साउन १ गतेदेखि जारी...

पानी पार्ने जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर

आज कोशी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका केही ठाउँहरु तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै ठाउँहरुमा मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति मधेश प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका केही ठाउँहरुमा तथा बाँकी...

संघीयताको सबलीकरणमा लुम्बिनी प्रदेश सरकार क्रियाशील: मुख्यमन्त्री आचार्य

दाङ, २१ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सवलिकरणका लागि प्रदेश सरकारले कानुनी सुधार, सुशासन प्रवद्र्धन र जनसेवाका कामहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेको बताउनुभएको छ । बुधवार राप्ती उपत्यका देउखुरीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय सभाको संघीयता सवलिकरण तथा राष्ट्रिय सरोकार समितिसँगको छलफलका क्रममा मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशले संघीयता सुदृढीकरणका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको स्पष्ट पार्नुभएको हो । उहाँले...

स्वदेशमै उत्पादन भएका कपडा प्रयोग गरौं: मुख्यमन्त्री आचार्य

दाङ, २१ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय उत्पादनका सामग्रीहरूको प्रवद्र्धनबाटै रोजगारी सृजना गर्न सकिने बताउनुभएको छ । लमही नगरपालिका–३ फल्कापुरमा नेपाल महिला हस्तकला कपडा उद्योगको बुधबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले बाहिरबाट आयातित कपडाको सट्टा स्वदेशमै उत्पादन भएका कपडाहरूको प्रयोग गर्न सबैमा आह्वान गर्नुभयो । ‘हामीले प्रयोग गर्ने अधिकांश कपडाहरू स्वदेशमा बनेका होइनन् । म सबैलाई आह्वान गर्न चाहन्छु,...

ताजा समाचार